२०८२ माघ ९

देश

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

देश, राजनीति, समाचार
६ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका हुन् । ओली यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए । यो क्षेत्रमा रास्वपाका वरिष्ठ नेता बालेन शाहले पनि उम्मेदवारी दर्ता गराएका छन् । उनी काठमाडौंको मेयरबाट राजीनामा दिएर झापा–५ मा उम्मेदवार बनेका हुन् । ...
H.E. Mr. Sandeep Kumar Gautam Appointed Resident Diplomat for Nepal by World Diplomatic Organization

H.E. Mr. Sandeep Kumar Gautam Appointed Resident Diplomat for Nepal by World Diplomatic Organization

देश, विदेश / एन.आर.एन, समाचार
The World Diplomatic Organization (WDO), an international body working actively in the fields of humanitarian service, global peace, and sustainable development, has officially appointed H.E. Mr. Sandeep Kumar Gautam as the Resident Diplomat for Nepal. This appointment marks a significant milestone for Nepal’s growing engagement within international diplomatic and development frameworks. As Resident Diplomat, H.E. Mr. Gautam will play a continuous and strategic role in observing, reporting, and facilitating actions related to Nepal, while working under coordination mechanisms aligned with the Foreign Ministry of the United Kingdom. Strengthening Nepal’s International Voice Through this role, Nepal stands to gain direct diplomatic visibility and advocacy within global pl...
राष्ट्रपतिले जारी गरे आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश

राष्ट्रपतिले जारी गरे आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश

देश, समाचार
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी गरेका छन्। राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले बिहीबार उक्त अध्यादेश जारी गरेका हुन्। ‘राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८० जारी गर्नु भएको छ,’ राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ। मन्त्रिपरिषदको बुधबारको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। ...
चिसापानीका माछा चिनाउने कर्णाली पुल

चिसापानीका माछा चिनाउने कर्णाली पुल

देश, समाचार
कुरा २०१८ सालको हो। जलस्रोत कार्यालयका कर्मचारी काठमाडौंबाट कैलाली आउनुपर्ने भयो। त्यो बेला कर्णालीवारि नेपालसँग सुदूरपश्चिम क्षेत्र जोड्ने पुल थिएन। ती कर्मचारी भारतीय बाटो हुँदै तिकुनिया आए। तिकुनिया सीमावर्ती भारतीय बजार हो। त्यस बेला जलस्रोतकै कर्मचारी रहेका गुरुप्रसाद लिम्बूले तिकुनियाबाट पैदल हिँडाएर उनीहरूलाई चिसापानी पुर्‍याए। त्यसकै केही वर्षपछि लिम्बूले चिसापानीमा होटल पनि खोले। त्यसपछि अन्य केही व्यक्तिले पसल खोले। त्यसबेला बर्दियापट्टि कर्णालीका किनारमा बस्ती थियो। हुम्ला, जुम्ला, कालिकोट, दैलेख, अछाम, बाजुरा लगायतका जिल्लाबाट मानिसहरू किनमेल गर्न त्यहाँ पुग्थे। कर्णाली किनारको त्यो बस्तीका जानकार हर्कबहादुर रावलका अनुसार सन् १९७६ मा ‘कर्णाली वन्यजन्तु आरक्ष’ स्थापना भएपछि बस्ती अन्यत्रै सारियो। त्यही आरक्ष सन् १९८२ मा ‘बर्दिया वन्यजन्तु आरक्ष’ भयो अनि...
सुनको मूल्य हालसम्मकै महँगो, कतिमा भइरहेको छ कारोबार?

सुनको मूल्य हालसम्मकै महँगो, कतिमा भइरहेको छ कारोबार?

देश, समाचार
एकैदिन एक हजार तीन सय रूपैयाँले बढेपछि सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बजारमा छापावाल सुन प्रतितोला एक लाख २२ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यो हालसम्मकै उच्च मुल्य हो। अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख २० हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।  बिहीबार तेजाबी सुनको मूल्य भने प्रतितोला एक लाख २१ हजार चार सय रूपैयाँ कायम गरिएको छ।   यसभन्दा अघि गत मंसिर १८ गते सबैभन्दा धेरै मूल्यमा कारोबार भएको थियो। सो दिन सुन प्रतितोला एक लाख २१ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो।  अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस दुई हजार ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। आज बजारमा चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ९० रूपैयाँ कायम गरिएको छ। ...
भूकम्प पीडितलाई नेविसंघको सात लाख ११ हजार सहयोग

भूकम्प पीडितलाई नेविसंघको सात लाख ११ हजार सहयोग

देश, समाचार
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले भूकम्पपीडितलाई सहयोगका लागि सात लाख ११ हजार रुपैयाँ उपलब्ध गराएको छ। बुधबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेविसंघ अध्यक्ष दुजाङ शेर्पासहित प्रतिनिधिमण्डलको टोलीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। जाजरकोट र रूकुम पश्चिमका भूकम्पपीडितलाई सहयोगका लागि नेविसंघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम सहयोग गरेको हो। नेविसंघले प्रधानमन्त्री दाहाललाई त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिलगायत पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा नगर्न पनि ध्यानाकर्षण गराएको छ।  खुला प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्ति गर्न नेविसंघले माग गरेको हो। प्रधानमन्त्री दाहालले उपकुलपतिलगायतमा अबदेखि राजनीतिक भागबन्डा नहुने प्रतिबद्धता व्यक्त गरेका थिए। ...
देश असफल त भएन तर मेरो हुटहुटीअनुसार परिणाम पनि आएको छैन: प्रधानमन्त्री प्रचण्ड

देश असफल त भएन तर मेरो हुटहुटीअनुसार परिणाम पनि आएको छैन: प्रधानमन्त्री प्रचण्ड

देश, राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो हुटहुटीअनुसार सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन्। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै दाहालले भने, ‘म देशवासीसामु स्वीकार गर्दछु कि सरकार असफल त भएन। तर मेरो आफ्नै हुटहुटीअनुसारको परिणाम पनि आएको छैन।’ बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी रहेका पूर्वाधारको चिन्तामा रहेको उनले बताए। ‘देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा छु। यही चिन्ता र आत्मसमीक्षाका साथ म सार्वजनिक घोषणा गर्दछु। केही पूर्वनिर्धारित र अपरिहार्यबाहेक बाहिरका कुनै कार्यक्रममा नगई नयाँ नीति कार्यक्रम र बजेट, विकासमा रहेका समस्या समाधान गर्न लाग्ने पक्षमा छु,’ उनले भने। सरकारले कार्यशैली सुधार गरेर जाने उनले बताए।   ...
राष्ट्रपतीको चिन्तन : गाउ नरित्तिने उपाय खोजौं

राष्ट्रपतीको चिन्तन : गाउ नरित्तिने उपाय खोजौं

देश, समाचार
राष्ट्रपति रामचन्द्र पौडेलले गाउँ किन रित्तिँदैछ भन्ने कुराको चिन्ता गरेर यस समस्याको समाधान खोज्न आग्रह गरेका छन्। लोकतन्त्रपछि गाउँ-गाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने मानिसको अभाव रहेको उनले बताए। ‘मुलुकमा शिक्षा, सञ्चार, सडक, स्वास्थ्य र विद्युतीकरणको क्षेत्रमा भएको विकासका बावजुद त्यसको उपभोग गर्ने मानिसको अभावमा आज गाउँ किन रित्तिँदैछ?,’ काठमाडौंको सरस्वती क्याम्पसको वार्षीकोत्सवमा मंगलबार आयोजित कार्यक्रममा पौडेलले भने, ‘नीति निर्माण र शासनसत्तामा बस्नेलगायत सबैको चिन्ता यसैमा केन्द्रित हुनुपर्छ।’ शिक्षा र रोजगारीका लागि दैनिक हजारौं नेपाली युवाहरु विदेश जाने क्रम बढेको भन्दै उनले स्वदेशमै रोजगारीको सिर्जना हुनुपर्ने बताए। ...
पूर्वाधार बनेपछि बेलुढुङ्गामा बढ्यो पर्यटकको आगमन

पूर्वाधार बनेपछि बेलुढुङ्गामा बढ्यो पर्यटकको आगमन

देश
म्याग्दी र बागलुङको सिमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ। प्रचारप्रसार तथा पर्यटकीय पूर्वाधार बनेपछि बेलढुङ्गाको भ्रमणमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो। बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेको सिमानामा अवस्थित बेलुढुङ्गा हिमशृङ्खला र ग्रामीण जनजिवनको अवलोकन गर्ने स्थल मानिन्छ। भकिम्ली र ओखलेका दुवै बस्तीबाट देउराली डाँडासम्म सडकको पहुँच पुगेको र त्यहाँबाट बेलढुङ्गाको ‘भ्यू पोइन्ट’सम्म चिटिक्कको पदमार्ग निर्माण भएपछि पर्यटकको आगमन बढ्दो क्रममा रहेको भकिम्लीका स्थानीय रत्न जिसीले बताए। उनका अनुसार, बेनी नगरपालिका र काठेखोला गाउँपालिकासँगै प्रदेश सरकारको साझेदारीमा बेलढुङ्गा पुग्ने सडक, प्रवेशद्वार, पदमार्ग र भ्यू पोइन्टलगायतका पूर्वाधार निर्माण भएपछि यो क्षेत्र थप चर्चा आएको हो। समुद्...
अब आमाको नामबाट पनि नागरिकता, एनआरएनएको हकमा यस्तो छ व्यवस्था

अब आमाको नामबाट पनि नागरिकता, एनआरएनएको हकमा यस्तो छ व्यवस्था

देश
काठमाडौँ । सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित गरेको छ । यससँगै नयाँ व्यवस्थाअनुसार नागरिकता वितरणको बाटो खुलेको छ ।बिहीबार नियमावली प्रकाशित भएसँगै उमेर पुगेका र बाबुको पहिचान हुन नसकेका व्यक्तिले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र पाउने भएका छन् । त्यस्ता व्यक्तिले नागरिकता पाउन जन्मदर्तासहित आमाको नेपाली नागरिकता वा आमा नेपाली रहेको प्रमाण पेश गर्नुपर्नेछ । यसअघि बाबुको नागरिकता अनिवार्य रहेकोमा नियमावली संशोधनसँगै बाबुको पहिचान नभएका व्यक्तिले अवदेखि आमाका नामबाट नेपाली नागरिकता पाउने भएका हुन् । तर यस प्रावधानमा विदेशी मुलुकको नागरिकता नलिएको भनी अनुसुची –७ क। बमोजिम स्वघोषणा गर्नुपर्ने छ ।यस्तै संशोधित नियमावलीमा गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न अनुसुची–८ (ग) वमोजिमको ढाँचामा आफू वा आफ्नो बाबु, आमा, बाजे, वा बज्यैमध्ये ज...