


चालु आर्थिक वर्षदेखि पूर्ण रूपमा सञ्चालनमा आएको A.F.T.I. Investments Limited ले छोटो समयमै आफ्नो लगानी पोर्टफोलियो तथा प्राथमिक लगानी क्षेत्रहरूलाई बलियो रूपमा स्थापित गर्न सफल भएको छ। “डाइनामिक इन एभ्री डाइमेन्सन” भन्ने नारासहित अगाडि बढिरहेको यो सार्वजनिक लगानी होल्डिङ कम्पनीले नयाँ पुस्ताको सोच र दीर्घकालीन रणनीतिलाई एकसाथ अघि बढाइरहेको देखिन्छ।
कम्पनीले सुरुवाती चरणमै आफ्नो लगानीलाई विविध क्षेत्रमा विस्तार गर्दै सोलार ऊर्जा, सूचना प्रविधि (आई.टी.), एफ.एम.सी.जी., मानसिक स्वास्थ्य तथा प्रविधि आधारित पशुपालनलाई प्रमुख क्षेत्रका रूपमा अगाडि सारेको छ। तीमध्ये पनि सोलार ऊर्जा क्षेत्रलाई कम्पनीले आफ्नो “फ्ल्यागशिप सेक्टर” का रूपमा प्राथमिकता दिएको जनाएको छ।

सोलार ऊर्जा अन्तर्गत कम्पनीको सहायक संस्था National Energy Company ले हाल विभिन्न परियोजनाका लागि जग्गा व्यवस्थापन, सम्भावित परियोजना क्षेत्रहरूको अध्ययन तथा प्रारम्भिक सर्भे प्रक्रिया अगाडि बढाइसकेको छ। कम्पनीका अनुसार आगामी वर्षहरूमा यही क्षेत्र A.F.T.I. Investments को दीर्घकालीन सम्पत्ति निर्माण र स्थिर आम्दानीको प्रमुख आधार बन्ने अपेक्षा गरिएको छ।

त्यसैगरी एफ.एम.सी.जी. क्षेत्रमा सञ्चालन भइरहेको Aaha Foods Pvt. Ltd. ले सञ्चालनको पहिलो त्रैमासिकमै प्रतिशेयर आम्दानी (ई.पी.एस.) १५ रुपैयाँ रिपोर्ट गर्न सफल भएको जानकारी कम्पनी स्रोतले दिएको छ। वितरण–आधारित मोडलमा अघि बढिरहेको यो कम्पनीले न्यून पूँजीगत खर्चमार्फत बजार विस्तार गर्ने रणनीति लिएको छ।
सूचना प्रविधि (आई.टी.) क्षेत्रलाई भने A.F.T.I. Investments को “हिडन जेम” अथवा “डार्क हर्स” को रूपमा हेरिएको छ। कम्पनीअन्तर्गत रहेका EShikshalaya, MyBeema, SYM Network तथा अन्तर्राष्ट्रिय आउटसोर्सिङ शाखाले भविष्यमा उच्च प्रतिफल र अन्तर्राष्ट्रिय पहुँच दिने सम्भावना बोकेको कम्पनीको विश्वास छ। विशेषगरी अन्तर्राष्ट्रिय आउटसोर्सिङ सेवामार्फत विदेशी मुद्रा आम्दानी तथा व्यवसायिक संरचना निर्माणमा कम्पनीले ठूलो सम्भावना देखेको छ।
A.F.T.I. Investments ले आफूलाई दीर्घकालीन रूपमा “इन्भेष्टमेन्ट रेडी गोल्डमाइन” को रूपमा विकास गरिरहेको कम्पनी व्यवस्थापनको दाबी छ। कम्पनीका प्रबन्ध निर्देशक Shraddhesh Acharya ले प्रारम्भिक दुई वर्ष कम्पनीका लागि सबैभन्दा चुनौतीपूर्ण भए पनि यही समयले भविष्यको आधार निर्माण गर्ने बताएका छन्।
उनले भने, “पहिलो दुई वर्ष हाम्रो लागि सबैभन्दा महत्वपूर्ण र चुनौतीपूर्ण चरण हो। हामीले लगानीकर्ताको विश्वास जित्नुपर्छ, साथै भविष्यका अवसरहरूमा लगानी गर्न बलियो रिजर्भ पनि निर्माण गर्नुपर्छ। म व्यक्तिगत रूपमा सबै प्रमोटर शेयरधनीहरूसँग निरन्तर सम्पर्कमा छु र उहाँहरूको मनोबल निकै उच्च पाएको छु।”
कम्पनीले ५०/३०/२० रिजर्भ सिद्धान्त अनुसार आफ्नो वित्तीय संरचना अगाडि बढाइरहेको छ, जसअन्तर्गत ५० प्रतिशत इन्भेष्टेबल रिजर्भ, ३० प्रतिशत अपरेशनल रिजर्भ तथा २० प्रतिशत डिस्ट्रिब्युटेबल रिजर्भ छुट्याइने व्यवस्था रहेको छ।
नेपालमा आधुनिक सोचसहितको सार्वजनिक लगानी कम्पनीको अवधारणालाई बलियो बनाउने लक्ष्यसहित अगाडि बढिरहेको A.F.T.I. Investments ले आगामी वर्षहरूमा आफ्नो पोर्टफोलियो अझै व्यापक बनाउने संकेत दिएको छ। कम्पनीले दीर्घकालीन रूपमा नेपालकै ठूलो इन्भेष्टमेन्ट कङ्ग्लोमेरेट बन्ने तथा १०० अर्ब रुपैयाँ मार्केट क्यापिटलाइजेशन पुग्ने लक्ष्यसमेत सार्वजनिक गरिसकेको छ।





