काठमाडौं महानगरपालिकाको मेयर पदका लागि बालेन शाहले उम्मेदवारी दर्ता गरेका छन्।
आज मुख्य निर्वाचन अधिकृत कार्यालय पुगेर शाहले मेयरमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्।
Advertisement
वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आज र भोलि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने समय छ।
तस्बिरहरू:
...
२०७९ बैशाख ११, आईतवार १२:५९२०७९ बैशाख ११, आईतवार १२:५९२०७९ बैशाख ११, आईतवार १२:५९ by adminNo Comments
विराटनगर । मोरङमा स्थानीय तह निर्वाचनको उमेदवारी मनोनयनपत्र दर्ता सुरु भएको छ ।
आइतबार विराटनगर महानगरपालिका वडा नम्बर–१० को अध्यक्षमा माधव वाग्लेले मनोनयनपत्र दर्ता गराएका छन् । उनी यसअघि स्वतन्त्र उमेदवारी दिएर विजयी भएका थिए । सोही वडामा मोहन साह हलुवाईले पनि वडा सदस्यमा मनोनयनपत्र दर्ता गराएका छन् ।
Advertisement
०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)ले टिकट नदिएपछि वाग्ले स्वतन्त्र उमेदवार बनेका थिए ।
विराटनगरस्थित रेडक्रसको भवनमा राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार महानगरपालिकामा वडाध्यक्ष र दुई सदस्यका लागि पहिलो उमेदवारी दर्ता भएको छ । कार्यालयका प्रमुख निर्वाचन अधिृकत भरत लम्सालले आज बिहान १० बजेदेखि मनोनयन दर्ता प्रक्रिया सुरु भएको बताए । मनोनयन दर्ता आज बेलुका ५ बजेसम्म र सोमबार पनि हुनेछ ।
मोरङको रंगेली नग...
सरकारले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीहरूलाई निर्देशन दिएको छ।
Advertisement
कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले अत्यावश्यक बस्तुमा मूल्यवृद्धि नगर्न, बिक्री वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन निर्देशन दिएका हुन्।
‘पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन, अत्यावश्यक बस्तुमा मूल्यवृद्धि नगर्न र सहज उपलब्ध गराउन निर्देशन दिनुभएको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ‘व्यवसायीका समस्या भएमा सरकार संवादमार्फत् समाधान गर्न तयार रहेको तर समस्या देखाएर अभाव सिर्जना गरिएमा कानुन अनुसार कारबाहीका लागि अगाडि बढ्न सरकार बाध्य हुनेछ।’
खाणले गृहलगायत सरोकारवाला मन्त्रालयका सचिवलाई निर्देशन दिएको र त्यसै अनुरुप गृहले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ...
२०७८ चैत्र १७, बिहीबार २२:४९२०७८ चैत्र १७, बिहीबार २२:४९२०७८ चैत्र १७, बिहीबार २२:४९ by Senior Editor NimaNo Comments
बायाँबाट क्रमशः कान्तिका सेजुवाल, रिनाकुमारी साह, सीमाकुमारी क्षेत्री, प्रभा बराल, मेनुका काफ्ले र सीताकुमारी पौडेल।तस्बिरः भ्वाइसेस अफ वुमन
पुतलीबजार नगरपालिका, स्याङ्जाकी मेयर सीमाकुमारी क्षेत्रीले बाल्यकालमा धेरै लैंगिक हिंसा देखेकी थिइन्। श्रीमानले जति कुटे पनि हिंसामा परेका महिलाले प्रतिवाद नगरेको देख्दा उनलाई अचम्म लाग्थ्यो।
त्यही देखेर हुर्किएका उनका दाइले सधैं उनलाई भन्थे, 'ठूली भएपछि तिमी न्यायाधीश बन्नुपर्छ र यस्ता महिलालाई न्याय दिनुपर्छ।'
Advertisement
उक्त घटनाले उनलाई १३-१४ वर्षको उमेरमा नै मुक्ति आन्दोलनमा लाग्न प्रेरित गरायो। समाजका प्रत्येक असमानताविरूद्ध लड्ने बनायो। औपचारिक शिक्षा पढेर न्यायाधीश त उनी बनिनन् तर मेयर बनेर जनतालाई न्याय दिने ठाउँसम्म पुगेकी छन्।
पाँच वर्षे कार्यकालको अन्तिम चरणमा रहेकी क्षेत्रीले ...
२०७८ चैत्र १७, बिहीबार १४:१०२०७८ चैत्र १७, बिहीबार १४:१०२०७८ चैत्र १७, बिहीबार १४:१० by adminNo Comments
१७ चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानु अघिल्लो दिन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्यो ।
चुनावी तालेमलबारे छलफल बोलाइएको बैठकमा सत्तारुढ दलका नेताहरुले भारत भ्रमणको एजेण्डाबारे चासो राखेका थिए । नेकपा एकीकृत समाजवादी नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एजेण्डा राखेर सुझाव दिन आग्रह गरेका थिए ।
Advertisement
तर पटकपटक एजेण्डाबारे सोध्दा पनि नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा मौन बसेको एक नेताले बताए ।
त्यसपछि सत्तारुढ दलका नेताहरुले लिपुलेक, लिम्पियाधुरा र कालापानीको नेपाली भूभागबारे नेपालको मत राख्न सुझाएका छन् । प्रवुद्ध समूह (ईपीजी) को प्रतिवेदन बुझ्नुपर्ने, महाकालीमा भइरहेको अतिक्रमण रोक्नुपर्ने लगायतका समस्याबारे ...
२०७८ चैत्र ८, मंगलवार १३:०९२०७८ चैत्र ८, मंगलवार १३:०९२०७८ चैत्र ८, मंगलवार १३:०९ by adminNo Comments
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद हेरफेरको सम्भावना रहेको बताएका छन्।
यसबारे कुराकानी भइरहे पनि औपचारिक निर्णयमा नपुगिएको उनले बताए। आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्डले बालुवाटारमा भेटवार्ता गरेका थिए।
‘मन्त्रिपरिषदमा हेरफेरको कुरा त चलेको छ, तर अहिलेसम्म औपचारिक ढंगले टुंगिएको छैन,’ आज जनकपुर पुगेका प्रचण्डले पत्रकारहरूसँग भने, ‘मन्त्रिपरिषद हेरफेरको सम्भावना छ। केही मन्त्रालय हेरफेरको सम्भावना छ।’
Advertisement
उनले केही नयाँ मन्त्री आउन सक्ने बताए।
‘केही केही आउने सम्भावना छ। मैले प्रधानमन्त्रीसँग भनिरहेको छु- ठूलो त्याग माओवादीले गरेको छ गठबन्धनका लागि। जति पाउनुपर्ने त्यति मन्त्रालय माओवादीले पाएको छैन,’ उनले भने, ‘प्रधानमन्त्रीले महाधिवेशनसम्म सहयोग गर्नुपर्यो भन्नुभएको र माधव नेपालजीले पन...
२०७८ चैत्र १, मंगलवार १४:०४२०७८ चैत्र १, मंगलवार १४:०४२०७८ चैत्र १, मंगलवार १४:०४ by adminNo Comments
हालै निर्माण सम्पन्न भई व्यावसायिक उडानका लागि तयारी अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि पाँच वटा कम्पनी सम्पर्कमा आएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उक्त विमानस्थलबाट चाँडोभन्दा चाँडो उडान तथा अवतरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएसँगै त्यहाँबाट आउँदो जेठ २ गतेबाट नियमित अन्तर्राष्ट्रिय उडान–अवतरणको तयारी भएको बताइएको छ।
यहाँ उडानका लागि कुवेतको जजिरा, श्रीलंकाको श्रीलंकन, नेपाल वायुसेवा निगम, कतार एयरवेज, थाइल्याण्डको थाइ स्माइल वायुसेवा कम्पनी सम्पर्कमा आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
Advertisement
उक्त विमानस्थल सञ्चालनमा आएपछि धार्मिक, पर्यटनसँगै खाडी मुलुकमा रोजगारीका लागि आउजाउ गर्ने यात्रुलाई थप सहज हुने भएकाले पनि तोकिएक...
२०७८ फाल्गुन २६, बिहीबार २०:०८२०७८ फाल्गुन २६, बिहीबार २०:०८२०७८ फाल्गुन २६, बिहीबार २०:०८ by Senior Editor NimaNo Comments
भिजिट भिसामा विदेश जाने नेपालीले कम्तीमा दस लाख रुपैयाँ आय र ५ लाख रुपैयाँ बैंक बचत देखाउनुपर्ने व्यवस्था तत्काल लागू नहुने भएको छ।
भिजिट भिसासम्बन्धी समस्या समाधानका उपाय खोज्न गठित कार्यदलले यो व्यवस्था सिफारिस गर्दै गत साता गृहलाई प्रतिवेदन बुझाएको थियो।
Advertisement
चौतर्फी आलोचना बढेपछि बिहीबार गृहले भिजिट भिसासम्बन्धी कार्यविधि नबनुञ्जेल नयाँ व्यवस्था जारी गरेको छ।
यो व्यवस्था अनुसार अब भिजिट भिसामा जाने नेपालीले कम्तीमा पाँच लाख रुपैयाँ कर योग्य आय भएर कम्तीमा २ लाख ५० हजार रुपैयाँ बैंक बचत देखाउनुपर्नेछ।
यी दुबै रकम विदेश जाने व्यक्तिकै नाममा हुनुपर्नेछ।
त्यस्तै, गृहले कार्यदलका सिफारिसभन्दा थोरै हेरफेर गरेर अरू मापदण्डहरू पनि जारी गरेको छ।
जारी गरिएका बुँदाहरू कार्यान्वयनमा दुविधा भएमा अध्यागमन कार्यालयका प्रमुखले विभाग...
२०७८ फाल्गुन २५, बुधबार १९:३०२०७८ फाल्गुन २५, बुधबार १९:३०२०७८ फाल्गुन २५, बुधबार १९:३० by Senior Editor NimaNo Comments
स्थानीय चुनावमा नेपाली कांग्रेसले प्रत्येक बुथमा १०० युवा खटाउने भएको छ।
बुथको सुरक्षाका लागि 'वान बुथ, हन्ड्रेड युथ' खटाउने तयारी गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
‘बुथको सुरक्षाका लागि 'वान बुथ, हन्ड्रेड युथ' अवधारणा पनि हामी कार्यान्वयन गर्छौं,’ आज सानेपामा आयोजित पत्रकार सम्मेलनमा महतले भने।
०७९ वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ।
भातृ संस्थाहरू परिचालन गरेर मतदाता शिक्षा पनि चलाइने उनले बताए। भातृ तथा शुभेच्छुक संघसंस्थालाई छिट्टै नेतृत्व प्रदान गर्दै सबैलाई यो अभियानमा परिचालन गरिने महतले बताएका छन्।
उनले अब एक महिना 'घरघर जाऔं कांग्रेस जिताऔं' अभियान चलाइने बताए। देशैभरका सबै जिल्ला, पालिका र वडा तथा टोलमा अभियान सञ्चालन गरिने उनको भनाइ छ।
Advertisement
'काम पाएनौं भन्ने अवस्था आउन दिन्नौं'
प्रवक्ता महतका अन...
२०७८ फाल्गुन २४, मंगलवार १९:०३२०७८ फाल्गुन २४, मंगलवार १९:०३२०७८ फाल्गुन २४, मंगलवार १९:०३ by Senior Editor NimaNo Comments
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले निर्वाचन आयोगले मतपत्रमा निर्वाचन चिन्ह हरियो राख्न किन खोजेको हो भन्दै प्रश्न गरेका छन्।
Advertisement
निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गरी मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने बताएको थियो।
ओलीले मंगलबार नेपाल महिला संघले बसन्तपुरमा आयोजना गरेको कार्यक्रममा निर्वाचन आयोगले के कारणले त्यस्तो चिन्ह राख्न खोजेको भन्दै त्रुटि सच्याउन माग गरेका छन्।
‘निर्वाचन आयोगको मतपत्रका चिन्हहरूमा हरियो राख्ने भयो अरे। हरियो चिन्ह किन राख्ने? के कारणले राख्ने? निर्वाचन आयोगले बताउनु परो। हो कि होइन उहाँहरूलाई सोध्न भ्याएको छैन। म व्यस्त छु। यदि हो भने के कारणले हो? धार्मिक हिसाबले राख्ने हो? कसैको हरियो देखिने चिन्ह छ भनेर हो कि? केका लागि राख्ने?,’ ओलीले प्रश्न गरे, ‘सबैतिर जनता नै आँखा नदेख...