२०८३ असार ४

विचार

मैले त कोरोना जितेँ, तपाईं पनि हिम्मत राख्नुस्

मैले त कोरोना जितेँ, तपाईं पनि हिम्मत राख्नुस्

SYM शुद्ध सकारात्मकता, विचार, विचार, स्वास्थ्य
मिर्गौला प्रत्यारोपण र चारवटा शल्यक्रिया गराएका हरिनारायण शर्माको कोरोना अनुभव नमस्कार! मैले मिर्गौला प्रत्यारोपण गरेको १४ वर्ष पूरा भएर १५ वर्ष लाग्यो। तीन वटा मेजर र ट्युमरको पनि शल्यक्रिया गराएर स्वास्थ्य लाभ गरिरहेको छु। कोरोना पोजेटिभ भएर आठ दिनको अस्पताल बसाइपछि भर्खरै डिस्चार्ज भएर घर फर्किएँ। म निको हुँदैछु। अहिले मेरो स्वास्थ्य अवस्था राम्रो छ। घरमै आराम गरेर बसिरहेको छु। मैले उपचारमा देखेका, भोगेका केही अनुभव यहाँहरू समक्ष बाँड्दैछु। निरन्तर सावधानी र सुरक्षा उपाय अपनाउँदा अपनाउँदै पनि हामी स-परिवार (म, मेरी श्रीमती र दुई छोरा) वैशाख पहिलो सातादेखि नै कोरोना संक्रमित भयौं। अहिले सबैले स्वास्थ्य लाभ गरिरहेका छौं। परिवारको माया, ममता आशीर्वाद र ऊर्जाले यो जीवन प्रतिकूल समयमा पनि रिचार्ज भइरहेको छ। र आफ्नै अनुकूल चलिरहेको छ। हस्पिटल बसाइ र आफैंले भोगेका कत...
भगवान रामका फरक-फरक रामकहानी

भगवान रामका फरक-फरक रामकहानी

विचार, विचार
पछिल्लो समय प्रधानमन्त्री केपी ओलीले अयोध्या नेपालमा पर्छ र भगवान राम नेपालका हुन् भन्दै आएका छन्। योसँगै नेपाल-भारतका हिन्दुमाझ अयोध्या र रामबारे चर्चा बढेको छ। तर रामका कथा नेपाल-भारत र हिन्दु धर्ममा मात्र सीमित छैन। थाइल्यान्ड, कम्बोडिया, इन्डोनेसिया लगायत दक्षिण पूर्वी एसियामा पनि रामकथा निकै लोकप्रिय छन्। कथाको केन्द्रमा राम मुख्य पात्र भए पनि देश, संस्कृति र समय अनुसार रामकथामा पनि केही भिन्नता र विविधता छन्। नेपाल-भारतका हिन्दुमाझ तुलसीदासकृत रामायण लोकप्रिय छ। जैनधर्ममा विमलासूरी लिखित रामकथा (जसलाई पद्मचरिता या पद्मपुराण पनि भनिन्छ) लोकप्रिय छ भने बौद्धमा 'दशरथ-जातक'का नाममा।  समग्रमा तीनवटै रामकथा मिल्दाजुल्दा छन्। त्यसमा पनि जैन र हिन्दु रामकथा बढी नै मिल्छन्। बौद्ध रामकथा भने अलिक फरक छ। हिन्दुहरूले रामलाई भगवान विष्णुका अवतार मान्छन्। रा...
कोरोना महामारी अझै डेढ वर्ष रहन्छः बिल गेट्स

कोरोना महामारी अझै डेढ वर्ष रहन्छः बिल गेट्स

विचार, विचार
साभार: सेतोपाटी 'कोभिड–१९ महामारी सन् २०२१ को अन्त्यसम्म रहनेछ। र यो थामिनुअघि थप दसौं लाख मानिसको ज्यान जानेछ।' यो भनाइ विश्वकै अग्रणी सफ्टवेयर उत्पादक माइक्रोसफ्टका मुख्य हस्ती बिल गेट्सको हो। उनी 'बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन' का तर्फबाट गरिने सहयोगका आधारमा विश्वकै सर्वोच्च परोपकारीमध्येमा पनि गणना गरिन्छन्। दि इकोनोमिस्ट पत्रिकाका प्रधान सम्पादक जेन्नी मिन्टोन बेदोइससँगको अन्तर्वार्तामा उनले यसो भनेका हुन्। गेट्सका अनुसार धेरैजसो मृत्युको कारण भने यो भाइरस एक्लो हुँदैन। बरू कोरोनाले तहसनहस हुने स्वास्थ्य प्रणाली बन्नेछ र यसले रुग्ण बनाएको आर्थिक गतिविधि पनि मृत्युको अर्को कारण हुनेछ। यो भाइरसलाई अमेरिकामा जसरी राजनीतिकरण गरिएको छ, त्यसविरुद्ध उनले खेद पनि प्रकट गरेका छन्। उनका अनुसार त्यस्ता गतिविधि र यसलाई 'षडयन्त्र हो' भनेर प्रचारप्रसार गर्ने अवाञ्छि...