
खप्तडमा पहिलोपटक अध्यात्म सम्मेलन हुँदै
काठमाडौँ, १६ जेठ (रासस) ः खप्तड क्षेत्रमा लाग्ने गङ्गा दशहरा मेला (जात्रा) आजदेखि सुरु भएको छ । ‘गङ्गा दशहरा मेलामा जाऔँ, खप्तडका सुन्दर फाँटहरु घुमौँ, त्रिवेणीमा स्नान गरौँ’ भन्ने नाराका साथ यस वर्ष भव्य रुपमा मेला लागिरहेको छ । जेठ÷असार महिनामा गङ्गा दशहरा र साउन÷भदौमा यहाँको खापरदहमा ठूलो इन्द्रजात्रा मेला लाग्ने गर्छ । गङगादशहरा मेलामा जाने तीर्थयात्रीहरु गङ्गादशहरा मेलाका दिन त्रिवेणीमा नुहाउँदा पाप पखालिने, पित्रृलाई तर्पण दिँदा पित्रृले मुक्ति पाउने र स्वर्ग जाने, मनको इच्छा पुरा हुने गाढा विश्वास रहेकाले यो मेलाको आकर्षण बढेको हो ।
गङ्गादशहरा मेलाको अवसर पारेर यही जेठ १२ देखि १७ गतेसम्म उक्त हाई अल्टिच्युड म्याराथन प्रतियोगितालगायत भलिबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता र देउडा प्रतियोगिता पनि आयोजना गरिएको छ । म्याराथन प्रतियोगितामा कम्तीमा ४२ दशमलब ५ किलोमिटर दूरी हु...