२०७९ मंसिर २४

SYM शुद्ध सकारात्मकता

चार हजारमा दुई साथीले सुरू गरेको ‘डिस’, महिनामा डेढ लाखको कारोबार

चार हजारमा दुई साथीले सुरू गरेको ‘डिस’, महिनामा डेढ लाखको कारोबार

SYM शुद्ध सकारात्मकता
फेसन डिजाइनका सहपाठी सुरज राई र आरोही बलामीले चार हजार रूपैयाँको कपडा किनेर एउटा टेलरमा ज्याकेट सिलाउन दिएको एक वर्ष मात्रै भयो। उनीहरूले आफूले डिजाइन गरेर सिलाउन दिएका थिए। चाहेजस्तो ज्याकेट तयार भएपछि थप कपडा दिएर जम्मा दस वटा ज्याकेट बनाए। फेसबुक र इन्स्टाग्राममा 'डिस' नामक पेज खोले। त्यहीँ ज्याकेटहरूको विज्ञापन गर्दै बिक्रीका लागि राखे। सोचेअनुसारै बिक्री भयो। सुरज र आरोही उत्साहित भए। अनि ज्याकेट उत्पादनमा नयाँ नेपाली ब्रान्ड 'डिस' थप्ने निधो गरे। 'डिसलाई छुट्टै ब्रान्डका रूपमा स्थापित गराइरहेका छौं। नाम चलेका अरू ब्रान्डसँग प्रतिस्पर्धा गर्न खोज्दैनौं,' सुरज भन्छन्, 'उत्पादन थालेको छोटो समयमै बजारमा माग बढेको छ।' डिसले खासगरी युवा ग्राहकको रोजाइअनुसार जाडो र गर्मीयाम दुवैका लागि उपयुक्त ज्याकेट उत्पादन गर्छ। विन्डप्रुफ (हावा नछिर्ने) ...
तीन पुस्तालाई धानिरहेको भुजिया कम्पनी

तीन पुस्तालाई धानिरहेको भुजिया कम्पनी

SYM शुद्ध सकारात्मकता
भारतीय राज्य राजस्थानको विकानेर सहर भुजियाको उद्गम थलो मानिन्छ। अहिले पनि नेपाल, भारतको भुजिया बजारमा बिकानेर, बिकाजी, हल्दिराम जस्ता भुजियाको जगजगी छ। विदेशी कम्पनीका धेरै उत्पादनले बजार कब्जा गरेकै बेला पनि विराटनगरको 'जोशी भुजिया' एउटा यस्तो स्थानीय उत्पादन बनेको छ, जसले ४६ वर्षदेखि आफूलाई बजारमा टिकाइरहेको छ। यसले आफूलाई टिकाएको मात्रै छैन, उत्पादक जोशी परिवारलाई कहिल्यै निराश पनि बनाएको छैन। बरू परिवारको चौथो पुस्ताका सदस्यसम्मलाई यो पुस्तैनी व्यापारले आकर्षित गरेको छ। २९ वर्षे प्रशान्त शर्मा जोशी यसैका उदाहरण हुन्। उनले बैंगलोरमा पढे। एमबिए सकिएपछि उनी कुनै स्थापित र ठूलो कम्पनीमा आफ्नो शैक्षिक योग्यताको व्यावहारिक परीक्षण गर्न चाहन्थे। विराटनगरमा रहेको आफ्नो पुस्तैनी व्यापारलाई करिअर बनाउने योजना बनाइसकेका उनलाई स्थापित कम्पनीहरूको बजार यो...
जसले जागिर छाडेर सुरू गरिन् ‘क्वं’

जसले जागिर छाडेर सुरू गरिन् ‘क्वं’

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
नेवार समुदायमा सानै उमेरमा छोरीको बेल विवाह (इही) गर्ने र गुफा राख्ने चलन छ। यो परम्पराबारे थाहा पाउँदा काठमाडौं, सामाखुसीकी आयुषा डंगोल सात वर्षकी थिइन्। त्यस बेला उनकी एक पारिवारिक साथी गुफा राखिएकी थिइन्। गुफा राख्नु अघि 'नौंनी' ले घरका सबै महिला सदस्यको खुट्टाको नङ काटेर अलः लगाइदिने चलन छ। आयुषाका अनुसार नौंनी भनेको नङ काटिदिने महिला हुन्। चलनअनुसार साथीलाई गुफा राख्ने कर्म सुरू भयो। आयुषा पनि त्यही जमातमा परिन्।  उनको पनि खुट्टामा अलः लाग्यो। अलः को रङ लगाएपछि खुट्टामा देखिएको चमकले आयुषालाई लोभ्यायो।  'अलः लगाएको मलाई निकै मनपर्‍यो। त्यसैले साथीकी आमासँग मागेर घर लगेँ,' आयुषाले भनिन्, 'घर लगेको अलः फेरिफेरि लगाएँ।'  अलः रातो रङको तरल पदार्थ हो जुन खुट्टाको नङ काटेर सफा गरेपछि लगाइन्छ। नैंचा आफैंले अलः ल्याउने चलन छ। गुफा राख्ने, विवाह कर...
के नाफा खोज्नु पाप हो?

के नाफा खोज्नु पाप हो?

SYM शुद्ध सकारात्मकता, विचार, विचार
दलहरूले एकपछि अर्को गर्दै सार्वजनिक गरेका चुनावी घोषणापत्रले विगतमा जस्तै उत्साह जगाउन सकेका छैनन्। चुनाव बेला गरिने यो कर्मकाण्डलाई मतदाताले वास्ता नगर्नुका केही खास कारण छन्। पहिलो कारण दलहरू घोषणापत्रप्रति इमानदार हुँदैनन् भन्ने नै हो। दोस्रो कारण हो, घोषणापत्र तयार गर्नेहरूको मानसिकता। उनीहरू जनतालाई दयाका पात्र भन्ठान्छन्, दु:खी-गरिब भन्ठान्छन् अनि आफूलाई त्यसबाट मुक्ति दिने मुक्तिदाताका रूपमा प्रस्तुत गर्छन्। सांसद चुनिएपछि समाजमा व्याप्त समस्यालाई विधायिकी सुव्यवस्थामार्फत् कसरी समाधान गर्ने भन्नुको सट्टा उनीहरू आफूलाई विकासे दूतका रूपमा प्रस्तुत गर्छन्। नियम-कानुन सरल, स्पष्ट र पारदर्शी बनाई जनताले भोग्दै आएका अप्ठ्यारा सजिलो बनाउनुपर्नेमा सडक, पुल, भवन बनाइदिन्छु भनी बाचा गर्ने सोच-शैलीको पृष्ठभूमि राज्यवादी अर्थ राजनीति नै हो। जनतामा भएको स...
अमेरिकाको मकै भुटेर शुभाकरले बनाएको नेपाली ब्रान्ड

अमेरिकाको मकै भुटेर शुभाकरले बनाएको नेपाली ब्रान्ड

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
काठमाडौंको सहरिया जीवनशैलीमा घुलमिल भएका धेरैले सुनेको नाम हो 'वाउ पपकर्न'। कतिपय त 'वाउ पपकर्न नै दिनु न' भनेर किन्छन् पनि। पपकर्न पारखीको मुखमा यो नाम झुन्डिनुको मुख्य कारण यो नेपाली कम्पनी हो। नेपालमा पपकर्न उत्पादन गरी बजारस्तरमा पुर्‍याउने पहिलो कम्पनी पनि यही हो। चार वर्षअघि दुइटा पसलबाट बिक्री थालेको वाउ पपकर्नका अहिले ८० भन्दा बढी पसल भइसकेका छन्। कम्पनीका सञ्चालक शुभाकर मानन्धरका अनुसार आगामी एक वर्षसम्ममा थप दुई सय वटा आउटलेट सञ्चालन गर्ने तयारी छ। 'लकडाउन नभएको भए त हामीले खोलिसक्थ्यौं, आगामी वर्षसम्ममा चाहिँ खोल्छौं,' उनले सेतोपाटीसँग भने। वाउ पपकर्नले हाल एक सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। अप्रत्यक्ष रूपमा झन्डै पाँच सय जनालाई रोजगारी दिएको शुभाकर बताउँछन्। 'यो संख्या धेरै त होइन तर एउटा आउटलेटको भरमा आफ्नो परिवार पाल्ने...
बेल्जियमको चकलेटमा नेपाली रक्सीको स्वाद!

बेल्जियमको चकलेटमा नेपाली रक्सीको स्वाद!

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
बोतलको रक्सी गिलासमा खन्याएर सुरुप्प चुस्की लिने त धेरैलाई थाहा छ। चकलेट खाएजसरी रक्सी खाने तरिका चाहिँ कतिलाई थाहा होला! आउनुहोस्, आज त्यही 'चकलेट रक्सी' को कुरा गरौं।  नेपाली उपभोक्तालाई चकलेट रक्सी अर्थात् 'लिक्वेर चकलेट' को स्वाद पस्किने उद्यमी हुन् ललितपुर, झम्सिखेलकी धारणा शाह र काठमाडौं, छाउनीका निकेश श्रेष्ठ। दुवै ३० वर्षमुनिका छन्।  उनीहरूलाई करिब ६ महिनाअघि चकलेट रक्सीको आइडिया फुरेको हो। त्यसको दुई महिनामै उनीहरूले 'चोको रक्सी' नाम राखेर चकलेट रक्सी तयार पारे।  हाल उनीहरू छाउनीमा राखेको कारखानाबाट चार वटा स्वादमा चोको रक्सी बनाउँछन्। नेपाली ब्रान्डका भोड्का, रम, ह्विस्की, र ब्रान्डी स्वादमा चोको रक्सी बनाएर बेच्दैछन्।  धारणाका अनुसार ग्राहकहरूले ह्विस्की र ब्रान्डी स्वादको चोको रक्सी धेरै रूचाएका छन्। केहीले विदेशी ...
सात थरी स्वाद पाइने ‘पानीपुरी बार’, मासिक डेढ लाखको कारोबार

सात थरी स्वाद पाइने ‘पानीपुरी बार’, मासिक डेढ लाखको कारोबार

SYM शुद्ध सकारात्मकता
पानीपुरी! सुन्ने बित्तिकै यसका पारखीको मुख नरसाई छाड्दैन। इम्ली, धनियाँ र खुर्सानीको अमिलो झोलकै सम्झनाले पारखीहरूको मुख रसाउँछ।  तर जहाँ पुगेर खाए पनि स्वाद उही! पारा उही! यो स्वादमा केही फरक भए हुन्थ्यो भन्ने लागेको छ भने अब विकल्प छ। काठमाडौंका पारखीहरू 'पानीपुरी बार' जान सक्छन्। यो पानीपुरी बार कपनमा छ। चाबहिलको गोपीकृष्ण हल हुँदै सरस्वतीनगर पुग्नुपर्छ। त्यहाँ सिटिजन्स बैंक रहेको भवनको भुइँतलामा सानो सटर छ। त्यहीँ हो! यहाँ सात किसिमको स्वादमा पानीपुरी खान पाइन्छ। आफूलाई मन पर्ने वा चाख्न मन लागेको स्वादको झोल आफ्नै हातले बटन थिचेर स्वचालित मेसिनबाट पानीपुरीमा भरेर खाए हुन्छ। बिक्रेताका अगाडि प्लेट बोकेर उभिनुपर्दैन।  यो बार चलाएका हुन् २७ वर्षीय दामोदर बस्यालले। उनका अनुसार बारमा धनियाँ, पुदिना, कागती, अदुवा, ताम...
जागिर छाडेर दिदीबहिनीले थालेको ‘कटन मिल’, बनाउँदै छन् तन्ना-सिरकको ब्रान्ड

जागिर छाडेर दिदीबहिनीले थालेको ‘कटन मिल’, बनाउँदै छन् तन्ना-सिरकको ब्रान्ड

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
तपाईंलाई कटन अर्थात् सुतीका गुणस्तरीय तन्ना, पर्दा, सिरानीका खोल, बेबी–बेडिङ इत्यादि चाहिएको छ? सिरक, ब्ल्यांकेट, खास्टो, कुसनको खोल, टेबल कभर, डाइनिङ टेबलमा राख्ने कभर पनि चाहिएको छ कि! छ भने तपाईंको आवश्यकता पूरा गर्छ ललितपुरको 'कटन मिल' ले। कटन मिलका सञ्चालक हुन् दिदीबहिनी प्रशन्ना बस्नेत र प्रियंका बस्नेत। उनीहरू बजारबाट सुतीको सेतो कपडा किन्छन् र त्यसमा बुट्टा छापेर विभिन्न डिजाइनका घरायसी कपडा तयार गर्छन्।  कटन मिलमा घरमा प्रयोग हुने प्रायः सबै किसिमका कपडा पाइन्छन्। गज्जब के छ भने सबै उत्पादन स्वदेशी हुन्। कटन मिलको कारखाना ललितपुरको थेंचोमा छ। बिक्रीका लागि ललितपुरकै सानेपा र काठमाडौंको रातोपुलमा शोरूम छन्। प्रशन्नाका अनुसार कटन मिलको उत्पादन राष्ट्रियसँगै अन्तर्राष्ट्रिय बजारले पनि रूचाएको छ।  'पाँच वर्षयता हाम्रो उत्पादनले स्वद...
भनेजस्तो ज्याकेट नपाएपछि दुई साथीले आफैं सुरू गरे ‘आरोहण’

भनेजस्तो ज्याकेट नपाएपछि दुई साथीले आफैं सुरू गरे ‘आरोहण’

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
झन्डै दुई वर्षअघिको कुरा हो। दुई साथी, रिजेश श्रेष्ठ र कृपा जोशी ज्याकेट किन्न ठमेल पुगे। उनीहरू मर्निङ वक, साइक्लिङ र हाइकिङ जाँदा लगाउन मिल्ने हलुका ज्याकेटको खोजीमा थिए। भनेजस्तो कपडा र रङको पाएनन्।  स्वदेशी उत्पादनलाई प्राथमिकता दिने रिजेशले त्यसअघि २०७५ कात्तिकतिर पनि ट्रेकिङका लागि विन्डप्रुफ (हावा नछिर्ने) र वाटरप्रुफ (पानी नछिर्ने) ज्याकेट खोजेका थिए। त्यस बेला उनी एक ट्रेकिङ एजेन्सीमा बजार प्रबन्धकका रूपमा काम गर्थे। त्यही वर्ष असोजतिर उनी विदेशीको टोली लिएर हेलम्बु ट्रेकिङ गए। 'त्यस बेला ट्रेकिङ जाँदा बजारमा उपलब्ध नेपाली ब्रान्डकै ज्याकेटलगायत लुगा लगेको थिएँ। लुगाहरू उपयुक्त लागेको थियो,' २८ वर्षीय रिजेश अहिले सम्झिन्छन्, 'तर फर्किने बेलामा ज्याकेटले त्यहाँको मौसम धान्नै सकेन। मसँगै गएका विदेशीहरूले लगाएको विदेशी ब्रान्डका लु...
टिमवर्कको सफल उदाहरणः प्रेमगीत-३

टिमवर्कको सफल उदाहरणः प्रेमगीत-३

SYM शुद्ध सकारात्मकता, नेपाली चलचित्र
कोरोना महामारी अन्त्यसँगै नेपाली चलचित्र क्षेत्रले गति लिन थालेको छ । यसैबीच नेपाली चलचित्र क्षेत्रको इतिहासमै पहिलो पटक विश्व बजारमा चलचित्र प्रेमगीत–३ ले निकै तरंग ल्याएको छ ।  प्रेमगीत–३ नेपाली भाषाबाहेक हिन्दी, उर्दु लगायत अंग्रेजी सबटाइटलमा ५० भन्दा बढी देशमा एकसाथ सिनेमा घरको सिस्टममा प्रदर्शन भयो । यो पंक्तिकार प्रेमगीत–३ को कार्यकारी निर्माताको नाताले भन्नैपर्ने हुन्छ कि यसको निर्माणमा निकै मेहनत परेको छ । संस्थापक निर्देशक छेतेन गुरुङ, सन्तोष सेनको क्याप्टेनसिप अनि स्पट ब्वाइदेखि डाइरेक्टरसम्म टिमको अथक मेहनत छ यसमा । काठमाडौंदेखि मनाङको माइनस २९ सम्मको तापक्रम अनि दुई वर्ष भारतको मुम्बईका गल्ली गल्लीका संघर्षको कथा निकै लामो छ ।  टिमवर्कको सफल उदाहरण नै अहिलेको प्रेमगीत–३ सफलताको श्रेय हो भन्ने मैले बुझेको छु । चलचित्र छायाँकनको लागी जब हामी १३०...