२०८२ माघ १४

अर्थतन्त्र

🟡 Gold Shock in Nepal: Price Jumps to a Record NPR 318,800 per Tola

🟡 Gold Shock in Nepal: Price Jumps to a Record NPR 318,800 per Tola

अर्थतन्त्र, आर्थिक, देश
Kathmandu, January 28 — Gold prices in Nepal have stunned buyers and traders alike as the rate surged to an all-time high of NPR 318,800 per tola today, marking one of the sharpest spikes ever recorded in the domestic bullion market. Just a year ago, gold hovering near Rs 200,000 per tola felt expensive. Today, crossing the Rs 300,000 mark has turned gold from a routine purchase into a luxury many households are forced to rethink. The surge mirrors rising global gold prices, a weakening local currency, and growing investor demand for safe-haven assets amid worldwide economic uncertainty. The impact is already visible. Families preparing for weddings and festivals are scaling back gold purchases, while jewelers report cautious buyers and slower sales. For many Nepalis, gold...
ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता बढाउन नेपाल र भारत तयार

ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता बढाउन नेपाल र भारत तयार

अर्थतन्त्र, समाचार
२२ पुस, काठमाडौं । अहिले सञ्चालनमा रहेको पहिलो अन्तर देशीय प्रसारण लाइन ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता वृद्धि गर्न नेपाल र भारत सहमत भएका छन् । नेपाल–भारत ऊर्जा सचिव स्तरीय समिति (जेएससी)को ११ औं बैठकले क्षमता बढाउने निर्णय गरेको हो । २० पुसमा चितवनको मेघौलीमा बसेको बैठकले ढल्केवर सवस्टेसनमा आवश्यक पूर्वाधार निर्माण भएपश्चात हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय ढक्लेवर– मुजफ्फरपुर ४ सय किलोभोल्ट प्रसारण लाइनबाट हुने विद्युत आयात–निर्यातको परिमाण ८ सय मेगावाट भन्दा बढी पुर्‍याउने सम्बन्धमा अध्ययन गराउने निर्णय गरेको हो । बैठकले अन्तर देशीय विद्युत प्रसारणलाइन मार्फत निर्यातका लागि १२० प्रतिशतसम्म क्षमता हुनेगरी जलविद्युत आयोजनालाई स्वीकृति दिने निर्णय समेत गरेको मन्त्रालयका सहसचिव नवीन राज सिंहले जानकारी दिएका छन् । यस बैठकले नेपाल र भारतबीच विद्युत आयात–निर्यात...
१० लाख पर्यटक भित्र्याएको वर्ष २०२३, सरकारी लक्ष्यभन्दा बढी आगमन

१० लाख पर्यटक भित्र्याएको वर्ष २०२३, सरकारी लक्ष्यभन्दा बढी आगमन

SYM शुद्ध सकारात्मकता, अर्थतन्त्र
सन् २०२३ मा १० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा भएको छ। एक वर्षमा नेपाल घुम्न आउने पर्यटकको संख्या १० लाख नाघेसँगै लक्ष्य पूरा भएको हो। यसअघि सन् २०१९ मा अहिलेसम्मकै सबैभन्दा धेरै ११ लाख ९७ हजार १९१ पर्यटक भित्रिएका थिए। कोभिडपछि सन् २०२० मा दुई लाख ३० हजार, सन् २०२१ मा डेढ लाख र २०२२ मा ६ लाख १४ हजार पर्यटक घुम्न आएका थिए। सन् २०२३ मा भने सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। वर्षभरिमा १० लाख १४ हजार ८७४ पर्यटक घुम्न आएका छन्। पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०२३ को जनवरीमा ५५ हजार ०७४ र फेब्रुअरीमा ७३ हजार २५५ पर्यटक भित्रिएका छन्। मार्चमा पर्यटकको संख्या बढेर ९९ हजार ४२६ पुगेको थियो। त्यस्तै अप्रिलमा ९८ हजार ७७३, मेमा ७७ हजार ७०३, जुनमा ७२ हजार २५०, जुलाईमा ५७ हजार ७२६ पर्यटक आएका छन्। अगष्टमा ६७ हजार १५३, सेप्टेम्बरमा ९१ हजार ०१२ पर्य...
प्रधानमन्त्रीको चीन भ्रमण : हुन सक्छ कोरला नाका खुलाउने सम्झौता

प्रधानमन्त्रीको चीन भ्रमण : हुन सक्छ कोरला नाका खुलाउने सम्झौता

अर्थतन्त्र
५ असोज, काठमाडौं । मुस्ताङको कोरला नाका खोल्ने तयारी गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा कोरला नाका खोल्ने विषयमा दुवै पक्षबीच सम्झौता हुन सक्ने सम्भावना रहेको वाणिज्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबारदेखि सुरु भएको प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको एजेण्डामा नेपाल–चीन नाका सहजीकरण पनि रहेको र सम्भवतः नाका खोल्ने सम्झौतामा हस्ताक्षर हुने छ । तर, नाका खुल्ने यकिन भने बेइजिङमा सम्झौता नभई भन्न नसकिने अधिकारीहरु बताउँछन् । यस अघि मौसमी रुपमा वर्षमा २ पटक मात्रै खुल्ने सो नाका कोरोना महामारीका कारण ४ वर्षदेखि बन्द अवस्थामा छ । मुस्ताङको सदमुकाम जोमसोमबाट ११२ किलोमिटर टाढा रहेको उक्त नाका खोल्न चिनियाँ पक्षले संकेत गरेपछि नेपालले नाकामा तयारी थालेको हो । नाका खोल्ने तयारीका लागि केही समय अघि चीनले परराष्ट्र मन्त्रालयमार्फत ...
नेपालले भारतलाई बेच्यो २ सातामा ६ लाख ७० हजार किलो गोलभेंडा

नेपालले भारतलाई बेच्यो २ सातामा ६ लाख ७० हजार किलो गोलभेंडा

अर्थतन्त्र, उद्यमशीलता
४ भदौ, काठमाडौं । नेपालको गोलभेंडामा लगाइएको प्रतिबन्ध फुकुवा भएपछि दुई सातामा ६ लाख ७० हजार किलो गोलभेंडा भारत निकासी भएको छ । यद्यपि यो विवरण सरकारी निकायमा निर्यातको प्रक्रिया पूरा गरेर भएको निर्यातको मात्रै हो । व्यवसायीहरुका अनुसार भन्सार प्रक्रिया पूरा नगरी यो भन्दा धेरै परिमाणको गोलभेंडा भारत निर्यात भएको अनुमान गरिएको छ । आफ्नो बजारमा गोलभेंडाको मूल्य उच्च भएपछि २१ साउनमा भारतले नेपालको गोलभेंडा माथिको प्रतिबन्ध फुकुवा गरेको थियो । त्यसयताको १ भदौसम्म वीरगञ्ज, काँकडभिट्टा, भैरहवा भन्सार भएर गोलभेंडा निर्यात भएको त्यहाँका भन्सार कार्यालयहरुले बताएका छन् । तीन भन्सार कार्यालयको विवरण हेर्दा १ भदौसम्म ६ लाख ६९ हजार ६८० किलो गोलभेंडा नेपालबाट निर्यात भएको छ । कुल मूल्य ८० लाख ३६ हजार १६० रुपैयाँ हुन आउँछ । भन्सार कार्यालयहरुको विवरणअनुसार नेपालबाट निर्यात भएको गोलभे...
साना व्यवसायीलाई भ्याट विवरण बुझाउने समय छुट

साना व्यवसायीलाई भ्याट विवरण बुझाउने समय छुट

अर्थतन्त्र
१ भदौ, काठमाडौं । सरकारले साना व्यवसायीलाई भ्याट बुझाउने समयमा छुट दिएको छ । आन्तरिक राजस्व विभागका अनुसार अब वार्षिक १ करोड भन्दा थोरै मूल्यको कारोबार गर्ने मूल्य अभिवृद्धि कर लाग्ने कारोबार गर्ने करदाताले चौमासिक रुपमा विवरण बुझाए हुने भएको छ । १ करोड भन्दा माथिको कारोबार गर्ने मूल्य अभिवृद्धि कर संकलन गर्ने व्यवसायीले भने मासिक रुपमा विवरण बुझाउनु पर्ने भएको छ । यसअघि उनीहरुले पनि चौमासिक रुपमा बुझाउन सकिने व्यवस्था थियो । आन्तरिक राजस्व विभागका अनुसार इँटा उद्योग, होटेल, पर्यटन तथा चलचित्र घरको हकमा साउनबाट यो प्रावधान लागु भएको हो । सोहीकारण अब एक करोड रुपैयाँ भन्दा बढीको कारोबार भएका करदाताले अब मासिक रुपमा विवरण कर कार्यालयमा बुझाउनु पर्ने भएको छ । साना करदातालाई भने लागत र समय घटाई सुविधा दिन अब चार÷चार महिनामा विवरण पेश गर्न सकिने सुविधा सरकारले दिएको छ...
भन्सारका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन– एकअर्कालाई विश्वास गर्नुस् तर चेक पनि गर्नुस्

भन्सारका कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन– एकअर्कालाई विश्वास गर्नुस् तर चेक पनि गर्नुस्

अर्थतन्त्र
२८ साउन, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीहरुलाई एक अर्कालाई विश्वास गर्दै निगरानी पनि गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आज आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले सो निर्देशन दिएका हुन् । उनले भने, ‘कार्यालय प्रमुख र अरु, एकअर्कालाई ‘ट्रष्ट बट चेक’ भन्याजस्तै त्यहाँभित्र पनि चेक एण्ड ब्यालेन्सको कुराहरु तपाईंहरुले गर्नुहोला ।’ उच्च मनोबलका साथ काम गर्न भन्सारका कर्मचारीहरुलाई निर्देशन दिँदै मन्त्री महतले भन्सार कार्यालयको स्तरवृद्धि र कर्मचारीहरुको क्षमता वृद्धिका लागि सरकारले पूरा सहयोग गर्ने बताए । उनले हरेक कार्यालयलाई एक्सन प्लान बनाएर काम गर्न पनि निर्देशन दिए । साना भन्सार कार्यालयका कर्मचारीहरुलाई आफूलाई सानो नठान्न आग्रह गर्दै उनले भने, ‘तपाईंहरु गहन जिम्मेवारीमा हुनुहुन्छ । जेजे जिम्मेवारी दिएको छ उच्च सत...
अमेरिकामा चेन होटेल ब्रान्ड चलाइरहेको समूहले किन्यो भैरहवाको टाइगर प्यालेस

अमेरिकामा चेन होटेल ब्रान्ड चलाइरहेको समूहले किन्यो भैरहवाको टाइगर प्यालेस

अर्थतन्त्र, उद्यमशीलता
२३ साउन, काठमाडौं । भैरहवाको पाँचतारे टाइगर प्यालेस रिसोर्ट लामो समयदेखि अमेरिकामा हायात, होलिडे इनलगायत होटेल चलाइहेका बुद्धिसागर सुवेदीलगायतको समूहले खरिद गरेको छ । सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता कम्पनी सिल्भर हेरिटेज इन्भेष्टमेन्ट कम्पनी खरिद गरेको हो । हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता छ । टाइगर प्यालेसमा करिब तीन करोड ६० लाख अमेरिकी डलर विदेशी लगानी ल्याएको सिल्भर हेरिटेजले लामो समयदेखि रिसोर्ट बिक्री गर्ने प्रयास गरेको थियो । तर, रिसोर्ट स्थापना गर्दाका नेपाली साझेदार राजेन्द्र बजगाईंले असहयोग गरेपछि त्यो प्रयास सफल हुन सकेको थिएन । तर, सुवेदीसहितको समूहले हङकङमा दर्ता रहेको सिल्भर हेरिटेजको शेयर हङकङमै खरिद गरेपछि रिसोर्टको स्वामित्व पनि हिमालयन टाइगरमा सरेको हो । विगत ७-८ महिनादेखिको प्रय...
अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्रीबीच भेटवार्ता

अर्थमन्त्री डा महत र चिनियाँ अर्थमन्त्रीबीच भेटवार्ता

अर्थतन्त्र
अर्थमन्त्री डा प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच द्विपक्षीय भेटवार्ता भएको छ । भारतको गुजरातस्थित गान्धीनगरमा जारी जि–२० का अर्थमन्त्रीहरूको बैठकका क्रममा उहाँहरूबीच भेटवार्ता भएको हो । सो वार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्ध तथा सहयोग आदान–प्रदानका विविध विषयमा कुराकानी भएको मन्त्री डा महतले जानकारी दिनुभयो । यस वार्तामा आपसी हितका विविधि विषयका साथै एकअर्काको चासो र सरोकारहरूप्रति दुवै देश संवेदनशील रहेको बारेमा पनि उहाँहरूबीच छलफल भएको थियो । वार्ताका क्रममा मन्त्री डा महतले चीनले नेपालको विकासका क्षेत्रमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको थियो । सन् २०१९ मा चीनका राष्ट्रपतिले गर्नुभएको नेपाल भ्रमणका क्रममा उहाँले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको स्मरण गर्दै कोभिडका कारण त्यस्ता आयोजनाहरू ...