२०८३ बैशाख २५

SYM शुद्ध सकारात्मकता

अमेरिकाको मकै भुटेर शुभाकरले बनाएको नेपाली ब्रान्ड

अमेरिकाको मकै भुटेर शुभाकरले बनाएको नेपाली ब्रान्ड

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
काठमाडौंको सहरिया जीवनशैलीमा घुलमिल भएका धेरैले सुनेको नाम हो 'वाउ पपकर्न'। कतिपय त 'वाउ पपकर्न नै दिनु न' भनेर किन्छन् पनि। पपकर्न पारखीको मुखमा यो नाम झुन्डिनुको मुख्य कारण यो नेपाली कम्पनी हो। नेपालमा पपकर्न उत्पादन गरी बजारस्तरमा पुर्‍याउने पहिलो कम्पनी पनि यही हो। चार वर्षअघि दुइटा पसलबाट बिक्री थालेको वाउ पपकर्नका अहिले ८० भन्दा बढी पसल भइसकेका छन्। कम्पनीका सञ्चालक शुभाकर मानन्धरका अनुसार आगामी एक वर्षसम्ममा थप दुई सय वटा आउटलेट सञ्चालन गर्ने तयारी छ। 'लकडाउन नभएको भए त हामीले खोलिसक्थ्यौं, आगामी वर्षसम्ममा चाहिँ खोल्छौं,' उनले सेतोपाटीसँग भने। वाउ पपकर्नले हाल एक सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। अप्रत्यक्ष रूपमा झन्डै पाँच सय जनालाई रोजगारी दिएको शुभाकर बताउँछन्। 'यो संख्या धेरै त होइन तर एउटा आउटलेटको भरमा आफ्नो परिवार पाल्ने...
बेल्जियमको चकलेटमा नेपाली रक्सीको स्वाद!

बेल्जियमको चकलेटमा नेपाली रक्सीको स्वाद!

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
बोतलको रक्सी गिलासमा खन्याएर सुरुप्प चुस्की लिने त धेरैलाई थाहा छ। चकलेट खाएजसरी रक्सी खाने तरिका चाहिँ कतिलाई थाहा होला! आउनुहोस्, आज त्यही 'चकलेट रक्सी' को कुरा गरौं।  नेपाली उपभोक्तालाई चकलेट रक्सी अर्थात् 'लिक्वेर चकलेट' को स्वाद पस्किने उद्यमी हुन् ललितपुर, झम्सिखेलकी धारणा शाह र काठमाडौं, छाउनीका निकेश श्रेष्ठ। दुवै ३० वर्षमुनिका छन्।  उनीहरूलाई करिब ६ महिनाअघि चकलेट रक्सीको आइडिया फुरेको हो। त्यसको दुई महिनामै उनीहरूले 'चोको रक्सी' नाम राखेर चकलेट रक्सी तयार पारे।  हाल उनीहरू छाउनीमा राखेको कारखानाबाट चार वटा स्वादमा चोको रक्सी बनाउँछन्। नेपाली ब्रान्डका भोड्का, रम, ह्विस्की, र ब्रान्डी स्वादमा चोको रक्सी बनाएर बेच्दैछन्।  धारणाका अनुसार ग्राहकहरूले ह्विस्की र ब्रान्डी स्वादको चोको रक्सी धेरै रूचाएका छन्। केहीले विदेशी ...
सात थरी स्वाद पाइने ‘पानीपुरी बार’, मासिक डेढ लाखको कारोबार

सात थरी स्वाद पाइने ‘पानीपुरी बार’, मासिक डेढ लाखको कारोबार

SYM शुद्ध सकारात्मकता
पानीपुरी! सुन्ने बित्तिकै यसका पारखीको मुख नरसाई छाड्दैन। इम्ली, धनियाँ र खुर्सानीको अमिलो झोलकै सम्झनाले पारखीहरूको मुख रसाउँछ।  तर जहाँ पुगेर खाए पनि स्वाद उही! पारा उही! यो स्वादमा केही फरक भए हुन्थ्यो भन्ने लागेको छ भने अब विकल्प छ। काठमाडौंका पारखीहरू 'पानीपुरी बार' जान सक्छन्। यो पानीपुरी बार कपनमा छ। चाबहिलको गोपीकृष्ण हल हुँदै सरस्वतीनगर पुग्नुपर्छ। त्यहाँ सिटिजन्स बैंक रहेको भवनको भुइँतलामा सानो सटर छ। त्यहीँ हो! यहाँ सात किसिमको स्वादमा पानीपुरी खान पाइन्छ। आफूलाई मन पर्ने वा चाख्न मन लागेको स्वादको झोल आफ्नै हातले बटन थिचेर स्वचालित मेसिनबाट पानीपुरीमा भरेर खाए हुन्छ। बिक्रेताका अगाडि प्लेट बोकेर उभिनुपर्दैन।  यो बार चलाएका हुन् २७ वर्षीय दामोदर बस्यालले। उनका अनुसार बारमा धनियाँ, पुदिना, कागती, अदुवा, ताम...
जागिर छाडेर दिदीबहिनीले थालेको ‘कटन मिल’, बनाउँदै छन् तन्ना-सिरकको ब्रान्ड

जागिर छाडेर दिदीबहिनीले थालेको ‘कटन मिल’, बनाउँदै छन् तन्ना-सिरकको ब्रान्ड

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
तपाईंलाई कटन अर्थात् सुतीका गुणस्तरीय तन्ना, पर्दा, सिरानीका खोल, बेबी–बेडिङ इत्यादि चाहिएको छ? सिरक, ब्ल्यांकेट, खास्टो, कुसनको खोल, टेबल कभर, डाइनिङ टेबलमा राख्ने कभर पनि चाहिएको छ कि! छ भने तपाईंको आवश्यकता पूरा गर्छ ललितपुरको 'कटन मिल' ले। कटन मिलका सञ्चालक हुन् दिदीबहिनी प्रशन्ना बस्नेत र प्रियंका बस्नेत। उनीहरू बजारबाट सुतीको सेतो कपडा किन्छन् र त्यसमा बुट्टा छापेर विभिन्न डिजाइनका घरायसी कपडा तयार गर्छन्।  कटन मिलमा घरमा प्रयोग हुने प्रायः सबै किसिमका कपडा पाइन्छन्। गज्जब के छ भने सबै उत्पादन स्वदेशी हुन्। कटन मिलको कारखाना ललितपुरको थेंचोमा छ। बिक्रीका लागि ललितपुरकै सानेपा र काठमाडौंको रातोपुलमा शोरूम छन्। प्रशन्नाका अनुसार कटन मिलको उत्पादन राष्ट्रियसँगै अन्तर्राष्ट्रिय बजारले पनि रूचाएको छ।  'पाँच वर्षयता हाम्रो उत्पादनले स्वद...
भनेजस्तो ज्याकेट नपाएपछि दुई साथीले आफैं सुरू गरे ‘आरोहण’

भनेजस्तो ज्याकेट नपाएपछि दुई साथीले आफैं सुरू गरे ‘आरोहण’

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
झन्डै दुई वर्षअघिको कुरा हो। दुई साथी, रिजेश श्रेष्ठ र कृपा जोशी ज्याकेट किन्न ठमेल पुगे। उनीहरू मर्निङ वक, साइक्लिङ र हाइकिङ जाँदा लगाउन मिल्ने हलुका ज्याकेटको खोजीमा थिए। भनेजस्तो कपडा र रङको पाएनन्।  स्वदेशी उत्पादनलाई प्राथमिकता दिने रिजेशले त्यसअघि २०७५ कात्तिकतिर पनि ट्रेकिङका लागि विन्डप्रुफ (हावा नछिर्ने) र वाटरप्रुफ (पानी नछिर्ने) ज्याकेट खोजेका थिए। त्यस बेला उनी एक ट्रेकिङ एजेन्सीमा बजार प्रबन्धकका रूपमा काम गर्थे। त्यही वर्ष असोजतिर उनी विदेशीको टोली लिएर हेलम्बु ट्रेकिङ गए। 'त्यस बेला ट्रेकिङ जाँदा बजारमा उपलब्ध नेपाली ब्रान्डकै ज्याकेटलगायत लुगा लगेको थिएँ। लुगाहरू उपयुक्त लागेको थियो,' २८ वर्षीय रिजेश अहिले सम्झिन्छन्, 'तर फर्किने बेलामा ज्याकेटले त्यहाँको मौसम धान्नै सकेन। मसँगै गएका विदेशीहरूले लगाएको विदेशी ब्रान्डका लु...
टिमवर्कको सफल उदाहरणः प्रेमगीत-३

टिमवर्कको सफल उदाहरणः प्रेमगीत-३

SYM शुद्ध सकारात्मकता, नेपाली चलचित्र
कोरोना महामारी अन्त्यसँगै नेपाली चलचित्र क्षेत्रले गति लिन थालेको छ । यसैबीच नेपाली चलचित्र क्षेत्रको इतिहासमै पहिलो पटक विश्व बजारमा चलचित्र प्रेमगीत–३ ले निकै तरंग ल्याएको छ ।  प्रेमगीत–३ नेपाली भाषाबाहेक हिन्दी, उर्दु लगायत अंग्रेजी सबटाइटलमा ५० भन्दा बढी देशमा एकसाथ सिनेमा घरको सिस्टममा प्रदर्शन भयो । यो पंक्तिकार प्रेमगीत–३ को कार्यकारी निर्माताको नाताले भन्नैपर्ने हुन्छ कि यसको निर्माणमा निकै मेहनत परेको छ । संस्थापक निर्देशक छेतेन गुरुङ, सन्तोष सेनको क्याप्टेनसिप अनि स्पट ब्वाइदेखि डाइरेक्टरसम्म टिमको अथक मेहनत छ यसमा । काठमाडौंदेखि मनाङको माइनस २९ सम्मको तापक्रम अनि दुई वर्ष भारतको मुम्बईका गल्ली गल्लीका संघर्षको कथा निकै लामो छ ।  टिमवर्कको सफल उदाहरण नै अहिलेको प्रेमगीत–३ सफलताको श्रेय हो भन्ने मैले बुझेको छु । चलचित्र छायाँकनको लागी जब हामी १३०...
पलिनाले ५ हजारमा थालेको ‘बोजु स्टोर’, अहिले मासिक साढे तीन लाखको कारोबार

पलिनाले ५ हजारमा थालेको ‘बोजु स्टोर’, अहिले मासिक साढे तीन लाखको कारोबार

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
भटमासको किनेमा चाहियो कि, फिलिंगेको अचार! याङबेनको परिकार बनाएर पो खाने कि!  पहाडको घिउ र मह त मननपर्ने कुरै भएन। आलु, दाल, सुकुटी, चियापत्ती पनि चाहिन्छ? चामलमा मार्सी, कालो र बेलगुटी खाने भए पनि पाइन्छ। पिठो, छुर्पी, मर्चा, सिलामको छोप किन्दा पनि भयो। फलफूल र तरकारी त नपाइने कुरै भएन। मासुका अचार नै बाह्र किसिमका! यस्ता धेरै खाद्य सामग्री किन्न पाइन्छ 'बोजु स्टोर' मा।  बोजु स्टोर चलाउँछिन् २६ वर्षीया पलिना राई। उनले सुदूर पूर्वदेखि सुदूर पश्चिमसम्मका नेपाली उत्पादन आफ्नो पसलमा राखेकी छन्। पूर्वको ताप्लेजुङ, इलाम, झापा, भोजपुर, तेह्रथुमदेखि पश्चिमको हुम्ला, जुम्ला, कालिकोट, डोल्पासम्मका विशेष उब्जनी उपलब्ध छ। 'यहाँ सबै अर्गानिक र रैथाने उपज पाइन्छ,' पलिनाले भनिन्। बोजु स्टोर स्थापना भएको दुई वर्ष भयो। पलिनाले किराती खाना किनेमा,...
९ लाखमा सुरू गरेको कम्पनी, अहिले वार्षिक एक अर्बभन्दा बढीको कारोबार

९ लाखमा सुरू गरेको कम्पनी, अहिले वार्षिक एक अर्बभन्दा बढीको कारोबार

SYM शुद्ध सकारात्मकता, कर्पोरेट, नेपाली ब्रान्ड
अहिले बजारमा उपलब्ध विभिन्न ब्रान्डका 'रिफ्रेसमेन्ट ड्रिंक्स' मध्ये रिलायबल ग्रुप अफ कम्पनीको उत्पादन 'बदाम ड्रिंक्स' को माग बढ्दो छ। स्वस्थ र स्वादिलो हुनाले बजारमा यसले राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीका अध्यक्ष अशोक साह बताउँछन्। 'हामी गाईको दूध, अलैंची, बदाम, केसर जस्ता कच्चा पदार्थको मिश्रणमा बदाम ड्रिंक्स बनाउँछौं,' अशोकले भने, 'विभिन्न फलफूल र ड्राइ फ्रुट्सको स्वादमा उत्पादन गर्दैछौं।' रिलायबल नेपालले चकलेट बदाम, किमु बदाम, केसर बदाम, माउन्ट-फ्रेस बदाम जस्ता दर्जन प्रकारका बदाम ड्रिंक्स उत्पादन गर्दैछ। यसबाहेक कम्पनीले भियतनामको एक शक्तिवर्द्धक पेय पदार्थ (इनर्जी ड्रिंक्स) को फ्रेन्चाइज लिएर नेपालमै इनर्जी ड्रिंक्स उत्पादन गरिरहेको छ। कम्पनीले बजारमा 'रेड-ब्लू' र 'रेड-साओला' पुर्‍याइरहेको छ। अशोकले २०६६ सालतिर रिलायबल नेपाल आयात तथा निर्यात प्रालि नामक ...
दुई वर्षमा ३ वटा शाखा, १६ थरी स्वाद

दुई वर्षमा ३ वटा शाखा, १६ थरी स्वाद

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
चिया, साथी र गफ। यति भए हामीलाई के चाहियो! तर चियासँगै मनपर्ने मान्छेसँग मीठो गफका लागि यहाँ खोजे जस्तो ठाउँ नै कति छ र? जाडो होस् वा गर्मी, जहाँ पुगे पनि चिया पिउन रुचाउने राजिव शाही र विष्णु घिमिरेलाई पनि यस्तो ठाउँको अभाव खट्किन्थ्यो। आफ्नै व्यवसाय गरौं भन्ने सोच राखेका विष्णु र राजिवको यही अनुभवले चिया व्यवसायमा सम्भावना देखे। २०७४ तिर त्यही सम्भावनाले सञ्चालन गरे 'चिया घर'। राजिव र विष्णुसँगै थप चार जनाको लगानीमा सुरू भएको चिया घर हाल यी दुईबाहेक कृष्ण गिरीले सम्हाल्दै छन्। चिया घरको विशेषता हो, यहाँ पाइने सोह्र स्वादका चिया र पारिवारिक वातावरण। 'चिया पसल भन्नासाथ सानो ठाउँ, खचाखच मान्छे अनि अशान्त वातावरण बुझ्छौं। कि भने क्याफे, रेस्टुरेन्ट। हामीलाई यो छवि पनि फेर्नु थियो,' सञ्चालक राजिव भन्छन्, 'गाउँ–घरमा परिवारसँग चिया खाँदै आँगनमा गफिन्छौं नि! त्य...
पुराना जिन्स ‘रिभाइभ’ गरेर नयाँ सामान बनाउँदै

पुराना जिन्स ‘रिभाइभ’ गरेर नयाँ सामान बनाउँदै

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
असनको साँघुरो गल्ली छिचोल्दै, अग्लो घरको अँध्यारो भर्याङ उक्लिँदै जब हामी चौथो तल्लामा पुग्यौं, त्यहाँ अर्कै संसार र सपना बुनिँदै थियो। कोठा पनि अँध्यारो र साँघुरै थियो, तर सपना देख्न र सपना बुन्न त उज्यालो किन चाहियो? तीन-चार जना व्यक्ति अटाउन गाह्रो पर्ने त्यस कोठामा दुई जना महिला भ्याइनभ्याइ झोला बुन्दै थिए, जसको तल्लो भागमा ट्याग झुन्डिएको थियो- रिभाइभ। रिभाइभ, अर्थात् कुनै कुरामा फेरि प्राण भर्नु वा पुनर्जीवित तुल्याउनु। असनस्थित ‘अपसाइकल नेपाल’ ले करिब आठ महिनादेखि पुराना जिन्सका कपडामा प्राण भर्ने काम गर्दै छ। पुष्पा स्थापित र राजन चक्रधारद्वारा सञ्चालित ‘अपसाइकल नेपाल’ ले पुराना जिन्सबाट ल्यापटप र ट्याब्लेट कभर, कि-रिङ र क्यामरा राख्ने झोला बनाउँदै आएको छ। घर-घरबाट त्यसै मिल्किने पुराना जिन्स बटुलेर नयाँ प्रयोगमा ल्याउनु उनीहरूको उद्देश्य हो। ...