
कान्तिपुर सहकारीका सञ्चालकले बेचे हिमालयन बैंकको ७ लाख कित्ता संस्थापक सेयर
१३ कात्तिक, काठमाडौं । कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुले हिमालयन बैंकको संस्थापक सेयर एकासाथ बिक्री गर्ने भएका छन् । बैंकको ७ लाख २ हजार १६० कित्ता संस्थापक सेयर रामप्रसाद आचार्यले खरिद गरेका छन् ।विद्यमान संस्थापकहरु थप सेयर खरिदका लागि अनिच्छुक भएपछि अन्य व्यक्ति वा संस्थाले किन्न सक्ने व्यवस्था अनुरुप आचार्यले विभिन्न व्यक्तिका नाममा रहेको सो सेयर खरिद गरेका हुन् ।कान्तिपुर सहकारीका अध्यक्ष समेत रहेका हिमालय बिक्रम मल्ल ठकुरीको २ लाख ४४ हजार ७४३ कित्ता, सहकारीका सञ्चालकहरु जोगलाल लामाको २ लाख १४ हजार ९७६ कित्ता, प्रेमध्वज लामाको १ लाख ७५ हजार ५६१ र नारायणप्रसाद रिमालको ६६ हजार ८८० कित्ता संस्थापक सेयर आचार्यले लिएका हुन् ।कान्तिपुर सहकारीले पछिल्लो एक वर्षदेखि बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन । सहकारी विभागले पनि बचतकर्ताको रकम फिर्ता गर्न ताके...









