पहिलो ९ महिनामै AFTI Investments को बलियो पोर्टफोलियो : ऊर्जा देखि आई.टी. सम्म विस्तार
चालु आर्थिक वर्षदेखि पूर्ण रूपमा सञ्चालनमा आएको A.F.T.I. Investments Limited ले छोटो समयमै आफ्नो लगानी पोर्टफोलियो तथा प्राथमिक लगानी क्षेत्रहरूलाई बलियो रूपमा स्थापित गर्न सफल भएको छ। “डाइनामिक इन एभ्री डाइमेन्सन” भन्ने नारासहित अगाडि बढिरहेको यो सार्वजनिक लगानी होल्डिङ कम्पनीले नयाँ पुस्ताको सोच र दीर्घकालीन रणनीतिलाई एकसाथ अघि बढाइरहेको देखिन्छ।
कम्पनीले सुरुवाती चरणमै आफ्नो लगानीलाई विविध क्षेत्रमा विस्तार गर्दै सोलार ऊर्जा, सूचना प्रविधि (आई.टी.), एफ.एम.सी.जी., मानसिक स्वास्थ्य तथा प्रविधि आधारित पशुपालनलाई प्रमुख क्षेत्रका रूपमा अगाडि सारेको छ। तीमध्ये पनि सोलार ऊर्जा क्षेत्रलाई कम्पनीले आफ्नो “फ्ल्यागशिप सेक्टर” का रूपमा प्राथमिकता दिएको जनाएको छ।
सोलार ऊर्जा अन्तर्गत कम्पनीको सहायक संस्था National Energy Company ले हाल विभिन्न परियोजनाका लागि जग्गा व्यवस्थापन, सम...









