
आठ वर्षमा ‘ब्ल्याक हर्स’ ले मारेको फड्को
बाजेदेखि नातिसम्म, नाइन्टिन फाउन्टिनदेखि अहिलेसम्म— यो व्यावसायिक सन्देश हो नेपालमा उत्पादित 'ब्ल्याक हर्स सुज' को।
सन्देशमा भनेजस्तो ब्ल्याक हर्स सुजको बजार इतिहास धेरै लामो चाहिँ छैन। कम्पनीले २०७१ साल भदौदेखि मात्रै आफ्नो उत्पादन औपचारिक रूपमा बजार पुर्याउन थालेको हो।
त्यसैले यो सन्देशको सारलाई अर्को तरिकाले व्याख्या गर्छन् कम्पनीका बजार व्यवस्थापक दिनेश श्रेष्ठ।
'बाजेदेखि नातिसम्म भन्नु व्यावसायिक कुरा हो। हाम्रा ग्राहकहरू हरेक पुस्ताको हुनुहुन्छ,' ब्ल्याक हर्सका बजार व्यवस्थापक समेत रहेका दिनेशले भने, 'छोटो समयमै हामीले राम्रो बजार पाएका छौं। बजार विस्तारको रणनीतिमा राम्रो नारा (सन्देश) प्रयोग गरेका हौं।'
ब्ल्याक हर्सले हाल पाँच सयभन्दा बढी डिजाइनका जुत्ता बनाउँछ। महिला, पुरूष र केटाकेटी सबैका लागि पार्टीमा लगाउनेदेखि स्...