२०८३ असार २४

+२ उत्तीर्ण विद्यार्थीहरूका लागि सुनौलो अवसर!




काठमाडौं । नेपालमा स्नातक तह अध्ययन गर्न चाहने आवश्यकतामा रहेका र योग्यता पुगेका विद्यार्थीहरूका लागि प्रोजेक्ट अवसर छात्रवृत्ति तथा फेलोसिप कार्यक्रमको घोषणा गरिएको छ।

यो प्रोजेक्ट क्रिएटिङ अपर्च्युनिटीज र वात्सल्य सदनको संयुक्त पहलमा तथा हन्ड्रेड ग्रुप र डिजिटल एभरेस्टको सहकार्यमा हुन गहिरहेको छ । आर्थिक रूपमा कमजोर तर जेहेन्दार विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ सो कार्यक्रम सुरु गरिएको आयोजकले जनाएका छन्। यस छात्रवृत्ति कार्यक्रम अन्तर्गत छनोट भएका ६० भन्दा बढी योग्य विद्यार्थीहरूले नेपालका प्रतिष्ठित कलेजहरूमा अध्ययन गर्न पाउने बताईएको छ । छात्रवृत्ति आवश्यकता र योग्यतामा आधारित रहेर प्रदान गरीने पनि बताईयएको छ



कुन कुन विषय अध्ययन गर्नेले आवेदन दिन सक्ने छन त ?

प्रोजेक्ट अवसरले स्नातक तहमा

बी.एस्सी. आइ. टी(BSc. IT),
बी.सी.ए. (BCA),
बी.एस्सी. सीएसआईटी (BSc. CSIT)
बी.एस्सी. सूक्ष्मजीव विज्ञान (Microbiology)
बी.एस्सी. भौतिकशास्त्र (Physics)
बी.एस्सी. वातावरण विज्ञान (Environmental Science)
बी.टेक. खाद्य प्रविधि (B.Tech Food Technology)
बी.बी.एम. (व्यवसाय व्यवस्थापन स्नातक) (BBM)
बी.एच.एम. (होटल व्यवस्थापन स्नातक) (BHM)
बी.बी.ए. (व्यवसाय प्रशासन स्नातक) (BBA)
बी.बी.एस. (व्यवस्थापन अध्ययन स्नातक) (BBS)
बी.एस.डब्लु. (सामाजिक कार्य स्नातक) (BSW)
अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई सहयोग गर्नेछ ।

यो अभियान केवल शुल्क सहयोगमा मात्र सीमित नभएर विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा केन्द्रित रहने पनि बताईएको छ, छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूलाई शैक्षिक सहयोगका साथै मेन्टरसिप, सीप विकास तालिम, फेलोसिप नेटवर्क र युवा नेतृत्व विकासका विभिन्न कार्यक्रमहरूमा सहभागी गराइनेछ ।
यो छात्रवृत्ति तथा फेलोसिपका लागि इच्छुक विद्यार्थीहरूले अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

आवेदन दिने अन्तिम मिति ३२ असार, २०८३ सम्म रहेको छ ।

यस लिंक मार्फत आवेदन दिन सकिने छ । : https://awasarform.creatingoppo.com/application/apply/

थप जानकारीका लागि सम्पर्क नम्बर ९८१८३७८६४२, ९८१४७४०७८५, ९८४४४४०९६४, ९८०११२७६७२

Copy link
Powered by Social Snap