ज्ञानी हुने कला – SYM शुद्ध सकारात्मकता
मानिसले जीवनपर्यन्त सिकिरहन्छ । ज्ञान र सीपकै आधारमा मानिस ज्ञानी हुन्छ । म्यान मेड पर्फेक्ट वाई प्राक्टिस् भनिन्छ । यसका लागि शिक्षामनोविद् रुसोका अनुसार अनुभवका आधारमा सिकिन्छ । अर्का शिक्षामनोविद् प्याभलवका अनुसार गल्तीबाट सिकाइ प्रभावकारी हुन्छ ।
यसैगरी, शिक्षाविद् किम्बलका अनुसार हरेक मानिसले अन्तरदृष्टिबाट सिक्छ । साथै, शिक्षाविद्द्वय यङका अनुसार प्रेरणाबाट र एलिस क्रोका अनुसार आन्तरिक प्रेरणाबाट मानिसले सिक्ने गर्दछ । यस अतिरिक्त, शिक्षाविद् पेस्तालोजीका अनुसार सिक्ने व्यक्तिको जागरुकता र अर्का विद्धान् बान्दुराका अनुसार शिक्षक/प्रशिक्षकको रोलमोडलपनबाट सिकाइ प्रभावकारी हुन्छ ।
सिक्ने समूह
सबै मानिसका लागि सिक्ने पहिलो पाठशाला घर हो । त्यसमा पनि जन्मदिने आमा र कर्म दिने बुबा सर्वाधिक ठूला शिक्षक मानिन्छन् । त्यसपछि मित्रहरूबाट निरन्तर सिकिन्छ । तर, हेक्का राख्नु...









