२०८१ बैशाख १५

संगीत

साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

साङ्गीतिक यात्रामा मङ्गोलियन हार्ट

संगीत
समूह गायनमार्फत स्थापित ‘मङ्गोलियन हार्ट’ले साङ्गीतिक यात्रा प्रारम्भ गर्नेभएको छ । सन् १९९२ मा स्थापना भएको सो समूहको गायनमा राजु लामा चर्चित हुनुहुन्छ । विशेष गरेर ‘पप’ विधाको गीत–सङ्गीतको मधुरध्वनिमा तन्नेरी पुस्ता झुम्मिने गर्दछन् । गीति क्यासेटको युगमा स्थापित समूह ‘सिडी प्लेयर’ हुँदै डिभाइसमा समेटिएको सङ्गीत बजारको उतार–चढावले पारेको प्रभावमा अपवाद रहेन । ‘क्यासेट’ युगको पटाक्षेपसँगै लाखापाखा लागेको मङ्गोलियन हार्ट पाँच वर्ष अगाडिदेखि पुनः सक्रिय छ । उही र उस्तै शैलीमा समूहसँगै गायक लामा समेत ‘स्पटलाइट’मा चम्किनुभएको छ । साङ्गीतिक भाषामा ‘ब्याण्ड’ भनिने मङ्गोलियन हार्टले स्वदेशसँगै विदेशमा समेत कार्यक्रमलाई तीव्रता दिएको छ । स्थापना भएको ३० वर्ष पुगेको उपलक्ष्यमा अष्ट्रेलियामा यात्राको आयोजना गरिएकोे गायक लामाले जानकारी दिनुभयो । “हामी पुराना सम्बन्ध नवीकरण गरिरहेका छौँ...
समावेशी म्युजिक अवार्डबाट गीतकार सुवेदीसहित ४२ जना पुरस्कृत

समावेशी म्युजिक अवार्डबाट गीतकार सुवेदीसहित ४२ जना पुरस्कृत

संगीत
यही फागुन २८ गते ललितपुरको स्क्वायर होटलमा सम्पन्न ‘छैटौँ समावेशी म्युजिक अवार्ड’बाट गीतकार प्रकाश सुवेदीसहित ४२ जनालाई पुरस्कृत गरिएको छ । सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतमा ‘असारै लाग्यो’ बोलको गीतबाट गीतकार सुवेदी, ‘धोकेबाज’ बोलको गीतका लागि गायक शिव परियार, ‘नछुटोस्’ बोलको गीतका लागि आधुनिक गायिका बेनिशा पौडेल र ‘धर्ती आकाश’ बोलको गीतमा सङ्गीत दिनुभएका अर्जुन पोखरेललाई पुरस्कृत गरिएको छ । विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै सम्पन्न सो समारोहमा सञ्चारकर्मी बिदुर गिरीलाई यस वर्षको ‘ पिम नेपाल पत्रकारिता पुरस्कार’बाट पुरस्कृत गरिएको छ । यस्तै अछामको साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्रबहादुर कुँवर, भुम्लु गाउँपालिकाका उपाध्यक्ष जितेन्द्रमान तामाङ, गायिका केन्जुमा सुब्बा, सङ्गीतकार शङ्कर थापा, पत्रकार राज लुइँटेल, गायिका अमृता श्रीपाली, व्यवसायी नमराज श्रेष्ठ, सञ्चारकर्...
‘लोकस्टार’को दोस्रो सिजन पुस १९ गतेदेखि प्रसारण सुरु हुने

‘लोकस्टार’को दोस्रो सिजन पुस १९ गतेदेखि प्रसारण सुरु हुने

संगीत
काठमाडौँ । लोकगायनमा आधारित रियालिटी शो ‘हिमालय लोकस्टार नेपाल’को दोस्रो सिजन पुस १९ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ । शुक्रबार राती सम्पन्न ‘द भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनालेमा उक्त शोको प्रसारण मिति घोषणा भएको हो । निर्णायकद्धय ज्योति मगर र कुलेन्द्र विश्वकर्माले मिति सार्वजनिक गरेका हुन् । जसअनुसार हरेक मंगलबार र बुधबार राति ८ बजेदेखि शो प्रसारण हुने भएको छ । शोको निर्णायकमा कुलेन्द्र र ज्योतिसहित लोकगायक कुमार बस्नेत र रामजी खाँड छन् । नेपाल लोकस्टार-२ का विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने हिमालय टेलिभिजनले जनाएको छ । शोको संगीत निर्देशकमा संगीतकार तथा एरेन्जर आशिष अविरल छन् भने कार्यक्रमको होस्ट तथा ब्राण्ड आइकनमा प्रकाश सपुत छन् । ...
कुमार सानु र देविकाको रोमान्टिक गीतमा सन्तोषको संगीत, प्रियंका र आयुष्मानको अभिनय

कुमार सानु र देविकाको रोमान्टिक गीतमा सन्तोषको संगीत, प्रियंका र आयुष्मानको अभिनय

संगीत
काठमाडौं । कुमार सानु र देविका बन्दनाको स्वर तथा सन्तोष श्रेष्ठको संगीतमा ‘तिम्रो मायाको सागरमा’ बोलको रोमान्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रियंका कार्की र आयुष्मान देशराज जोशीले अभिनय गरेका छन् । गीतका शब्द सुरेन्द्र महर्जन ‘अमर’ले लेखेका छन् । गीतमा शब्द, संगीत र स्वरको उत्कृष्ट संयोजन छ । गीत अनुसार प्रियंका र आयुष्मानको अभिनय उत्कृष्ट रहेको भन्दै देविकाले यो गीतबाट आफूले धेरै आशा गरेको बताइन् । गीतको अरेन्ज राजु कार्कीले गरेका छन् । निकेश खड्काको निर्देशनमा म्युजिक भिडियोको छायांकन बुद्ध थापाले र सम्पादन विकास धमलाले गरेका छन् । बुधबार राइजिङ मलको हलमा आयोजित औपचारिक कार्यक्रममा बसुन्धरा भुसाल, संगीता प्रधान र शर्मिला मल्लले संयुक्त रुपमा गीत सार्वजनिक गरेका थिए । गीत देविका बन्दनाको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ । हेर्नुहोस् म्युजिक भिड...
राज्यमन्त्री मानन्धरको विश्व रेकर्ड

राज्यमन्त्री मानन्धरको विश्व रेकर्ड

देश, मनोरञ्जन / कला, संगीत, समाचार
काठमाडौं । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले एकल गायनमा विश्व रेकर्ड कायम गरेका छन् । शुक्रबार दिउँसो सवा एक बजेदेखि गाउन शुरु गरेका मन्त्री मानन्धरले लगातार ४ घन्टा ५  मिनेट २० सेकेन्ड  सयम गीत गाएर विश्व रेकर्ड कायम गरेका हुन् । गायनका क्रममा उनले ५९ वोटा गित गाएका थिए । बालाजुस्थित अष्टनारायण चलचित्रहलमा विशेष कार्यक्रमबीच मन्त्री मानन्धरले विश्व रेकर्ड कायम गरेका हुन् । Advertisement राज्यमन्त्री मानन्धरले वर्ल्ड बुक अफ रेकर्ड युकेको बहालवाला मन्त्रीको एकल कन्सर्ट विधामा विश्व रेकर्ड कायम गरेका छन् ।  मन्त्री मानन्धरले सबै गीतहरुको रोयल्टीसमेत तिरेर गाएका हुन् । कार्यक्रममा मन्त्री मानन्धरले केही राष्ट्रिय गीत, आधुनिक गीत र नेवारी गीतहरु गाएका थिए ।  नारायणगोपाल, भक्तराज आचार्य, प्रेमध्वज प्रधान, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, तारादेवी, अ...