काठमाडौं उपत्यकामा थप १५ दिनको निषेधाज्ञा जारी गर्ने सिडिओहरूको तयारी
काठमाडौं उपत्यकामा थप दुई हप्ता निषेधाज्ञाको समय लम्बिने भएको छ।
जिल्ला समन्वय समिति, स्थानीय निकाय, स्वास्थ्य संस्थाका प्रमुखलगायतको जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रले उपत्यकामा थप पन्ध्र दिन निषेधाज्ञा जारी गर्नुपर्ने निष्कर्ष निकालेको हो।
यो निष्कर्षको आधारमा काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू मंगलबार छलफलमा बस्नेछन्।
Advertisement
‘सो छलफलबाट हामी निषेधाज्ञाको समय तोकेर आदेश जारी गर्छौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने, ‘कम्तीमा पन्ध्र दिन निषेधाज्ञा जारी गर्नुपर्ने डिसिसिएमसीको निष्कर्ष छ।’
कोरोना महामारीको दोस्रो चरण न्यून नभएसम्म काठमाडौंमा हालकै आदेशको निरन्तरता हुनुपर्ने डिसिएमसीको निष्कर्ष रहेको पराजुलीले बताए। डिसिसिएमसीको बैठक आइतबार बसेको थियो।
सोमबार पनि ...







