
Craving for Newari Food? : यी हुन् काठमाडौंका नामी ७ नेवारी रेस्टुरेन्ट
काठमाडौं । समयबजी, बारा, छोयला, कचिला, योमरी । यी नेवारी व्यञ्जनले खानाका पारखीलाई हरदम लोभ्याइरहन्छ । त्यसैले त सहरमा यस्ता व्यञ्जन खोजी खोजी खानेहरुको व्यापक घुइँचो हुन्छ ।
काठमाडौंका रैथाने हुन् वा आगन्तुक, नेवारी व्यञ्जन नचाख्ने सायदै भेटिएला । किनभने यो सहरसँग नेवारी व्यञ्जनको अभिन्न नाता छ । तपाईं जुनसुकै चोक-गल्ली चहार्नुहोस् नेवारी रेस्टुरेन्ट भेट्नुहुनेछ । तपाईं जो-कोही खानाका पारखीलाई सोध्नुहोस्, नेवारी व्यञ्जन त चाखेकै हुनेछन् ।
सहरमा अनगिन्ती नेवारी रेस्टुरेन्ट छन् । त्यसमध्ये पनि अनलाइनखबरले काठमाडौं उपत्यकाका नामी सात रेस्टुरेन्ट सूचीकृत गरेको छ, जहाँ पाक्ने नेवारी व्यञ्जन खास छन् ।
पाल्चा नेवारी किचन, जावलाखेल
सम्पर्क : ९८०१०५६३५७
सात वर्षअघि जावलाखेलमा स्थापना भएको पाल्चा नेवारी किचन नेवारी व्यञ्जनको लागि निकै लोकप्रिय छ । यहाँ ल...