२०७९ जेष्ठ ४

विचार

जागिरे बुहारी : कमला अधिकारी

जागिरे बुहारी : कमला अधिकारी

लेख, विचार, विचार
मानिसलाई सबभन्दा प्यारो आफ्नो स्वच्छन्दता अनि स्वतन्त्रता हुन्छ। जागिर एउटा यस्तो लगाम हो जहाँ हामीले नियम, कानुन, अनुशासन, मान मर्यादा स्वीकार्नुपर्छ। परिवारमा परिवारका सदस्यले सम्प्रेषण गर्न सके जागिर महिलाका लागि वरदान हो, सौभाग्य हो। अन्यथा जागिर हरेक बुहारीका लागि कठोर लगाम बनिदिन्छ। यसैमा रिङ्दा रिङ्दै स्वास्थ्यमा दाग लाग्छ अनि जिन्दगीमा कहिले पनि निको नहुने घाउ लाग्छ। सकारात्मक सोचका साथ सभ्य, सुसंस्कृत अनि शिक्षित परिवार हरेक छोरीका लागि सबभन्दा ठूलो उपहार जागिर। बिहान चार बजेर बीस मिनेट गयो। 'भाले बासिसक्यो, अहिलेसम्म जाग्ने अत्तोपत्तो छैन लाज नभाकी...'भन्दै सासूले गुनगुनाउन थालेपछि कोशेलीका आँखा गाह्रो मानी खुल्छन्। हतारहतार ओढेको कपडा फाल्छिन् अनि बिग्रेको कपाल सुम्सुमाउँछिन्। आफ्नो गुन्यु कसिलो गरी पटुकीले कसेर कामतर्फ लाग्छिन्। गोठभरीका भैंसी-बाख्रालाई कुँ...
काठमाडौं वरिपरि कहाँ-कहाँ जाने जंगल वाक?

काठमाडौं वरिपरि कहाँ-कहाँ जाने जंगल वाक?

देश, विचार, विचार
जोरपाटी नजिकै बागमती नदी किनार। कोरोना कहरको दोस्रो लहर बेला नेपालका अस्पतालहरूमा प्राणवायु मानिने अक्सिजनकै अभाव भयो। संकट टार्न सरकारी र सामुदायिक स्तरमा विभिन्न पहल भए। यसले भविष्यमा अक्सिजन अभाव अहिलेजस्तो भयावह नहोला भन्ने आशा गर्न सकिन्छ। आज हामी आफ्नो घर, छिमेक र समुदायमा प्राकृतिक रूपले अविरल र निरन्तर अक्सिजन प्रवाह कसरी सम्भव तुल्याउन सकिन्छ भन्नेबारे चर्चा गर्दैछौं। हामीले सानैदेखि सुन्दै आएको कुरा हो- स्वच्छ वातावरणका लागि प्रशस्त रूखहरू रोप्नुपर्छ, वनस्पतिले भरिएका उद्यान र वन-जंगल हुर्काउनुपर्छ। आफ्नो वरिपरि बाक्ला, घना र हरिया वन हुर्काउनु नै अक्सिजनको अविरल प्रवाह र दीर्घकालीन जोहो गर्ने सर्वोत्तम उपाय हो। हरिया रूखबिरूवाले कार्बन-डाइअक्साइड सोस्छन् र प्रशस्त मात्रामा शितल हावा (अक्सिजन) दिन्छन्, पानी र माटो बचाउँछन्। त्यही कारणले हरियालीयुक...
मल नपाइने चिन्ताले धान रोप्ने खेत घटाउँदै छन् कैलालीका किसान

मल नपाइने चिन्ताले धान रोप्ने खेत घटाउँदै छन् कैलालीका किसान

देश, विचार, विचार
कैलालीको कैलारी गाउँपालिका-४ का रामजीवन चौधरीले आफ्नो धान खेतमा हाल्ने विकासे मलको लागि पोहर साल सहकारीलाई पैसा बुझाएका थिए। त्यो पैसाको मल अहिलेसम्म उनले पाएका छैनन्। धानको बिउ राख्ने तयारीमा रहेका उनले यस वर्षको मलका लागि पनि गत साता सहकारीमा गएर अग्रिम पैसा बुझाएका छन्।  डिएपीका लागि २५ सय र युरियाका लागि १ हजार रुपैयाँका दरले उनले सहकारीलाई अग्रिम पैसा दिइसके। 'पोहर २ बोरा डिएपी मल किन्न २४ सय का दरले पैसा दिएको थिएँ। मलाई चाहिने ८ कठ्ठा युरियाका र ४ कठ्ठा डिएपी हो, त्यसको आधाको लागि एक हप्ताअघि पैसा दिइसकें,’ उनले भने। उनको परिवार साढे २ बिघा जमिनमा धान लगाउने तयारीमा छ। ‘बिउ भिजाएका छौं। २/३ दिनमा छर्ने हो,’ उनले भने। पीर भने उही डिएपी मलकै छ, यो वर्ष पनि लकडाउन छ मल पाइन्न होला भनेर उनी चिन्तामा छन्। पोहर साल पनि मल पाउँदै नपाएपछि उनले दि...
शहरले आखिर के दिँदो रहेछ?

शहरले आखिर के दिँदो रहेछ?

देश, विचार, विचार
नेपालमा जब जब ठूला विपत्ति आइपर्छन् तब एउटा कारूणिक दृष्य देखिन्छ। त्यो हो- लाखौं मानिसरु निकै कष्टपूर्ण तरिकाले एकैपटक गाँउ फर्किरहेका हुन्छन्। चाहे चाडबाड् होस् या कुनै प्राकृतिक विपद ठूला शहर प्राय खाली हुन्छन्।   चाडपर्वको समयमा हजारौं मानिस महिनौं अगाडिदेखि गाडीको टिकट काट्न खोज्दा पनि नभेटिएपछि बसको छत, ट्रकको पछाडि होस् वा ट्र्याक्टरको टेलरमा जोखिमपूर्ण यात्रामार्फत् आफ्नो पुर्खौली थातथलो निस्कन्छन्।  हरेक मानिसको चाहना हुन्छ, मिठो खाँउ, राम्रो लगाउँ, सुखसयलको शान्त र आनन्दित जीवन बाँचौ। मानिस हरदिन केही न केही नयाँ कामको अनुभूति गर्न आतुर हुन्छ। समाजमा विभिन्न वर्ग र समुदाय छन्। कसैले ठूलो सपना देख्लान् कसैले सानो तर सबै आफ्नो क्षमताले भ्याएसम्म र सम्भव भएसम्म सुखी जिन्दगी जिउने अभिलाषा राख्छन् जुन स्वभाविक पनि हो।   मानिस यति महत्वकाङ...
तिमीलाई बुझ्ने भएकी छु आमा !

तिमीलाई बुझ्ने भएकी छु आमा !

विचार, विचार
फ्रान्सका सम्राट नेपोलियन बोनापार्टले भनेका छन्, ‘तिमी मलाई एउटी असल आमा देऊ, म तिमीलाई असल राष्ट्र दिन्छु ।’ यो भनाइमा असल राष्ट्र हुनका लागि असल आमाको आवश्यकता र भुमिका औंल्याइएको छ । वास्तवमा  आमा एक जननी हुन् । नुनिला आँसुका धारा खाएर अमृतमय दूध पिलाउन सक्ने आमा सृष्टिकी संरक्षक हुन् । आमाले जीवनमा छोरी, दिदी, बहिनी, पत्नी, बुहारी र आमा बनेर आफ्नो परिवार चलाउँदै आफ्नो सृष्टिलाई समेत बचाएकी हुन्छिन् । नारीको मूल मर्म पनि मातृत्वमा अडेको हुन्छ । नवजात शिशुले आमाको प्यारो काखलाई नै पहिलो पाठशाला ठान्छ र आमाले उसलाई उमेर अनुरुप सम्पूर्ण बानी व्यवहार, कर्तव्य, आदर, सत्कार, माया ममता दिएर हुर्काएकी हुन्छिन् । एउटी शिक्षित आमाले सन्तानलाई शिक्षाको समुचित परिवेश तयार पार्नका साथै उसलाई युगीन सभ्यता र संस्कारसँग परिचित गराउँछिन् । आफ्ना सन्तानलाई खुसी दिनका लागि आमाले आफ्न...
मैले त कोरोना जितेँ, तपाईं पनि हिम्मत राख्नुस्

मैले त कोरोना जितेँ, तपाईं पनि हिम्मत राख्नुस्

SYM शुद्ध सकारात्मकता, विचार, विचार, स्वास्थ्य
मिर्गौला प्रत्यारोपण र चारवटा शल्यक्रिया गराएका हरिनारायण शर्माको कोरोना अनुभव नमस्कार! मैले मिर्गौला प्रत्यारोपण गरेको १४ वर्ष पूरा भएर १५ वर्ष लाग्यो। तीन वटा मेजर र ट्युमरको पनि शल्यक्रिया गराएर स्वास्थ्य लाभ गरिरहेको छु। कोरोना पोजेटिभ भएर आठ दिनको अस्पताल बसाइपछि भर्खरै डिस्चार्ज भएर घर फर्किएँ। म निको हुँदैछु। अहिले मेरो स्वास्थ्य अवस्था राम्रो छ। घरमै आराम गरेर बसिरहेको छु। मैले उपचारमा देखेका, भोगेका केही अनुभव यहाँहरू समक्ष बाँड्दैछु। निरन्तर सावधानी र सुरक्षा उपाय अपनाउँदा अपनाउँदै पनि हामी स-परिवार (म, मेरी श्रीमती र दुई छोरा) वैशाख पहिलो सातादेखि नै कोरोना संक्रमित भयौं। अहिले सबैले स्वास्थ्य लाभ गरिरहेका छौं। परिवारको माया, ममता आशीर्वाद र ऊर्जाले यो जीवन प्रतिकूल समयमा पनि रिचार्ज भइरहेको छ। र आफ्नै अनुकूल चलिरहेको छ। हस्पिटल बसाइ र आफैंले भोगेका कत...
भगवान रामका फरक-फरक रामकहानी

भगवान रामका फरक-फरक रामकहानी

विचार, विचार
पछिल्लो समय प्रधानमन्त्री केपी ओलीले अयोध्या नेपालमा पर्छ र भगवान राम नेपालका हुन् भन्दै आएका छन्। योसँगै नेपाल-भारतका हिन्दुमाझ अयोध्या र रामबारे चर्चा बढेको छ। तर रामका कथा नेपाल-भारत र हिन्दु धर्ममा मात्र सीमित छैन। थाइल्यान्ड, कम्बोडिया, इन्डोनेसिया लगायत दक्षिण पूर्वी एसियामा पनि रामकथा निकै लोकप्रिय छन्। कथाको केन्द्रमा राम मुख्य पात्र भए पनि देश, संस्कृति र समय अनुसार रामकथामा पनि केही भिन्नता र विविधता छन्। नेपाल-भारतका हिन्दुमाझ तुलसीदासकृत रामायण लोकप्रिय छ। जैनधर्ममा विमलासूरी लिखित रामकथा (जसलाई पद्मचरिता या पद्मपुराण पनि भनिन्छ) लोकप्रिय छ भने बौद्धमा 'दशरथ-जातक'का नाममा।  समग्रमा तीनवटै रामकथा मिल्दाजुल्दा छन्। त्यसमा पनि जैन र हिन्दु रामकथा बढी नै मिल्छन्। बौद्ध रामकथा भने अलिक फरक छ। हिन्दुहरूले रामलाई भगवान विष्णुका अवतार मान्छन्। रा...
कोरोना महामारी अझै डेढ वर्ष रहन्छः बिल गेट्स

कोरोना महामारी अझै डेढ वर्ष रहन्छः बिल गेट्स

विचार, विचार
साभार: सेतोपाटी 'कोभिड–१९ महामारी सन् २०२१ को अन्त्यसम्म रहनेछ। र यो थामिनुअघि थप दसौं लाख मानिसको ज्यान जानेछ।' यो भनाइ विश्वकै अग्रणी सफ्टवेयर उत्पादक माइक्रोसफ्टका मुख्य हस्ती बिल गेट्सको हो। उनी 'बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन' का तर्फबाट गरिने सहयोगका आधारमा विश्वकै सर्वोच्च परोपकारीमध्येमा पनि गणना गरिन्छन्। दि इकोनोमिस्ट पत्रिकाका प्रधान सम्पादक जेन्नी मिन्टोन बेदोइससँगको अन्तर्वार्तामा उनले यसो भनेका हुन्। गेट्सका अनुसार धेरैजसो मृत्युको कारण भने यो भाइरस एक्लो हुँदैन। बरू कोरोनाले तहसनहस हुने स्वास्थ्य प्रणाली बन्नेछ र यसले रुग्ण बनाएको आर्थिक गतिविधि पनि मृत्युको अर्को कारण हुनेछ। यो भाइरसलाई अमेरिकामा जसरी राजनीतिकरण गरिएको छ, त्यसविरुद्ध उनले खेद पनि प्रकट गरेका छन्। उनका अनुसार त्यस्ता गतिविधि र यसलाई 'षडयन्त्र हो' भनेर प्रचारप्रसार गर्ने अवाञ्छि...