२०८१ बैशाख १४

विदेश / एन.आर.एन

४० हजार विद्यार्थीकी नेपाली प्रतिनिधि

४० हजार विद्यार्थीकी नेपाली प्रतिनिधि

देश, विदेश / एन.आर.एन, शिक्षा, समाचार
२६ वर्षीया मनस्वी अस्ट्रेलिया आएको एक वर्षमै म्याकवारी विश्वविद्यालयको बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भइन् । अस्ट्रेलियाको कुनै पनि विश्वविद्यालयको बोर्ड सदस्य हुने उनी सम्भवतः पहिलो नेपाली हुन् । अस्ट्रेलिया — पछिल्लो समयमा नेपाली विद्यार्थीका लागि सपनाको केन्द्र नै बनेको छ अस्ट्रेलिया । ठूलो सपना लिएर उच्चशिक्षाका लागि अस्ट्रेलिया पस्नु सामान्य नै हो । तर उक्त सपना समयमै साकार पार्नु भने उत्तिकै चुनौतीपूर्ण छ । त्यसमा पनि अन्तर्राष्ट्रिय विद्यार्थी बनेर आएको एक वर्ष नपुग्दै विश्वकै उत्कृष्टमध्येको विश्वविद्यालयको बोर्डमा हजारौं विद्यार्थीलाई प्रतिनिधित्व गर्नु त झनै चुनौतीपूर्ण छ । तर त्यसैको उदाहरण बनेकी छन्, २६ वर्षीया मनस्वी पौडेल । एक वर्षमात्र भयो मनस्वी अस्ट्रेलिया आइपुगेको । उनी यहाँ आएको करिब ८ महिनामै आफू अध्ययनरत विश्वविद्यालयको बोर्ड अफ डाइरेक्टरमा निर्वाचि...
साढे २ वर्षपछि ट्रम्प फर्किए एक्समा

साढे २ वर्षपछि ट्रम्प फर्किए एक्समा

विदेश / एन.आर.एन, समाचार
पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जाल एक्स (पहिला ट्विटर) मा फर्किएका छन्।   शुक्रबार जर्जियाको एटलान्टास्थित फुल्टोन काउन्टी जेलमा २० मिनेट बिताएका ट्रम्पले त्यसपछि एक्समा आफ्नो जेलमा राख्न खिचिएको तस्बिर (मग सट) पोस्ट गरेका छन्। सन् २०२१ जनवरी ८ पछि ट्रम्प पहिलो पटक उक्त सामाजिक सञ्जालमा आएका हुन्। २०२१ को जनवरी ६ मा ट्रम्पका समर्थकले राष्ट्रपति चुनावको औपचारिक परिणाम घोषणा रोक्नका लागि अमेरिकी संसद भवन क्यापिटल हिलमा आक्रमण गरेका थिए। उक्त हिंसामा ५ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए। ट्रम्पले उक्त हिंसा भड्काउन उकासेको भन्दै ट्विटरका तत्कालीन सिइओ ज्याक डोर्सीले उनलाई ट्विटर चलाउन प्रतिबन्ध लगाएका थिए। अर्का अमेरिकी धनाढ्य एलन मस्कले ट्विटर किनेपछि अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्न नहुने भन्दै ट्रम्पको प्रतिबन्ध हटाइदिएक...
माछा सुँघ्ने, खाने र माछाकै झोल पिउने अनौठो लत

माछा सुँघ्ने, खाने र माछाकै झोल पिउने अनौठो लत

विदेश / एन.आर.एन, समाचार
मानिसलाई चिया कफी, चुरोट, मदिरा आदिमा लत बसेको त थाहा भएकै कुरा हो । तर अमेरिकामा एकजना व्यक्तिलाई भने माछाको लत बसेको छ । उनलाई दिनहुँ टुना माछाको गन्ध सुँघ्नु पर्छ, हप्ताका कम्तिमा १५ डिब्बा माछा खानुपर्छ, माछाकै रस पिउनु पर्छ । अनि जतिबेला पनि माछा राखेको बट्टा सुँघ्नुपर्छ । अमेरिकाको कन्सासस्थित लरेन्समा बस्ने टाइलर नामक व्यक्तिले My Strange Addiction : Addicted नामक एक टेलिभिजन कार्यक्रममा आफ्नो अनौठो लतको बारेमा खुलासा गरेका हुन् । त्यसक्रममा उनले डिब्बामा बन्द गरेर बजारमा बेच्न राखिएका टुना माछाप्रति आफ्नो आशक्तिका बारेमा चर्चा गरे । द न्युयोर्क पोस्टका अनुसार टाइलरको माछाको लत यतिधेरै बढेको छ कि उनले माछालाई नै प्रफ्युमका रुपमा समेत प्रयोग गर्दछन् । आफूलाई हरेक दिन, हरेक समय, रातभर तथा कुनै पनि समयमा टुना माछाको गन्ध सुँघ्न मन लाग्ने उनी बताउँछन् । टाइलरकी आम...
Exhibition organised to mark 100 years of Nepal-UK Treaty of Friendship

Exhibition organised to mark 100 years of Nepal-UK Treaty of Friendship

देश, विदेश / एन.आर.एन
An exhibition and reception was organized at the British Library in London, UK on 25 April, 2023 to commemorate the 100 Year Anniversary of the Nepal –United Kingdom Treaty of Friendship.The event was jointly hosted by the Foreign, Commonwealth and Development Office of the United Kingdom and the Embassy of Nepal in London, in collaboration with the British Library, the Embassy of Nepal, London said in a press release. Historical documents, manuscripts, photographs, philatelic collection and other historical materials related to Nepal and Nepal-UK relations were put on display during the programme.Speaking on the occasion, Foreign Secretary Bharat Raj Paudyal highlighted the way the 1923 Friendship Treaty provided a foundation for the evolution of Nepal-UK relationship in the...
गैरआवासीय नेपाली सङ्घमा कार्यकारी अध्यक्षको कार्यभार हस्तान्तरण

गैरआवासीय नेपाली सङ्घमा कार्यकारी अध्यक्षको कार्यभार हस्तान्तरण

विदेश / एन.आर.एन
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा कार्यकारी अध्यक्षताको कार्यभार हस्तान्तरण गरिएको छ । एक वर्षअघि भएको सङ्घको १०औँ महाधिवेशनमा बहुपदीय पद्धतिबाट तीन अध्यक्ष चयन गरिएको थियो । महाधिवेशनमा भएको सहमतिअनुसार अध्यक्ष रविना थापाले शुक्रबार छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी अर्का अध्यक्ष डा बद्री केसीलाई कार्यभार हस्तान्तरण गर्नुभएको हो । यसअघि अर्का अध्यक्ष कुल आचार्यले छ महिना कार्यकारी अध्यक्षको कार्यभार पूरा गरी जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो । कार्यकारी अध्यक्ष डा केसीले छ महिना कार्यभार सम्हालेसँगै यस अवधिमा सङ्घको ११औँ महाधिवेशन पनि गर्नुपर्ने तालिका रहेको छ । समारोहमा अध्यक्ष केसीले आगामी छ महिनामा गर्ने कामबारे जानकारी गराउनुभएको थियो । यसैगरी अध्यक्ष थापाले विगत छ महिनामा भए गरेका कामबारे अवगत गराउनुभएको थियो भने अध्यक्ष अचार्यले सहमतिअनुसार आगामी १...
सन् २०२२ मा अरामको १६१ अर्ब अमेरिकी डलर नाफा आर्जन गर्न सफल

सन् २०२२ मा अरामको १६१ अर्ब अमेरिकी डलर नाफा आर्जन गर्न सफल

विदेश / एन.आर.एन
साउदी अरामकोले गत वर्ष १६१ अर्ब १० करोड अमेरिकी डलर बराबरको ‘कीर्तिमानी’ मुनाफा आर्जन गरेको आइतबार जनाएको छ । एप्पलपछि विश्वकै दोस्रो महत्वपूर्ण कम्पनी अरामकोले साउदी शेयर बजारलाई दिएको जानकारीअनुसार सन् २०२१ को ११० अर्ब अमेरिकी डलरको तुलनामा सन् २०२२ को खूद आम्दानी ४६ प्रतिशतले बढेको छ । सन् २०१९ मा अरामको सूचीबद्ध कम्पनी बनेपछिको सबैभन्दा बलियो नतिजा हो । “मुख्यतया कच्चा तेलको उच्च मूल्य र बिक्री भएको परिमाण र बलियो प्रशोधन नाफाको प्रभावका कारण भएको हो,” कम्पनीद्वारा सार्वजनिक प्रतिवेदनमा भनिएको छ । सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वव्यापी ऊर्जाको मूल्य बढेको थियो । एम्नेस्टी इन्टरनेसनलका महासचिव एग्नेस क्यालामार्डले एक विज्ञप्तिमा भन्नुभएको छ, “जीवाश्म इन्धनको बिक्रीबाट कम्पनीले एकै वर्षमा १६१ अर्ब अमेरिकी डलरभन्दा बढी नाफा कमाउनु आश्च...
बोलिभिया र निकारागुआका राष्ट्रपति भेनेजुएलामा

बोलिभिया र निकारागुआका राष्ट्रपति भेनेजुएलामा

विदेश / एन.आर.एन
भेनेजुएलाका पूर्व राष्ट्रपति ह्युगो चाभेजको निधनको १० औं स्मृति दिवसका अवसरमा आयोजित समारोहमा भाग लिन बोलिभियाका राष्ट्रपति लुइस आर्स र निकारागुआका राष्ट्रपति ड्यानियल ओर्टेगा आइतबार भेनेजुएला आइपुग्नु भएको छ । डाउनटाउन कराकसबाट करिब २१ किलोमिटर टाढा रहेको माइकेटिया अन्तरराष्ट्रिय विमानस्थलमा, आर्सेले पत्रकारहरूलाई दिएको जानकारी अनुसार चाभेजलाई श्रद्धाञ्जलि अर्पण गर्न कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी हुनुहुन्छ । उहाँले चाभेजको बारेमा बोल्दै भन्नुभयो,“महान मातृभूमि (ल्याटिन अमेरिकाको) चाभेजको विरासत मध्ये एक रहेको बताउदै उहाँले आफ्नो समयमा प्रस्ताव गरेका धेरै चीजहरू, जस्तै बैंक अफ द साउथ,”महत्त्वपूर्ण छन् । यसै बीच ओर्टेगाले थुप्रै ल्याटिन अमेरिकी देशहरू विरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएको एकतर्फी प्रतिबन्ध र नाकाबन्दीको निन्दा पनि गर्नु भएको छ । सन् २०१३ मार्च ५...
कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा

कतारकी राजकुमारी हिमाल चढ्न म्याग्दीमा

देश, विदेश / एन.आर.एन
कतारकी राजकुमारी आश्मा अल्थानी अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि आज म्याग्दी आउनुभएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित छ । इलाईट टे«किङ कम्पनीमार्फत उहाँ अन्नपूर्ण हिमाल आरोहण गर्न आउनुभएको हो । काठमाडौँबाट अल्थानीको आरोहण टोलीका सदस्य सिम्रिक एयरको हेलिकप्टरमार्फत अन्नपूर्ण –३ दानामा आउनुभएको छ । आठ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान बनाउनुभएका निर्मल पुर्जा (निम्स) अल्थानीको आरोहण टोलीको नेतृत्व गर्नुभएको छ । “हाम्रो आरोहरण टोलीको दुई जना सदस्य पोखराबाट सडक मार्ग भएर आउँदै हुनुहुन्छ । राजकुमारी र म दुई दिन मेरो जन्मथलो दानामा रहनेछौँ,” पुर्जाले भन्नुभयो “बन्दोबन्दीका सामग्रीहरु हेलिकप्टरमार्फत अन्नपूर्ण आधार शिविर पुगिसकेको छ । त्यहाँ पुगेका हाम्रा सहयोगीले तयारी थालिसकेका छन् ।” यही मार्च महिनामा अन...
Mass media has significant role in federalism implementation: Minister Modi

Mass media has significant role in federalism implementation: Minister Modi

विदेश / एन.आर.एन
Minister for Federal Affairs and General Administration Aman Lal Modi has said that the mass communication media has a pivotal role in implementation of federalism."Journalists played a big role in the political movement for restoration of democracy and loktantra. The role of mass media is equally important now also for the promotion of good governance and the implementation of federalism in the country," he said addressing the UK Journalism Honour and Award Programme of Federation of Nepalese Indigenous Journalists (FoNIJ) here today.Minister Modi suggested FoNIJ forged unity among the journalists for raising the issues of the indigenous communities. "We, the indigenous nationalities, are still lagging behind in running the state and in matters of learning. Our language and ...
युक्रेनबाट निःशर्त रुसी सेना फिर्ता गर्न राष्ट्रसङ्घको अनुरोध

युक्रेनबाट निःशर्त रुसी सेना फिर्ता गर्न राष्ट्रसङ्घको अनुरोध

विदेश / एन.आर.एन, समाचार
युक्रेनबाट आफ्ना सेना निःशर्त फिर्ता गर्न आह्वान गर्दै संयुक्त राष्ट्रसङ्घले समग्रतामा युक्रेनको न्यायपूर्ण र दिगो शान्तिका पक्षमा मतदान गरेको छ । राष्ट्रसङ्घीय महासभामा प्रस्तुत शान्ति प्रस्तावको पक्षमा एक सय ४१ देशले मतदान गरेर युक्रेनप्रतिको आफ्नो समर्थन जनाएका छन् । एक सय ९३ सदस्यीय संयुक्त राष्ट्रसङ्घमा युक्रेनको विपक्षमा रुस, बेलारुस, उत्तर कोरिया, सिरिया, माली, इरिट्रिया र मालीले मतदान गरेका छन् भने चीन र भारतसहित ३२ देश मतदानमा सहभागी भएनन् । युक्रेनलाई प्राप्त यो समर्थन बाध्यकारी भने होइन । गत अक्टोबरमा रुसले युक्रेनका चार क्षेत्रलाई गाभेको घोषणाको निन्दा गर्न भएको मतदानमा एक सय ४३ देशले भाग लिएका थिए । अर्थात् ती देश युक्रेनको पक्षमा उभिएका थिए । युरोपेली सङ्घका विदेश नीति प्रमुख जोसेप बोरेलले राष्ट्रसङ्घीय महासभाको मतपरिणामले अन्तर्राष्ट्रिय समुदाय युक्रेनको पक्...