२०८१ बैशाख २२

SYM शुद्ध सकारात्मकता

जुम्लामा ५० करोडको स्याउ उत्पादन

जुम्लामा ५० करोडको स्याउ उत्पादन

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
कर्णाली । स्याउ सुपरजोन भनेर चिनिएको जुम्लाले यस वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाका आठै स्थानीय तहले ठूलो परिमाणमा स्याउ फलाएका छन् ।  धेरै किसानले स्याउ टिपेर पनि बिक्री गरी राम्रै आम्दानी लिइसकेका छन् । स्याउ व्यापारीको हतारोका कारण केही कृषकले स्याउ गुलियो, पोटिलो र परिपक्व नहुँदै टिपेर बिक्री गर्दा त्यसको परिमाणमा कमी आएको छ । यद्यपि, गएका वर्षभन्दा यसवर्ष स्याउ उत्पादनमा वृद्धि भएको कृषि विकास कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए ।   निमित्त कार्यालय प्रमुख अधिकारीका अनुसार चार हजार १२० हेक्टर क्षेत्रफलमा स्याउखेती हुँदा २९ हेक्टर क्षेत्रफलमा १८ हजार मेट्रिक टन स्याउ स्याउ फलेको अनुमान गरिएको छ । “त्यसमा ५० प्रतिशत परिमाण घटाउँदा नौ हजार मेट्रिकटन स्याउप्रति ...
फुल्की बेचेरै महिनाको दुई लाख

फुल्की बेचेरै महिनाको दुई लाख

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
पाल्पा भन्नेबित्तिकै धेरैको दिमागमा आउँछ रानी महल, करुवा वा ढाका। जिब्रो भने चुकौनी र फुल्की सम्झेर पनि रसाउन सक्छ। पाल्पालगायत पश्चिमी ठाउँमा विशेषगरी ठेलामा पाइने फुल्कीको मौलिक स्वाद अचेल शंखमुल र मैतीदेवीको 'फुल्की स्टेसन'मा पाइन्छ। काठमाडौंमा फुल्की लोकप्रिय बनाउने प्रयास गरिरहेका छन् तीन बाल्यकालीन साथी- राजिव थापा क्षेत्री, प्रविन कुमार श्रेष्ठ र मिलन ज्ञवाली। फुल्कीलाई धेरैले पानीपुरी ठान्छन्। यस्तै देखिन्छ पनि। तर फुल्कीको आफ्नै स्वाद र बनाउने तरिका छ। यसमा अमिलो-चिसो पानी हालिँदैन। केराउको तातो तरकारी हालिन्छ र स्वादअनुसार अमिलो-पिरो झोल थपेर खाइन्छ। 'त्यसैले यसलाई धेरैले तातो पानीपुरी पनि भन्छन्,' सञ्चालक राजिवले भने, 'तर साधारण पानीपुरीको पुरीमा फुल्की बन्दैन। तातो मटरले गलाउँछ। त्यसैले फुल्कीका लागि आँटा र सुजीको पुरी बनाउनुपर्छ।'  पुरी पुक्...
आज करोडौं पारिश्रमिक लिने कलाकारले पहिलो फिल्मबाट कति पाए ? : SYM Pure Positivity

आज करोडौं पारिश्रमिक लिने कलाकारले पहिलो फिल्मबाट कति पाए ? : SYM Pure Positivity

SYM शुद्ध सकारात्मकता
कलिउड क्षेत्रमा मात्र हैन, बलिउड क्षेत्रमा पनि कलाकारको बढी पारिश्रमिकले कहिलेकाहीँ चर्चा पाउने गर्छ। तर पछिल्लो समय बढी पारिश्रमिक लिनु सामान्य हुन थालिसकेको छ। बलिउडमा जति धेरै चलचित्रहरू बने पनि अधिकांश सफल हुन्छन्। चलचित्र हिट भएअनुसार कलाकारहरूले आफ्नो पारिश्रमिक बढाउँदै लगेका छन्। अभिनेता फिल्म खेलेबापत् कति पारिश्रमिक लिन्छन्? फ्यानहरूलाई त्यतिकै चासो हुन्छ। चासो हुनु पनि स्वाभाविक हो। बलिउड अभिनेताका फ्यान नेपालमा पनि उत्तिकै छन्। हालैको एक अन्तर्वार्तामा आलिया भट्टले आफ्नो पहिलो फिल्मका लागि १५ लाख भारू पाएको बताइन्। १९ वर्षको उमेरमा आलियाले फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट आफ्नो करियर सुरू गरेकी थिइन् । खर्च गर्नुको सट्टा उनले आफ्नो पहिलो कमाई आमालाई दिएको बताएकी थिइन्। आलियाजस्तै आज बलिउडमा यस्ता धेरै कलाकार छन् जसले फिल्मका लागि करोडौं श...
स्मार्ट युगकी स्मार्ट लेडी- मेरी सासूआमा! : अनिता कोइराला

स्मार्ट युगकी स्मार्ट लेडी- मेरी सासूआमा! : अनिता कोइराला

SYM शुद्ध सकारात्मकता, विचार, विचार
रमेश प्रसाईं छ नि बाबु ::: राम्रो बोल्छ नि! आँखा टालिएको मान्छे क्या, अब तिनले आँखा देख्न सक्छ रे, अपरेसन हुँदै छ रे।’असी वर्ष पुग्न लाग्नु भएको ससुरा बाले खबर भान्सासम्म आएर सुनाउँदै हुनुहुन्थ्यो। ‘कसले भन्यो बाबा हजुरलाई’ हाँस्दै छोराले सोध्नुभयो। म पनि कान ठाडा पार्दै बाउ छोराको वार्तालाप सुन्दै थिएँ। ‘युट्युबमा भनेको रे, आमालाई सबै सम्चार थाहा हुन्छ नि, जतिखेर पनि युट्युब हेर्छे। बाबु, खोरियाको सञ्जयलाई चिन्छस्?’‘किन नचिन्नु, पिच्कुको कान्छो छोरो होइन?’  ‘हो! ठ्याक्कै चिनिस्। तँभन्दा निकै कान्छो हो। आज साउदीबाट भिडिओ कल गरेको थियो। गाउँमा पक्की घर बनायो रे, चार कठ्ठा घडारी पनि जोडेको छ रे, हाम्रो रुप्नी खेत नजिकै।’ ससुरा बाको मुहारमा प्रसन्नता छताछुल्ल देखिन्थ्यो। बहत्तर वर्षीय सासू र असी वर्ष पुग्न लाग्नु भएको ससुरा बा काठमाडौंको घरभित्र एउटा सान...
सजिलो सेवाले ल्यायो नयाँ ‘सजिलो सेवा एप’

सजिलो सेवाले ल्यायो नयाँ ‘सजिलो सेवा एप’

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
सजिलो सेवा टिमले नयाँ 'सजिलो सेवा एप' ल्याएको छ। कम्पनीले स्थापनाको पाँच वर्ष मनाएको केही समयमै प्रविधिमैत्री नवीनतालाई जारी राख्दै आइओएस एन्ड्रोइडलाई हुने गरी नयाँ सजिलो सेवा एप लिएर आएको छ।  कम्पनीले अब यस एपमार्फत आफ्नो सेवाको दायरालाई अझ फराकिलो बनाउँदै होम रिपेयर, होम सैलुन, इभेन्ट म्यानेजमेन्ट, मेडिकल टेस्ट एट होम, गार्डेनिङ, ड्राइभर, क्लिनिङ तथा पेस्ट कन्ट्रोल लगायत ५० भन्दा बढी सेवाहरू प्रदान गर्ने बताएको छ। यस एपमा सहजै सेवा बुकिङ गर्न सकिने, सेवाहरूको मूल्य पारदर्शी रूपले एपमा देख्न सकिने, सेवा बुकिङ गर्नु अगावै आफूलाई चाहिएको सेवाको इस्टिमेट सहजै तुरुन्त प्राप्त गर्न सकिने, आफ्नो अर्डरको स्थिति लाइभ अपडेट लिन मिल्ने, ३० दिनको सर्भिस वारेन्टी लगायतका विशेषता रहेका छन्।  कम्पनीले भदौ १७ गतेदेखि कात्तिक ७ गतेसम्म ग्राहकहरूका लागि अफर पन...
जसले सम्हालिरहेका छन् पाँचतारे होटल ‘अलफ्ट’ को भान्सा

जसले सम्हालिरहेका छन् पाँचतारे होटल ‘अलफ्ट’ को भान्सा

SYM शुद्ध सकारात्मकता
सेफ राजीव श्रेष्ठको दिनको सुरूआत र अन्त्य भान्साबाटै हुन्छ। बिहान सबेरै होटल पुग्छन्, बेलुका ग्राहकलाई खाना खुवाएर मात्र घर फर्किन्छन्। रेस्टुरेन्टको मेनुअनुसार सामान जोहो गर्नेदेखि परिकार तयार गरेर ग्राहकको टेबलसम्म पुर्‍याउने जिम्मा राजीवकै छ। भान्सा र अरू सेफ/कुकहरूको व्यवस्थापन पनि उनै गर्छन्। आफैं पनि बिहानको नास्तादेखि बेलुकाको खानासम्म होटलमै खान्छन्। उनी काठमाडौंको होटल 'अलफ्ट' का एक्जुकेटिभ सेफ हुन्। 'होटलको भान्से जीवन बिताउँदा निकै आनन्द महसुस भएको छ,' बीस वर्ष यही काम गरेका राजीव अनुभव सुनाउँदै भन्छन्, 'तर यो बीचमा मैले सामाजिक जीवन धेरै मिस गरेँ।' होटलमा काम सुरू गरेदेखि उनी परिवार, आफन्त र साथीभाइसँग धेरै छुटे। बिहे, ब्रतबन्ध जस्ता शुभकार्य वा कुनै उत्सवमा जान पाएनन्। 'यस्ता समारोहमा उपस्थित हुने भनेको त आफू काम गरिरहेको होटलमा मात्र हो,...
काठमाडौंमा सुविधायुक्त कोठा-फ्ल्याट कसरी खोज्ने ?

काठमाडौंमा सुविधायुक्त कोठा-फ्ल्याट कसरी खोज्ने ?

SYM शुद्ध सकारात्मकता
काठमाडौं । काठमाडौंमा ‘भनेजस्तो’ कोठा, फ्ल्याट वा घर भाडामा पाउन कति कठिन छ ? आम डेराबासी यसका भुक्तभोगी हुन् । आफूलाई पायक पर्ने, राम्रो वातावरण भएको, व्यवस्थित, पर्याप्त पानी, पार्किङको सुविधा भएको र सहनशील घरबेटी पाउनु ‘बम्पर उपहार’ पाउनु बराबर हो । खोजेजस्तो वा रोजेजस्तो कोठा-फ्ल्याट पाउँदै नपाउने होइन, तर चर्को भाडाले डेरावाललाई तर्साउने गर्छ । एकातिर डेरावालको आवश्यकता अर्कोतिर डेरा खोज्नुको सास्ती । यस्तै परिबन्धलाई बुझेर सहरमा ‘डेरा-फ्ल्याट खोजिदिनेहरु’ छ्यापछ्याप्ती भेटिन्छन् । डेरा-फ्ल्याट खोजिदिने कम्पनीदेखि अनलाइन प्लेटफर्मसम्म यसमा सक्रिय छन् । तर यी प्लेटफर्ममार्फत कोठा खोज्नु कति भरपर्दो, विश्वसनीय र प्रभावकारी हुन्छ ? डेरा खोज्ने अनलाइन प्लेटफर्म ‘हाम्रो बजार डटकम’, ‘फेसबुक मार्केटप्लेस’ ‘कोठा डटकम’, ‘घरबेटी डटकम’ जस्ता अनलाइन प्लेटफर्मसहित ‘र...
अस्ट्रेलियाबाट बिदामा आएकी थिइन्, लकडाउनमा सुरू गरिन् गहना व्यवसाय

अस्ट्रेलियाबाट बिदामा आएकी थिइन्, लकडाउनमा सुरू गरिन् गहना व्यवसाय

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
सुप्रिमा महर्जन २०७६ साल फागुन अन्तिमतिर आफ्ना हजुरबुवाको जंकुका लागि नेपाल फर्किइन्। जम्मा चार साता बिदा मिलाएर आएकी थिइन्। लगत्तै कोरोना महामारी फैलियो र लकडाउन भयो। त्यो बेलादेखि सुप्रिमा अस्ट्रेलिया फर्केकी छैनन्। भिसा बाँकी रहे पनि उनको एक वर्षभन्दा बढी समय नेपालमै बितिसक्यो। उनले यो समय यसै खेर जान भने दिएकी छैनन्। यतिबेला उनी अनलाइनमार्फत गहना व्यवसाय गरिरहेकी छन्। 'स्थायी रूपमा नेपाल बस्ने सोचमा फर्केकी थिइनँ। तर महामारीका कारण यतै अड्किएँ,' २९ वर्षीया सुप्रिमा भन्छिन्, 'लकडाउनमा दिन कटाउनै मुश्किल हुन्थ्यो। त्यसैले आफ्नो रूचिको काम गर्न थालेँ।'  सुप्रिमालाई गरगहना मन पर्छन्। हातमा ब्रासलेट र औंठी, घाँटीमा विभिन्न डिजाइनका सिक्री, हार र कानमा झुम्का कहिल्यै खाली हुँदैन। बुवाको हस्तकला गहनासम्बन्धी व्यवसाय भएका...
सासू बुहारीको ‘टिकल-पिकल’

सासू बुहारीको ‘टिकल-पिकल’

SYM शुद्ध सकारात्मकता
अन्जु शर्माको सोख हो अचार बनाउनु। खानुभन्दा पनि बनाएर अरूलाई बाँड्न पाउँदा झनै रमाउँछिन्। उनको अचारप्रतिको लगाव चालीस वर्ष अगाडिदेखि हो। टन्न अचार बट्टाभरि हालेर साथीभाइलाई दिन्थिन्। पछिल्ला वर्ष सामाजिक सञ्जालमा जोडिँदै गएपछि आफूले बनाएका अचारको फोटो फेसबुकमा राख्न थालिन्। हेर्दै मुखमा पानी आउने अचारका फोटो देखेर धेरैले अन्जुको तारिफ गर्थे। अझ कतिले उनलाई अचार बेच्न सुझावै दिए। उनलाई अचार बनाएर बेच्नै फुर्सद त कहाँ थियो र! अन्जु करिब आठ वर्षदेखि लैन्चोरस्थित सिवेक अस्पतालमा कार्यकारी निर्देशकका रूपमा काम गरिरहेकी छन्। उनको दिन अस्पतालमै बित्छ।  तर एकदिन डल्ले खुर्सानी अचारले उनलाई ऊर्जा दियो। डल्लेको अचारलाई 'बिजुली' नाम दिएर उनले फेसबुकमा फोटो राखिन्। 'ए बिजुलीको तार तार तार...' लेख्दै रमाइलो क्याप्सन पनि ...
मस्यौरा बेचेरै वार्षिक ५० लाखको कारोबार गर्ने दम्पती

मस्यौरा बेचेरै वार्षिक ५० लाखको कारोबार गर्ने दम्पती

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
हामीमध्ये धेरैले घरगाउँमा हुँदा मस्यौरा खायौं वा बनायौं होला। हातैले बनाएका विभिन्न स्वादका मस्यौराको तलतल काठमाडौंमा बस्नेहरूलाई कहिलेकाहीँ लाग्दो हो। तर भनेका बेलामा खान पाउने कसरी? कतिलाई बनाउनै नआउला, कतिलाई आए पनि बनाउने सामान र फुर्सद नहोला। बजारमा किन्न पाए पनि भनेजस्तो स्वादको मस्यौरा पाउन मुस्किल छ। पाइहाले पनि खुला बिक्री हुनाले स्वच्छ नहुने डर हुन्छ। यस्तै कारणले कतिले मस्यौराको मौलिक स्वाद पनि बिर्सिसक्यौं होला। उपभोक्ताको यही समस्या समाधान गर्न लागि परेको छ 'तारो मस्यौरा उद्योग'। पाँच वर्षदेखि यसले मौलिक स्वादको मस्यौरा प्याकिङ गरी बजारमा पुर्‍याइरहेको छ। हातले होइन, मेसिनबाट बनेको मस्यौरा। यो उद्योगका सञ्चालक हुन् विष्णु गजुरेल र शारदा रेग्मी। उनीहरू श्रीमान-श्रीमती हुन्।  काठमा...