स्मार्ट युगकी स्मार्ट लेडी- मेरी सासूआमा! : अनिता कोइराला
रमेश प्रसाईं छ नि बाबु ::: राम्रो बोल्छ नि! आँखा टालिएको मान्छे क्या, अब तिनले आँखा देख्न सक्छ रे, अपरेसन हुँदै छ रे।’असी वर्ष पुग्न लाग्नु भएको ससुरा बाले खबर भान्सासम्म आएर सुनाउँदै हुनुहुन्थ्यो।
‘कसले भन्यो बाबा हजुरलाई’ हाँस्दै छोराले सोध्नुभयो।
म पनि कान ठाडा पार्दै बाउ छोराको वार्तालाप सुन्दै थिएँ।
‘युट्युबमा भनेको रे, आमालाई सबै सम्चार थाहा हुन्छ नि, जतिखेर पनि युट्युब हेर्छे। बाबु, खोरियाको सञ्जयलाई चिन्छस्?’‘किन नचिन्नु, पिच्कुको कान्छो छोरो होइन?’
‘हो! ठ्याक्कै चिनिस्। तँभन्दा निकै कान्छो हो। आज साउदीबाट भिडिओ कल गरेको थियो। गाउँमा पक्की घर बनायो रे, चार कठ्ठा घडारी पनि जोडेको छ रे, हाम्रो रुप्नी खेत नजिकै।’ ससुरा बाको मुहारमा प्रसन्नता छताछुल्ल देखिन्थ्यो।
बहत्तर वर्षीय सासू र असी वर्ष पुग्न लाग्नु भएको ससुरा बा काठमाडौंको घरभित्र एउटा सान...









