कुबेलाको मेला : Veteran Banker, Financial Expert & Writer Sudarshan Adhikari
मकवानपुर उद्योग बाणिज्य संघले हेटौंडामा मेला लगाउने भएपछि कपडा ब्यवसायीहरुले हल्का बिरोध गरेको सुनिएको थियो । तरलता अभाव भैरहेको बजारमा एउटा दुइटा ग्राहक मात्र आइरहेकोमा ती ग्राहक पनि मेला तिर लागेमा रैथाने कपडा ब्यवसायीलाई मर्का पर्ने नै हो कि ?
तरलता अभावको समयमा मेला भर्न जाने स्थानीय दर्शकको पैसा छिमेकी मुलुक वा छिमेकी जिल्ला गएमा स्थानीय बजारको कारोबारमा पछि सम्म केही असर पर्छ होला ।
बजारमा तरलता अधिक भएको बेला मनोरञ्जन , मेला आदि आयोजना हुने भएमा सान्दर्भिक नै हुन्छ होला । कोभिड , डेङ्गु ,चर्को ब्याज , तरलता अभाव ,सुस्त बजार आदि कुबेला आयोजित मेरो शहरको मेला हिजो घुम्न गैयो ।
रु६०/- टिकट काटेर भित्र पसे । एउटा स्टलमा बिजुलीको तापमा खुवा बनाउदै रहेछन् । आगोको तापमा घोटेको खुवा त खाएकै हो , यस्तो बिजुलीको तापबाट बनाएको खुवा खान मन लाग्यो र फुच्चे कागजको कपमा रु५०/- ...









