
प्रशिक्षक र मैदानबिना पनि क्रिकेटमा अब्बल कञ्चनपुर
१३ मङ्सिर, महेन्द्रनगर (कञ्चनपुर) । राष्ट्रिय खेलकुद परिषद्बाट कहिल्यै क्रिकेट प्रशिक्षक नपाएको कञ्चनपुर राष्ट्रियस्तरमा भने यहाँका क्रिकेट खेलाडीले बनाएको छविले परिचित छ ।कञ्चनपुरमा क्रिकेटको खेल इतिहासमै पुराना र सिनियर राष्ट्रिय खेलाडीले स्वयंसेवक प्रशिक्षकका रुपमा काम गर्दै आएका भरमा प्रतिभावान् खेलाडी उत्पादन निरन्तर हुँदै आएको छ ।पछिल्लो समय कञ्चनपुर घर भएका राष्ट्रियस्तरका खेलाडीहरुले गरिरहेको उत्कृष्ट प्रदर्शनले गृहजिल्लामा क्रिकेटप्रतिको माहोल थप उत्साही छ ।जिल्ला खेलकुद समितिअन्तर्गत १७ विभिन्न खेलका प्रशिक्षक हाल कार्यरत रहे पनि क्रिकेटले भने यहाँ प्रशिक्षक देख्नसमेत पाएको छैन ।कञ्चनपुर क्रिकेट सङ्घका अध्यक्ष वीरेद्रबहादुर चन्दले पछिल्लो समय जिल्लाभर क्रिकेट खेलको गतिविधिले तीव्रता पाउँदै गएको बताए ।कीर्तिमानी खेलाडी दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा,...









