२०८० चैत्र १६

सजिलो सेवाले ल्यायो नयाँ ‘सजिलो सेवा एप’




सजिलो सेवा टिमले नयाँ ‘सजिलो सेवा एप’ ल्याएको छ।

कम्पनीले स्थापनाको पाँच वर्ष मनाएको केही समयमै प्रविधिमैत्री नवीनतालाई जारी राख्दै आइओएस एन्ड्रोइडलाई हुने गरी नयाँ सजिलो सेवा एप लिएर आएको छ। 

कम्पनीले अब यस एपमार्फत आफ्नो सेवाको दायरालाई अझ फराकिलो बनाउँदै होम रिपेयर, होम सैलुन, इभेन्ट म्यानेजमेन्ट, मेडिकल टेस्ट एट होम, गार्डेनिङ, ड्राइभर, क्लिनिङ तथा पेस्ट कन्ट्रोल लगायत ५० भन्दा बढी सेवाहरू प्रदान गर्ने बताएको छ।



Advertisement



यस एपमा सहजै सेवा बुकिङ गर्न सकिने, सेवाहरूको मूल्य पारदर्शी रूपले एपमा देख्न सकिने, सेवा बुकिङ गर्नु अगावै आफूलाई चाहिएको सेवाको इस्टिमेट सहजै तुरुन्त प्राप्त गर्न सकिने, आफ्नो अर्डरको स्थिति लाइभ अपडेट लिन मिल्ने, ३० दिनको सर्भिस वारेन्टी लगायतका विशेषता रहेका छन्। 

कम्पनीले भदौ १७ गतेदेखि कात्तिक ७ गतेसम्म ग्राहकहरूका लागि अफर पनि ल्याएको छ।

यस अफर अन्तर्गत एप डाउनलोड तथा साइन अप गरेका एक जना भाग्यशाली विजेताले आइफोन जित्न सक्नेछन्। 

त्यस्तै प्रोमोकोड र सजिलो एप प्रयोग गरेर पअिलो अर्डरमा ५० प्रतिशत छुटका साथै एनआइसी एशिया कार्ड, क्युआर, ई–सेवा र खल्तीबाट भुक्तानी गर्दा ३०० रुपैयाँसम्म क्यासव्याक पाउने कम्पनीले बताएको छ। 

ग्राहकहररूको लागि मात्र नभई कम्पनीले सेवा प्रदायकहरुका लागि पनि ‘सजिलो एक्सपर्ट’ एप ल्याएको छ। 



जसले गर्दा सेवा प्रदायकहरुले छिटो र गुणस्तरीय सेवा प्रदान गर्न सक्ने बताइएको छ।

‘सजिलो एक्सपर्ट’ एप मार्फत कम्पनीले दक्ष जनशक्ति पहिचान गरी उनीहरूलाई प्रयाप्त रोजगारीको अवसर सृजना गर्ने लक्ष्य कम्पनीले लिएको छ।

सजिलो सेवा टिमको लक्ष्य नेपाली बजारमा दक्ष जनशक्तिको विकास गर्ने पनि रहेकोले सजिलो सेवाले आफ्नो क्षमता बढाउन चाहानेहरूका लागि छिटै आफ्नो ट्रेनिङ सेन्टर स्थापना गर्नेछ। 

जसले गर्दा स्वदेशमै पर्याप्त दक्ष जनशक्ति उत्पादन गरेर सो जनशक्तिलाई स्वदेशमै पर्याप्त आम्दानी गर्ने अवसर प्रदान गरेर वैदेशिक रोजगारीको बाध्यताबाट मुक्त गर्ने लक्ष्य कम्पनीको छ। 

सजिलो सेवाले आगामी पाँच वर्षभित्र पाँच हजारभन्दा बढी जनशक्तिलाई रोजगारीको अवसर प्रदान बताएको छ। 

यस एपलाई प्ले स्टोरएप स्टोरवेब साइट,फेसबुक,इन्स्टाग्राम मा पाउन सकिन्छ।

Copy link
Powered by Social Snap