
बैंकिङ अर्थात लेनदेन संझौता : Veteran Banker, Financial Expert & Writer Sudarshan Adhikari
कुनै ब्यक्तिले आर्जन गरेको पैसा उपभोग, बचत,लगानी ,दान वा सामाजिक कामहरुमा खर्च गर्छ । बैंक तथा वितिय संस्थाहरुको कारोबारको प्रमुख र एक मात्र स्रोत र साधन बचत नै रहेकोले जनतासङ्ग उपभोग कम गरेर भए पनि बैंकले हामिसङ्ग बचत गरौ भनी आह्वान गर्दछ ।
यसकोलागी आकर्षक ब्याज , बचतको सुरक्षण ( रु ५ लाख सम्म्को बचतको बिमा हुने) मागेको बखत तुरुन्त वा मुद्द्ती निक्षेपमा सम्झौता बमोजिम फिर्ता हुने , आवश्यकताको बेला मुद्द्ती निक्षेप धितो राखी ऋण पाउने आदि सुविधा दिएको हुन्छ ।कथमकदाचित बैंक लिक्विडेशनमा गएमा पनि बैंकको सम्पती बिक्रीबाट आएको रकममा बचतकर्ताको अग्राधिकार रहने कानुनी व्यवस्था छ ।यी सब कारणहरुले जनताले निर्धक्कसङ्ग बैंकमा बचत गरेको पाइन्छ ।
आवश्यकता र मागको आधारमा बैंकले जनताबाट संकलन गरेको बचत रकम नै कृषक, उद्योगि,व्यापारी, सेवामुलक तथा व्यक्तिलाई निश्चित अवधिको लागि सम्झौता बम...