
जसले नेपाली ब्रान्डलाई पुर्याइन् ‘लन्डन फेसन वीक’ मा
गत सेप्टेम्बर १६ मा 'लन्डन फेसन वीक' मा थुप्रै फेसन ब्रान्डले आफ्ना डिजाइनदार लुगा पेस गरे। प्रतिष्ठित मानिने उक्त कार्यक्रममा संसारका कुनाकुनाबाट नाम चलेका फेसन डिजाइनरले आफ्ना नयाँ र मौलिक डिजाइन लुगाफाटा प्रस्तुत गर्ने अवसर पाउँछन्।
औपचारिक रूपमा त्यो कार्यक्रममा नेपाली डिजाइनरले त्यो मौका पाएका थिएनन्। सेप्टेम्बर १६ मा भएको उक्त कार्यक्रममा भने अवसरको त्यो ढोका 'मिशुस' ब्रान्डका लागि खुल्यो।
यो ब्रान्ड मिशु श्रेष्ठको हो।
अन्तर्राष्ट्रिय बजारमा नेपाली डिजाइनरका कपडा कमै पुग्ने अवस्थामा मिशुस लन्डन फेसन वीकमा देखिँदा मिशुलाई गर्व अनुभव भएको छ।
'लन्डन फेसन वीकमा सहभागी हुने सपना थियो। तर यति छिट्टो हुन्छ भन्ने सोचेकै थिइनँ,'कुरा गर्दै मिशुले भनिन्, 'एकदमै खुसी लागेको छ। पहिलो पटक औपचारिक रूपमा सहभागी हुनु भनेकै गर्वको कुरा हो। मेरो लागि मात्र होइन देशकै लागि पनि गौर...