२०८३ बैशाख २०

विचार

‘टिनएज’ विवाहलाई किन जोड दिँदै छ सरकार ?

‘टिनएज’ विवाहलाई किन जोड दिँदै छ सरकार ?

विचार, विचार
काठमाडौं । विवाहको न्यूनतम उमेर घटाएर १८ वर्ष पुर्‍याउने तयारी भइरहेको विषयमा अहिले विभिन्न कोणबाट बहस भइरहेको छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले असार १ गतेको संसद्मा विवाहको उमेर २० वर्षबाट घटाएर १८ वर्ष बनाउने तयारी भइरहेको बताएपछि यसले पार्ने विविध प्रभावबारे बहस सुरु भएको हो ।  विद्यमान मुलुकी अपराध संहिताको परिच्छेद ११ को दफा १७३ मा महिला–पुरुष दुवैले २० वर्ष नपुगी विवाह गरे बाल विवाह मानिने उल्लेख छ । २० वर्ष नपुगी विहे गर्ने गराउनेलाई तीन वर्षसम्म कैद र तीन हजार रूपैयाँसम्म सजाय हुने व्यवस्था छ । त्यस्तो विवाह स्वतः बदर हुने पनि अपराध संहितामा उल्लेख छ ।  मानवअधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ ले हरेक बालिग नागरिकले मन परेको व्यक्तिसँग सहमतिमा यौन सम्बन्ध राख्न पाउनुलाई मानवीय हकका रूपमा व्याख्या गरेको छ । तर, विव...
खेतीको मर्म बुझौं, शुतुरमुर्ग नबनौं : डा. कृष्णप्रसाद पौडेल

खेतीको मर्म बुझौं, शुतुरमुर्ग नबनौं : डा. कृष्णप्रसाद पौडेल

देश, विचार, विचार
तपाईं हामीले कहिल्यै सोचेका छौं- हावा, पानी र खानेकुरा भएन भने हाम्रो जीवनमा कस्तो प्रभाव पर्ला ? यो प्रश्न सुन्दा सामान्य लाग्छ तर यसको मर्म भने धेरै नै गम्भीर छ । नियमित कामकाजी मानिस हावा, पानी र खाना विना क्रमशः २ मिनेट, २ दिन र ५ दिन भन्दा बढी बाँच्न सक्दैन । तर हामी यो आधारभूत सत्य बिर्सेको स्वाङ पार्दै शुतुरमुर्गको शैलीमा यो शाश्वत सत्यबाट टाउको मात्र लुकाउने चेष्टा गरिरहेका छौं । यस्तो मर्ममा बुझपचाउनु भनेको एक खालको सामाजिक मनोरोग हो । यसलाई सच्याउने जिम्मेवारी लिनुपर्ने नेतृत्व त यस्तो मनोरोगले ग्रस्त दीर्घ रोगी नै भएका छन् । हावा र पानी आजसम्म प्रकृतिमा जसोतसो सित्तैं पाइँदैछ । यो पनि अब बजारका बिचौलिया र दलालको हातमा पुगिरहेको छ । हिजोआज शहरिया र बिरामीले बाध्य भएर र सौखिन दलाल, बिचौलिया र तिनका नेताले पैसाको तुजुकमा स्वास्थ्यका लागि भन्दै किनेर खाने गरेका छन् । तर ...
किशोरावस्थाका सन्तानको कसरी ख्याल राख्ने ?

किशोरावस्थाका सन्तानको कसरी ख्याल राख्ने ?

SYM शुद्ध सकारात्मकता, विचार, विचार
मान्छेको जन्मपछि जीवनका विभिन्न चरण पार हुन्छन् । उमेरसँगै शारीरिक, मानसिक र भावनात्मक पक्ष पनि विकास हुँदै जान्छन् । ‘टिनएज’ उमेरको सबैभन्दा संवेदनशील र जीवनको निर्णायक बन्ने उमेर हो । यो उमेरमा जीवनलाई लिएर कोही पनि गम्भीर नहुने सम्भावना हुन्छ । पारिवारिक रमाइलो र साथीहरुसँगको हाँसीमजाकले टिनएजको बिदाइ हुन्छ । पढाइ कहिले सकियो अत्तोपत्तो हुँदैन । जवान हुने चाहनामा रहेका टिनएजरलाई भने यो समय एकदमै लामो लाग्छ । टिनएजलाई कसैले गुलाबी उमेर भन्छन्, कसैले किशोरावस्था । कसैले अपरिपक्व उमेर भन्ने गर्छन् । यो आ-आफ्नो धारणा हो । अक्सर टिनएज पार गरिसकेका व्यक्तिहरु आफू हुर्किएको वातावरण र समय अनुसार धारणा बनाउँछन् । त्यसैले यो उमेरबारे विभिन्न व्यक्तिको धारणा फरकफरक हुन जान्छ । किशोरावस्थाबारे वैज्ञानिक धारणा लिने हो भने वैज्ञानिक यो उमेरलाई शारीरिक, मानसिक, भावनात्मक र सामाजिक रुपमा...
जागिरे बुहारी : कमला अधिकारी

जागिरे बुहारी : कमला अधिकारी

लेख, विचार, विचार
मानिसलाई सबभन्दा प्यारो आफ्नो स्वच्छन्दता अनि स्वतन्त्रता हुन्छ। जागिर एउटा यस्तो लगाम हो जहाँ हामीले नियम, कानुन, अनुशासन, मान मर्यादा स्वीकार्नुपर्छ। परिवारमा परिवारका सदस्यले सम्प्रेषण गर्न सके जागिर महिलाका लागि वरदान हो, सौभाग्य हो। अन्यथा जागिर हरेक बुहारीका लागि कठोर लगाम बनिदिन्छ। यसैमा रिङ्दा रिङ्दै स्वास्थ्यमा दाग लाग्छ अनि जिन्दगीमा कहिले पनि निको नहुने घाउ लाग्छ। सकारात्मक सोचका साथ सभ्य, सुसंस्कृत अनि शिक्षित परिवार हरेक छोरीका लागि सबभन्दा ठूलो उपहार जागिर। बिहान चार बजेर बीस मिनेट गयो। 'भाले बासिसक्यो, अहिलेसम्म जाग्ने अत्तोपत्तो छैन लाज नभाकी...'भन्दै सासूले गुनगुनाउन थालेपछि कोशेलीका आँखा गाह्रो मानी खुल्छन्। हतारहतार ओढेको कपडा फाल्छिन् अनि बिग्रेको कपाल सुम्सुमाउँछिन्। आफ्नो गुन्यु कसिलो गरी पटुकीले कसेर कामतर्फ लाग्छिन्। गोठभरीका भैंसी-बाख्रालाई कुँ...
काठमाडौं वरिपरि कहाँ-कहाँ जाने जंगल वाक?

काठमाडौं वरिपरि कहाँ-कहाँ जाने जंगल वाक?

देश, विचार, विचार
जोरपाटी नजिकै बागमती नदी किनार। कोरोना कहरको दोस्रो लहर बेला नेपालका अस्पतालहरूमा प्राणवायु मानिने अक्सिजनकै अभाव भयो। संकट टार्न सरकारी र सामुदायिक स्तरमा विभिन्न पहल भए। यसले भविष्यमा अक्सिजन अभाव अहिलेजस्तो भयावह नहोला भन्ने आशा गर्न सकिन्छ। आज हामी आफ्नो घर, छिमेक र समुदायमा प्राकृतिक रूपले अविरल र निरन्तर अक्सिजन प्रवाह कसरी सम्भव तुल्याउन सकिन्छ भन्नेबारे चर्चा गर्दैछौं। हामीले सानैदेखि सुन्दै आएको कुरा हो- स्वच्छ वातावरणका लागि प्रशस्त रूखहरू रोप्नुपर्छ, वनस्पतिले भरिएका उद्यान र वन-जंगल हुर्काउनुपर्छ। आफ्नो वरिपरि बाक्ला, घना र हरिया वन हुर्काउनु नै अक्सिजनको अविरल प्रवाह र दीर्घकालीन जोहो गर्ने सर्वोत्तम उपाय हो। हरिया रूखबिरूवाले कार्बन-डाइअक्साइड सोस्छन् र प्रशस्त मात्रामा शितल हावा (अक्सिजन) दिन्छन्, पानी र माटो बचाउँछन्। त्यही कारणले हरियालीयुक...
मल नपाइने चिन्ताले धान रोप्ने खेत घटाउँदै छन् कैलालीका किसान

मल नपाइने चिन्ताले धान रोप्ने खेत घटाउँदै छन् कैलालीका किसान

देश, विचार, विचार
कैलालीको कैलारी गाउँपालिका-४ का रामजीवन चौधरीले आफ्नो धान खेतमा हाल्ने विकासे मलको लागि पोहर साल सहकारीलाई पैसा बुझाएका थिए। त्यो पैसाको मल अहिलेसम्म उनले पाएका छैनन्। धानको बिउ राख्ने तयारीमा रहेका उनले यस वर्षको मलका लागि पनि गत साता सहकारीमा गएर अग्रिम पैसा बुझाएका छन्।  डिएपीका लागि २५ सय र युरियाका लागि १ हजार रुपैयाँका दरले उनले सहकारीलाई अग्रिम पैसा दिइसके। 'पोहर २ बोरा डिएपी मल किन्न २४ सय का दरले पैसा दिएको थिएँ। मलाई चाहिने ८ कठ्ठा युरियाका र ४ कठ्ठा डिएपी हो, त्यसको आधाको लागि एक हप्ताअघि पैसा दिइसकें,’ उनले भने। उनको परिवार साढे २ बिघा जमिनमा धान लगाउने तयारीमा छ। ‘बिउ भिजाएका छौं। २/३ दिनमा छर्ने हो,’ उनले भने। पीर भने उही डिएपी मलकै छ, यो वर्ष पनि लकडाउन छ मल पाइन्न होला भनेर उनी चिन्तामा छन्। पोहर साल पनि मल पाउँदै नपाएपछि उनले दि...
शहरले आखिर के दिँदो रहेछ?

शहरले आखिर के दिँदो रहेछ?

देश, विचार, विचार
नेपालमा जब जब ठूला विपत्ति आइपर्छन् तब एउटा कारूणिक दृष्य देखिन्छ। त्यो हो- लाखौं मानिसरु निकै कष्टपूर्ण तरिकाले एकैपटक गाँउ फर्किरहेका हुन्छन्। चाहे चाडबाड् होस् या कुनै प्राकृतिक विपद ठूला शहर प्राय खाली हुन्छन्।   चाडपर्वको समयमा हजारौं मानिस महिनौं अगाडिदेखि गाडीको टिकट काट्न खोज्दा पनि नभेटिएपछि बसको छत, ट्रकको पछाडि होस् वा ट्र्याक्टरको टेलरमा जोखिमपूर्ण यात्रामार्फत् आफ्नो पुर्खौली थातथलो निस्कन्छन्।  हरेक मानिसको चाहना हुन्छ, मिठो खाँउ, राम्रो लगाउँ, सुखसयलको शान्त र आनन्दित जीवन बाँचौ। मानिस हरदिन केही न केही नयाँ कामको अनुभूति गर्न आतुर हुन्छ। समाजमा विभिन्न वर्ग र समुदाय छन्। कसैले ठूलो सपना देख्लान् कसैले सानो तर सबै आफ्नो क्षमताले भ्याएसम्म र सम्भव भएसम्म सुखी जिन्दगी जिउने अभिलाषा राख्छन् जुन स्वभाविक पनि हो।   मानिस यति महत्वकाङ...
तिमीलाई बुझ्ने भएकी छु आमा !

तिमीलाई बुझ्ने भएकी छु आमा !

विचार, विचार
फ्रान्सका सम्राट नेपोलियन बोनापार्टले भनेका छन्, ‘तिमी मलाई एउटी असल आमा देऊ, म तिमीलाई असल राष्ट्र दिन्छु ।’ यो भनाइमा असल राष्ट्र हुनका लागि असल आमाको आवश्यकता र भुमिका औंल्याइएको छ । वास्तवमा  आमा एक जननी हुन् । नुनिला आँसुका धारा खाएर अमृतमय दूध पिलाउन सक्ने आमा सृष्टिकी संरक्षक हुन् । आमाले जीवनमा छोरी, दिदी, बहिनी, पत्नी, बुहारी र आमा बनेर आफ्नो परिवार चलाउँदै आफ्नो सृष्टिलाई समेत बचाएकी हुन्छिन् । नारीको मूल मर्म पनि मातृत्वमा अडेको हुन्छ । नवजात शिशुले आमाको प्यारो काखलाई नै पहिलो पाठशाला ठान्छ र आमाले उसलाई उमेर अनुरुप सम्पूर्ण बानी व्यवहार, कर्तव्य, आदर, सत्कार, माया ममता दिएर हुर्काएकी हुन्छिन् । एउटी शिक्षित आमाले सन्तानलाई शिक्षाको समुचित परिवेश तयार पार्नका साथै उसलाई युगीन सभ्यता र संस्कारसँग परिचित गराउँछिन् । आफ्ना सन्तानलाई खुसी दिनका लागि आमाले आफ्न...
मैले त कोरोना जितेँ, तपाईं पनि हिम्मत राख्नुस्

मैले त कोरोना जितेँ, तपाईं पनि हिम्मत राख्नुस्

SYM शुद्ध सकारात्मकता, विचार, विचार, स्वास्थ्य
मिर्गौला प्रत्यारोपण र चारवटा शल्यक्रिया गराएका हरिनारायण शर्माको कोरोना अनुभव नमस्कार! मैले मिर्गौला प्रत्यारोपण गरेको १४ वर्ष पूरा भएर १५ वर्ष लाग्यो। तीन वटा मेजर र ट्युमरको पनि शल्यक्रिया गराएर स्वास्थ्य लाभ गरिरहेको छु। कोरोना पोजेटिभ भएर आठ दिनको अस्पताल बसाइपछि भर्खरै डिस्चार्ज भएर घर फर्किएँ। म निको हुँदैछु। अहिले मेरो स्वास्थ्य अवस्था राम्रो छ। घरमै आराम गरेर बसिरहेको छु। मैले उपचारमा देखेका, भोगेका केही अनुभव यहाँहरू समक्ष बाँड्दैछु। निरन्तर सावधानी र सुरक्षा उपाय अपनाउँदा अपनाउँदै पनि हामी स-परिवार (म, मेरी श्रीमती र दुई छोरा) वैशाख पहिलो सातादेखि नै कोरोना संक्रमित भयौं। अहिले सबैले स्वास्थ्य लाभ गरिरहेका छौं। परिवारको माया, ममता आशीर्वाद र ऊर्जाले यो जीवन प्रतिकूल समयमा पनि रिचार्ज भइरहेको छ। र आफ्नै अनुकूल चलिरहेको छ। हस्पिटल बसाइ र आफैंले भोगेका कत...
भगवान रामका फरक-फरक रामकहानी

भगवान रामका फरक-फरक रामकहानी

विचार, विचार
पछिल्लो समय प्रधानमन्त्री केपी ओलीले अयोध्या नेपालमा पर्छ र भगवान राम नेपालका हुन् भन्दै आएका छन्। योसँगै नेपाल-भारतका हिन्दुमाझ अयोध्या र रामबारे चर्चा बढेको छ। तर रामका कथा नेपाल-भारत र हिन्दु धर्ममा मात्र सीमित छैन। थाइल्यान्ड, कम्बोडिया, इन्डोनेसिया लगायत दक्षिण पूर्वी एसियामा पनि रामकथा निकै लोकप्रिय छन्। कथाको केन्द्रमा राम मुख्य पात्र भए पनि देश, संस्कृति र समय अनुसार रामकथामा पनि केही भिन्नता र विविधता छन्। नेपाल-भारतका हिन्दुमाझ तुलसीदासकृत रामायण लोकप्रिय छ। जैनधर्ममा विमलासूरी लिखित रामकथा (जसलाई पद्मचरिता या पद्मपुराण पनि भनिन्छ) लोकप्रिय छ भने बौद्धमा 'दशरथ-जातक'का नाममा।  समग्रमा तीनवटै रामकथा मिल्दाजुल्दा छन्। त्यसमा पनि जैन र हिन्दु रामकथा बढी नै मिल्छन्। बौद्ध रामकथा भने अलिक फरक छ। हिन्दुहरूले रामलाई भगवान विष्णुका अवतार मान्छन्। रा...