
सामसुङले ल्यायो २०० मेगापिक्सेल क्यामरासहितको ग्यालेक्सी एस २३ सिरिज, के के छन् फिचर्स ?
काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसुङले आफ्नो बहुप्रतिक्षित ग्यालेक्सी २३ स्मार्टफोन सिरिज लञ्च गरेको छ । ग्यालेक्सी एस २३ सिरिजमा शक्तिशाली क्यामेराका साथै उत्कृष्ट गेमिङ फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कम्पनीको खस्किँदो आर्थिक अवस्था तथा स्मार्टफोनको मागमा आइरहेको गिरावटका बीच सामसुङले आफ्नो नयाँ फ्लागशिप ग्यालेक्सी २३ सिरिजका तीनवटा मोडेल सार्वजनिक गरेको हो ।
जसअन्तरगत आधारभूत मूल्यको ग्यालेक्सी एस २३, केही महंगो मूल्यको ग्यालेक्सी एस २३ प्लस र उक्त सिरिजमा सबैभन्दा महंगो ग्यालेक्सी एस २३ अल्ट्रा छन् ।
ती मध्ये एस २३ को मूल्य ७ सय ९९ डलर तोकिएको छ भने एस २३ प्लसको मूल्य १ हजार डलर छ । त्यस्तै एस २३ अल्ट्राको मूल्यभने १२ सय डलर तोकिएको छ ।
यी तिनवटै फोनको अन्तर्राष्ट्रिय बजारमा बुधबारदेखि नै प्रि अर्डर सुरु भएको छ भने फेब्रुअरी १७ देखि बजारमा उपलब्ध गराइने...