२०८३ असार ९

नेपाली ब्रान्ड

🥛 DDC Releases Funds to Dairy Farmers Amid Payment Pressure

🥛 DDC Releases Funds to Dairy Farmers Amid Payment Pressure

अर्थतन्त्र, आर्थिक, उद्यमशीलता, देश, नेपाली ब्रान्ड, लेख, स्वास्थ्य
Nepal’s dairy sector has received a small relief as the Dairy Development Corporation (DDC) continues clearing pending payments owed to farmers across the country. 🚜 Officials said millions of rupees have already been distributed in recent months as part of efforts to improve the financial condition of the state-owned dairy body. 📌 What’s Happening? According to authorities: DDC has gradually started paying long-overdue dues to dairy farmers. Payments are being released regularly after internal reform measures. Thousands of farmers are expected to benefit from the process. However, a large amount is still yet to be cleared. 💰 Payment Crisis Still Continues Despite recent payments, the dairy sector continues to face financial stress. Key Concerns: ...
तीन दिदीभाइको ‘त्रिकाया’, भन्छन्- अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा विस्तार गर्छौं

तीन दिदीभाइको ‘त्रिकाया’, भन्छन्- अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा विस्तार गर्छौं

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
नेपालमा उत्पादित लुगाले स्वदेशमा मात्र होइन, विदेशमा पनि राम्रो बजार पाउन थालेको छ। स्वदेशी उत्पादनलाई प्राथमिकता दिने र प्रोत्साहन गर्ने धेयले युवा व्यवसायीहरू नेपालमै विभिन्न परिहन बनाउने उद्यममा लागेका छन्। यस्तै उद्यमीको एक कम्पनी हो 'त्रिकाया निटवेयर'। ६ वर्षअघि बजार प्रवेश गरेको त्रिकायाले कस्मिरी पस्मिना, ऊन र कटनको पहिरन उत्पादन गर्छ। यहाँको विशेष पहिरन हातले बुनेको लुगा हो। त्रिकायाका सञ्चालक हुन् श्वेता तुलाधर, निकेश ताम्राकार र रोनेश तुलाधर। श्वेताका अनुसार बजार प्रतिस्पर्धात्मक भएकाले नेपालमा बनेको लुगाले नेपालमै बजार पाउन मुस्किल छ। धेरै मानिसमा नेपाली लुगा गुणस्तरीय हुँदैन भन्ने धारणा पाइन्छ। मानिसहरूको यही धारणा चिर्ने र बुनेको लुगा प्रवर्द्धन गर्ने उद्देश्यले त्रिकाया स्थापना गरेको उनले बताइन्। 'स्वदेशमा उत्पादित लुगाले पनि अन्तर्राष्ट्रिय बजारमा प...
धेरैको रोजाइमा पर्ने काठमाडौंका ७ केक शप

धेरैको रोजाइमा पर्ने काठमाडौंका ७ केक शप

नेपाली ब्रान्ड
काठमाडौं । जन्मदिनमा मात्र होइन, आजभोलि विवाह, एनिभर्सरी, बेबी सावरलगायत हरेक शुभकार्यमा केक काट्ने चलन छ । घरघरमा केक काट्ने संस्कृति फेसनकै रुपमा विकसित भइरहेको छ । बेकरी पसलहरूले अनलाइन अर्डर लिएर घरघरै केक डेलिभरी गर्न थालेपछि त यसको खपत झन् बढेर गएको छ । केकको लागि धेरै नयाँ नयाँ बेकरी शपहरु खुलेका छन् । यी धेरै बेकरी सपमध्ये केही लोकप्रिय बेकरी तथा केक सपलाई हामीले समेटेका छौं । कृष्ण पाउरोटी भण्डार केक तथा बेकरी उत्पादनका लागि धेरैको रोजाइमा पर्छ कृष्ण पाउरोटी भण्डार । जुन ७५ वर्षअघि कृष्णबहादुर राजकर्णिकारले काठमाडौं कमलपोखरीमा खोलेका थिए । अहिले सोही स्थानमा मुख्य पसल रहेको कृष्ण पाउरोटी भण्डारका उपत्यकामा खुमलटार, हात्तीवन र महालक्ष्मीमा पनि आउटलेट छन् । अहिले पनि जन्मदिन होस् वा अन्य विशेष अवसरमा कृष्ण पाउरोटीको केक रोज्ने धेरै छन् । यहाँ एक पाउन्ड केक...
ककनीको पानी हङकङ र मकाउ निर्यात

ककनीको पानी हङकङ र मकाउ निर्यात

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ । डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गर्नुभएको हो । गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति भएपछि कम्पनीले गत जेठदेखि निर्यात सुरु गरेको वेभ नेपाल प्रालिका सञ्चालक विकास खत्रीले बताउनुभयो । हङकङको नियमअनुसार पानीको मापदण्ड पूरा गरी हङकङको एसएल ट्रेडिङ कम्पनीमार्फत कम्पनीले पानी हङकङ निर्यात सुरु गरिएको उहाँले जानकारी दिनुभयो । “हाल हङकङमा पानीको औसतमा मूल्य प्रतिबोतल रु ९० देखि रु एक सय पर्छ । नेपालबाट निर्यात हुने तुलनात्मकरुपमा पानी सस्तो पर्ने भएकाले हङकङमा नेपाली कम्पनीले प्रतिस्पर्धा गर्नसक्ने विश्वास छ”, उहाँले भन्नुभयो । यद्यपि पानीको प्रोसेसिङदेखि निर्यातसम्मको खर्च जोडेपछि मात्रै पानीको बिक्री मूल्य कति राख्ने भन्ने न...
आन्तरिक र बाह्य पर्यटकको रोजाइमा ‘चन्द्रागिरि डाँडा’

आन्तरिक र बाह्य पर्यटकको रोजाइमा ‘चन्द्रागिरि डाँडा’

नेपाली ब्रान्ड
काठमाडौँ, १६ फागुन (रासस): नेपालको ऐतिहासिक एवं धार्मिक महत्व बोकेको ‘चन्द्रागिरि डाँडा’ पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बन्दै गएको छ । मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट दक्षिण–पश्चिम क्षेत्रमा अवस्थित रमणीयस्थल चन्द्रागिरि डाँडाबाट काठमाडौँ उपत्यकाका साथै धादिङ, नुवाकोट, मकवानपुरलगायतका स्थलको मनोरम दृश्य देखिने र यहाँ विकास भएको एकीकृत पर्यटकीय संरचनामा रमाउन पाउने भएपछि यो डाँडा स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख रोजाइ बनेको हो । स्वदेशी तथा विदेशी पर्यटकहरू चन्द्रागिरि डाँडाबाट देखिने हिमाल र काठमाडौँ उपत्यकाको मनोरम दृश्यमा रमाउन, आफ्नो दैनिकीबाट विश्राम लिई आराम गर्न, सभा–समारोह र बैठक आयोजना गर्न, विदेश तथा उपत्यका बाहिरबाट आएका पाहुनालाई भ्रमण गराउन त्यहाँ जाने गरेका छन् । साथै धार्मिक तथा ऐतिहासिक चासो राख्ने व्यक्तिहरू पनि दर्शन तथा अध्ययनका ल...
आठ वर्षमा ‘ब्ल्याक हर्स’ ले मारेको फड्को

आठ वर्षमा ‘ब्ल्याक हर्स’ ले मारेको फड्को

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
बाजेदेखि नातिसम्म, नाइन्टिन फाउन्टिनदेखि अहिलेसम्म— यो व्यावसायिक सन्देश हो नेपालमा उत्पादित 'ब्ल्याक हर्स सुज' को। सन्देशमा भनेजस्तो ब्ल्याक हर्स सुजको बजार इतिहास धेरै लामो चाहिँ छैन। कम्पनीले २०७१ साल भदौदेखि मात्रै आफ्नो उत्पादन औपचारिक रूपमा बजार पुर्‍याउन थालेको हो।  त्यसैले यो सन्देशको सारलाई अर्को तरिकाले व्याख्या गर्छन् कम्पनीका बजार व्यवस्थापक दिनेश श्रेष्ठ। 'बाजेदेखि नातिसम्म भन्नु व्यावसायिक कुरा हो। हाम्रा ग्राहकहरू हरेक पुस्ताको हुनुहुन्छ,' ब्ल्याक हर्सका बजार व्यवस्थापक समेत रहेका दिनेशले भने, 'छोटो समयमै हामीले राम्रो बजार पाएका छौं। बजार विस्तारको रणनीतिमा राम्रो नारा (सन्देश) प्रयोग गरेका हौं।' ब्ल्याक हर्सले हाल पाँच सयभन्दा बढी डिजाइनका जुत्ता बनाउँछ। महिला, पुरूष र केटाकेटी सबैका लागि पार्टीमा लगाउनेदेखि स्...
कमाउन विदेशै जानुपर्छ भन्ने सोच्थिन्, अहिले आफैं दिन्छिन् अरूलाई रोजगारी

कमाउन विदेशै जानुपर्छ भन्ने सोच्थिन्, अहिले आफैं दिन्छिन् अरूलाई रोजगारी

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
आठ वर्षअघिको कुरा हो। धनगढी उपमहानगरपालिका–९, बंग्राकटानकी शान्ति गिरी चिन्तित थिइन्। श्रीमान रामचन्द्रलाई विदेश जान कर गरिहन्थिन्। उनीहरू श्रीमानश्रीमती दुवै बेरोजगार थिए। भौतिक सम्पत्ति भए पनि नगद कमाइको बाटो थिएन। खेतीबाट जेनतेन परिवार पालिएको थियो। पैसा सधैं अभाव हुन्थ्यो। पैसा कमाउन विदेश जानुपर्छ भन्ने शान्तिको धारणा थियो। सोच्थिन्- हलो जोतेर उन्नति हुँदैन। उनका श्रीमान रामचन्द्र भने सहमत थिएनन्। सोच्थे- पैसा कमाउन विदेश गइरहनु पर्दैन। यही कुरामा उनीहरूको कहिलेकाहीँ ठाकठुक पनि पर्थ्यो। एक दिन रामचन्द्रले अठोटका साथ शान्तिलाई भने, 'तिमी ढुक्कले साथ देऊ, म आफ्नो ठाउँमा काम गरेर देखाउँछु, पैसा यहीँ हुन्छ।' उनी आफ्नो जमिनमा कृषि व्यवसाय गरेर स्वरोजगार बन्न चाहन्थे। उनीहरूसँग साढे एक बिघा जग्गा थियो। त्यसमध्ये १४ कट्ठामा उ...
जसले नेपाली ब्रान्डलाई पुर्‍याइन् ‘लन्डन फेसन वीक’ मा

जसले नेपाली ब्रान्डलाई पुर्‍याइन् ‘लन्डन फेसन वीक’ मा

उद्यमशीलता, नेपाली ब्रान्ड
गत सेप्टेम्बर १६ मा 'लन्डन फेसन वीक' मा थुप्रै फेसन ब्रान्डले आफ्ना डिजाइनदार लुगा पेस गरे। प्रतिष्ठित मानिने उक्त कार्यक्रममा संसारका कुनाकुनाबाट नाम चलेका फेसन डिजाइनरले आफ्ना नयाँ र मौलिक डिजाइन लुगाफाटा प्रस्तुत गर्ने अवसर पाउँछन्। औपचारिक रूपमा त्यो कार्यक्रममा नेपाली डिजाइनरले त्यो मौका पाएका थिएनन्। सेप्टेम्बर १६ मा भएको उक्त कार्यक्रममा भने अवसरको त्यो ढोका 'मिशुस' ब्रान्डका लागि खुल्यो। यो ब्रान्ड मिशु श्रेष्ठको हो। अन्तर्राष्ट्रिय बजारमा नेपाली डिजाइनरका कपडा कमै पुग्ने अवस्थामा मिशुस लन्डन फेसन वीकमा देखिँदा मिशुलाई गर्व अनुभव भएको छ। 'लन्डन फेसन वीकमा सहभागी हुने सपना थियो। तर यति छिट्टो हुन्छ भन्ने सोचेकै थिइनँ,'कुरा गर्दै मिशुले भनिन्, 'एकदमै खुसी लागेको छ। पहिलो पटक औपचारिक रूपमा सहभागी हुनु भनेकै गर्वको कुरा हो। मेरो लागि मात्र होइन देशकै लागि पनि गौर...
जसले बनाएको छालाको ज्याकेट राजा वीरेन्द्रले मन पराएका थिए

जसले बनाएको छालाको ज्याकेट राजा वीरेन्द्रले मन पराएका थिए

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
कुनै समय थियो, नेपालमा छालाको जुत्ता उत्पादन गर्न 'बाँसबारी छालाजुत्ता कारखाना' बाहेक अन्य उद्योग थिएनन्। बजारमा छालाको सामान भन्नु विदेशबाट आयातित मात्र हुन्थ्यो। छालाका उत्पादनमा विभिन्न प्रकारका झोला, ज्याकेट, पेटीलगायत सामग्री हुन्छन्। कपडाको तुलनामा छालाको उत्पादन महँगो पर्छ। त्यो बेला बाँसबारी कारखानाले भने जुत्ता मात्र उत्पादन गर्थ्यो। छालाको सामानका पारखीहरू आयातितमा भर पर्नु पर्थ्यो। २०३६ सालतिर भक्तपुरका वीरमणि बज्राचार्य काठमाडौंको न्युरोडमा साझेदारीमा 'ह्युमनफिट टेलर' नाममा टेलरिङ व्यवसाय चलाउँथे। छालाको ज्याकेट मर्मतको काम गर्थे। यो टेलर अहिले जमलमा छ। ह्युमनफिट सुरू गर्नुअघि वीरमणिले करिब एक दशक सर्टिङ–सुटिङमा सिलाइको काम गरेका थिए। ज्याकेट मर्मत काममा वीरमणिले आयातित सामानमा व्यापारीले एकाधिकार र चर्को मूल्य लिने गरेको भेउ पाए। 'नेपालमा छालाका वस...
जसले जागिर छाडेर सुरू गरिन् ‘क्वं’

जसले जागिर छाडेर सुरू गरिन् ‘क्वं’

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
नेवार समुदायमा सानै उमेरमा छोरीको बेल विवाह (इही) गर्ने र गुफा राख्ने चलन छ। यो परम्पराबारे थाहा पाउँदा काठमाडौं, सामाखुसीकी आयुषा डंगोल सात वर्षकी थिइन्। त्यस बेला उनकी एक पारिवारिक साथी गुफा राखिएकी थिइन्। गुफा राख्नु अघि 'नौंनी' ले घरका सबै महिला सदस्यको खुट्टाको नङ काटेर अलः लगाइदिने चलन छ। आयुषाका अनुसार नौंनी भनेको नङ काटिदिने महिला हुन्। चलनअनुसार साथीलाई गुफा राख्ने कर्म सुरू भयो। आयुषा पनि त्यही जमातमा परिन्।  उनको पनि खुट्टामा अलः लाग्यो। अलः को रङ लगाएपछि खुट्टामा देखिएको चमकले आयुषालाई लोभ्यायो।  'अलः लगाएको मलाई निकै मनपर्‍यो। त्यसैले साथीकी आमासँग मागेर घर लगेँ,' आयुषाले भनिन्, 'घर लगेको अलः फेरिफेरि लगाएँ।'  अलः रातो रङको तरल पदार्थ हो जुन खुट्टाको नङ काटेर सफा गरेपछि लगाइन्छ। नैंचा आफैंले अलः ल्याउने चलन छ। गुफा राख्ने, विवाह कर...