२०८३ बैशाख २५

SYM शुद्ध सकारात्मकता

अस्ट्रेलियाबाट बिदामा आएकी थिइन्, लकडाउनमा सुरू गरिन् गहना व्यवसाय

अस्ट्रेलियाबाट बिदामा आएकी थिइन्, लकडाउनमा सुरू गरिन् गहना व्यवसाय

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
सुप्रिमा महर्जन २०७६ साल फागुन अन्तिमतिर आफ्ना हजुरबुवाको जंकुका लागि नेपाल फर्किइन्। जम्मा चार साता बिदा मिलाएर आएकी थिइन्। लगत्तै कोरोना महामारी फैलियो र लकडाउन भयो। त्यो बेलादेखि सुप्रिमा अस्ट्रेलिया फर्केकी छैनन्। भिसा बाँकी रहे पनि उनको एक वर्षभन्दा बढी समय नेपालमै बितिसक्यो। उनले यो समय यसै खेर जान भने दिएकी छैनन्। यतिबेला उनी अनलाइनमार्फत गहना व्यवसाय गरिरहेकी छन्। 'स्थायी रूपमा नेपाल बस्ने सोचमा फर्केकी थिइनँ। तर महामारीका कारण यतै अड्किएँ,' २९ वर्षीया सुप्रिमा भन्छिन्, 'लकडाउनमा दिन कटाउनै मुश्किल हुन्थ्यो। त्यसैले आफ्नो रूचिको काम गर्न थालेँ।'  सुप्रिमालाई गरगहना मन पर्छन्। हातमा ब्रासलेट र औंठी, घाँटीमा विभिन्न डिजाइनका सिक्री, हार र कानमा झुम्का कहिल्यै खाली हुँदैन। बुवाको हस्तकला गहनासम्बन्धी व्यवसाय भएका...
सासू बुहारीको ‘टिकल-पिकल’

सासू बुहारीको ‘टिकल-पिकल’

SYM शुद्ध सकारात्मकता
अन्जु शर्माको सोख हो अचार बनाउनु। खानुभन्दा पनि बनाएर अरूलाई बाँड्न पाउँदा झनै रमाउँछिन्। उनको अचारप्रतिको लगाव चालीस वर्ष अगाडिदेखि हो। टन्न अचार बट्टाभरि हालेर साथीभाइलाई दिन्थिन्। पछिल्ला वर्ष सामाजिक सञ्जालमा जोडिँदै गएपछि आफूले बनाएका अचारको फोटो फेसबुकमा राख्न थालिन्। हेर्दै मुखमा पानी आउने अचारका फोटो देखेर धेरैले अन्जुको तारिफ गर्थे। अझ कतिले उनलाई अचार बेच्न सुझावै दिए। उनलाई अचार बनाएर बेच्नै फुर्सद त कहाँ थियो र! अन्जु करिब आठ वर्षदेखि लैन्चोरस्थित सिवेक अस्पतालमा कार्यकारी निर्देशकका रूपमा काम गरिरहेकी छन्। उनको दिन अस्पतालमै बित्छ।  तर एकदिन डल्ले खुर्सानी अचारले उनलाई ऊर्जा दियो। डल्लेको अचारलाई 'बिजुली' नाम दिएर उनले फेसबुकमा फोटो राखिन्। 'ए बिजुलीको तार तार तार...' लेख्दै रमाइलो क्याप्सन पनि ...
मस्यौरा बेचेरै वार्षिक ५० लाखको कारोबार गर्ने दम्पती

मस्यौरा बेचेरै वार्षिक ५० लाखको कारोबार गर्ने दम्पती

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
हामीमध्ये धेरैले घरगाउँमा हुँदा मस्यौरा खायौं वा बनायौं होला। हातैले बनाएका विभिन्न स्वादका मस्यौराको तलतल काठमाडौंमा बस्नेहरूलाई कहिलेकाहीँ लाग्दो हो। तर भनेका बेलामा खान पाउने कसरी? कतिलाई बनाउनै नआउला, कतिलाई आए पनि बनाउने सामान र फुर्सद नहोला। बजारमा किन्न पाए पनि भनेजस्तो स्वादको मस्यौरा पाउन मुस्किल छ। पाइहाले पनि खुला बिक्री हुनाले स्वच्छ नहुने डर हुन्छ। यस्तै कारणले कतिले मस्यौराको मौलिक स्वाद पनि बिर्सिसक्यौं होला। उपभोक्ताको यही समस्या समाधान गर्न लागि परेको छ 'तारो मस्यौरा उद्योग'। पाँच वर्षदेखि यसले मौलिक स्वादको मस्यौरा प्याकिङ गरी बजारमा पुर्‍याइरहेको छ। हातले होइन, मेसिनबाट बनेको मस्यौरा। यो उद्योगका सञ्चालक हुन् विष्णु गजुरेल र शारदा रेग्मी। उनीहरू श्रीमान-श्रीमती हुन्।  काठमा...
काठमाडौं, जहाँ सित्तैंमा खाना पाइन्छ

काठमाडौं, जहाँ सित्तैंमा खाना पाइन्छ

SYM शुद्ध सकारात्मकता
८ भदौ, काठमाडौं । सहरसँगै जोडिएर आउने एउटा विशेषण हो, स्वार्थी । मान्छेहरू भन्छन्, यो सहर स्वार्थी छ । तर, यहाँ त्यस्ता मनकारीहरू पनि छन् जो अरुलाई सित्तैंमा खाना खुवाउँछन् । काठमाडौंको गोंगबुस्थित बिजी मलको प्राङ्गणमा सित्तैंमा खाना उपलब्ध हुन्छ । झट्ट हेर्दा लाग्छ, यहाँ कुनै भतेर चलिरहेको छ । आगन्तुकहरू भुईंमै टुक्रुक-टुक्रुक बसेर कपाकप खाना खाइरहेका देखिन्छन् । भोको पेट लिएर पुग्ने जो कोहीले यहाँ खाना पाउँछन्, भरपेट । ज्याला मजदुरी गर्नेहरू हुन् वा यसै टहल्नेहरू, यहाँ खाना खान सक्छन् । दिनमा दुई छाक खाना उपलब्ध हुन्छ । बिहान ११ बजे र साँझ ५ बजेको हाराहारीमा तात्तातो खाना पाइन्छ । खानामा दाल, तरकारी, अचार सबै हुन्छ । हिजोआज दैनिक लगभग सय जनाले खाना खाने गर्छन् । कतिपय रोगी, अशक्त, निमुखा हुनसक्छन्, जो यहाँसम्म आएर खान सक्दैनन् । उनीहरू जहाँ छन्, त्यही पुर्‍याइ...
दाङमा हेलिकप्टर हेर्दै पाइलट बन्ने सपना देख्थे, अहिले ओमनमा पढाउँछन् ‘एभिएसन’

दाङमा हेलिकप्टर हेर्दै पाइलट बन्ने सपना देख्थे, अहिले ओमनमा पढाउँछन् ‘एभिएसन’

SYM शुद्ध सकारात्मकता
महोत्तरीका विकल झा ओमनमा 'एभिएसन' अर्थात 'उड्डयन' पढाउँछन्। सिम्रिक एअर र सौर्य एअरमा एक–एक वर्ष काम गरेपछि उनी दक्षिण–पश्चिम एसियाको अरबी मुलुक ओमन पुगेका हुन्।  सात वर्षअघि, सन् २०१५ सेप्टेम्बरमा ओमन पुगेका उनी त्यहाँको 'मोर्डन कलेज अफ बिजनेस एन्ड साइन्स' मा 'एभिएसन म्यानेजमेन्ट' पढाउँछन्। 'सौर्यमा काम थालेको एक वर्ष भएको थियो, ओमनबाट अवसर आयो,' ओमन यात्राबारे उनले भने, 'त्यहाँ एभिएसनको ठूलो हब छ। हामीसँग एभिएसनका तीन सयदेखि चार सय जनासम्म विद्यार्थी हुन्छन्।'  विकलका अनुसार उनले सात वर्षमा पाइलट र एभिएसनका विद्यार्थी गरेर पाँच सय जनाभन्दा बढीलाई पढाएका र सिकाएका छन्। पाइलटले गर्नै पर्ने एउटा कोर्स हुन्छ, त्यो पनि पढाउँछन्। अनि नर्मल फ्रेस ग्राजुएट ब्याचलर इन एभिएसन म्यानेजमेन्टका साथै पाइलट र इञ्जिनियरहरूका लागि क्रु रिसोर्स म्यानेजमेन्ट (...
ज्यानभरि झोला बोकेर चोक-गल्ली डुल्दै बेच्थे, अहिले आफ्नै उद्योगबाट गर्छन् करोडको व्यापार

ज्यानभरि झोला बोकेर चोक-गल्ली डुल्दै बेच्थे, अहिले आफ्नै उद्योगबाट गर्छन् करोडको व्यापार

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
काठमाडौंको मैतीदेवी चोकबाट दक्षिणतर्फको भित्रीबाटो हुँदै घट्टेकुलोतिर करिब साढे दुई सय मिटरजतिमा झोला बेच्ने एउटा निकै ठूलो पसल फेला पर्छ। पसलभित्र खातका खात झोला छन्, थरीथरीका। अग्ला र्‍याकमा महिलाका लागि साना हाते ब्यागदेखि निकै ठूलासम्म सजाएर राखिएका छन्।  यीमध्ये अधिकांश ब्याग स्वदेशी उद्योगका हुन्– शिवाकोटी ब्याग उद्योग। खुद्रा र होलसेल दुवै व्यापार त्यहीँबाट हुन्छ। बाहिर पसल छ, भित्र उद्योग। यहाँ विदेशी ब्रान्डका सुटकेस पनि पाइन्छ। हवाईजहाजमा लामो यात्रा गर्नेका लागि उपयुक्त। उद्योग र पसलका सञ्चालक हुन् सुदर्शन शिवाकोटी। उनले यो उद्योग सुरू गरेको करिब २२ वर्ष भयो। 'हाल वार्षिक सरदर चार करोड रूपैयाँको कारोबार हुन्छ,' सुदर्शनले भने, 'उद्योगमा सोह्र जना श्रमिक छन्। मेसिन २६ वटा छन् तर आजकाल १६ वटा मात्र चलिरहेका छन्।' सुदर्शन ठूलो लगानी ग...
उपहार पाएको ‘ग्लो-जार’ ले बनायो व्यवसायी

उपहार पाएको ‘ग्लो-जार’ ले बनायो व्यवसायी

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
ललितपुरकी मिता कँडेललाई आफ्नो २१ औं जन्मदिन विशेष लाग्छ। उनले एक जना मिल्ने साथीबाट 'ग्लो-जार' (चम्किलो पारदर्शी बट्टा) उपहार पाएकी थिइन्। त्यसमा मितालाई मनपर्ने सांगीतिक ब्यान्डको चित्र थियो। मितालाई सानैदेखि घरमै भएका सरसामान पुनः प्रयोग गरेर नयाँ सामान बनाउनमा विशेष रूचि छ। यस्तो कामलाई अंग्रेजीमा 'डिआइवाई' भनेर पनि चिनिन्छ जसको पूरा रूप 'डु इट योरसेल्फ' हो। उपहारमा पाएको ग्लो-जार देखेपछि मितालाई पनि यस्तो आफैं बनाउन सक्छु कि भन्ने भयो। साथीले पनि सहमति जनाउँदै उनलाई हौस्याए। 'साथीले दिएको उपहार साह्रै राम्रो थियो। म आफैंले पनि त्यस्तै बनाउन सक्छु कि भनेर प्रयास गरेँ,' अहिले २४ वर्ष लागेकी मिता भन्छिन्, 'पहिलो जार मेरो जिज्ञासा र कौतुहलतासँगै तयार भयो।' ग्लो-जार हेर्दा जति सुन्दर र साधारण देखिन्छ, बनाउन उत्तिकै मेहनत पर्छ...
५७ वर्षमा ५७ पटक काठमाडौं, किन आए उलरिक?

५७ वर्षमा ५७ पटक काठमाडौं, किन आए उलरिक?

SYM शुद्ध सकारात्मकता
स्विट्जरल्यान्डका मूर्तिकला संकलक उलरिक भोन स्क्रोडर केही दिनअघि पाटनको नागबहालमा भेटिए। उनी श्री पशुवर्ण महाविहारमा बुद्ध मूर्तिको फोटो खिच्दै थिए, सँगसँगै मूर्तिको विवरण टिप्दै थिए। सन् १९६५ मा घुम्दै फिर्दै पहिलोपटक नेपाल आइपुगेर काठमाडौंका बहाबही चहारेका उलरिकको काठमाडौं मोह यथावत छ। त्यति बेला २२ वर्षका उलरिक अहिले ७९ पुगिसके। पछिल्ला ५७ वर्षमा करिब ५७ पटक काठमाडौं ओहोरदोहोर गरिसके। उनलाई काठमाडौंले यतिविधि मोहनी लगाउनुको कारण यहाँका कलात्मक मूर्तिहरू हुन्। पेसाले आर्किटेक्ट उलरिक उति बेला साइकल भाडामा लिएर काठमाडौं गल्ली चहार्थे। सोखका रूपमा मूर्तिका फोटो खिच्थे। दुई वर्षपछि आउँदा स्विट्जरल्यान्डदेखि नै आफ्नो कार हाँकेर ल्याए। कारमै डुले, खाए, कारमै सुते। हवाईजहाज यात्रा सहज भएपछि उनको काठमाडौं आउजाउ झनै बढ्यो। रमाइलो चाहिँ उनलाई प...
हाम्रा गुरुजी क्या खुब पढाउनुहुन्छ !

हाम्रा गुरुजी क्या खुब पढाउनुहुन्छ !

SYM शुद्ध सकारात्मकता, लेख
Written By: Ashok Pariyar GoldenGate International College (Grade 12) हाम्रा गुरुजी क्या खुब पढाउनुहुन्छ ! मेरा गणितका सर क्या उम्दा पढाउनुहुन्छ हामीलाई! हामीलाई दुई बिन्दुहरुबीचको दूरी निकाल्न सिकाउनुहुन्छ वस्तुको लम्बाइ, चौडाइ र उचाइ निकाल्न सिकाउनुहुन्छ आयतन मापन गरी पोखरीमा कति पानी अट्छ भनी निकाल्न सिकाउनुहुन्छ वृत्तको केन्द्र , ब्यास र परिधीको समीकरण निकाल्न सिकाउनुहुन्छ सरल रेखा र जोडा रेखाहरुको झुकाव निकाल्न सिकाउनुहुन्छ तर सर म मेरो जीवनको समीकरण कसरी निकालुँ? कसरी निकालुँ कि यो मेरो जीवनको झुकाव कतापट्टि छ? सफलता या असफलता? हाम्रा chemistry का गुरुजी क्या खुब पढाउनुहुन्छ Atom र molecule को आकार बताइदिनु हुन्छ भन्नुहुन्छ ब्रह्माण्ड atom atom मिलेर बनेको रे भन्नुहुन्छ Atom हरु एक अर्कामा bond बनाउँछन् रे भन्नुहुन्छ ...
जो हरेक वर्ष बुद्ध मूर्ति दान गर्छन्, २०८६ सालसम्मलाई पक्कापक्की

जो हरेक वर्ष बुद्ध मूर्ति दान गर्छन्, २०८६ सालसम्मलाई पक्कापक्की

SYM शुद्ध सकारात्मकता
करिब ४५ वर्षअघि काठमाडौंको छुस्या बहालबाट दिपंकर बुद्धको मूर्ति चोरी भयो। हरेक दिन पूजा गरिने र हरेक वर्ष पञ्चदानमा महत्वपूर्ण मानिने बुद्धको मूर्ति चोरी भएपछि बहालका सदस्यहरूलाई आपत पर्‍यो। उनीहरूले अर्को वर्षको पञ्चदानसम्ममा पहिलेभन्दा सानो १८ इन्चको बुद्ध मूर्ति बनाए र त्यसैलाई पूजा गर्न थाले। साढे चार दशकदेखि त्यही मूर्ति पूजा गर्दै आएका छुस्या बहालका बासिन्दा पहिलेजस्तै ठूलो मूर्ति बनाउन चाहन्थे तर संजोग मिलिरहेको थिएन। त्यो संजोग हालै जुरेको छ, बौद्धका दाता पूर्णसिद्धि शाक्यमार्फत। शाक्य हस्तकला व्यापारी हुन्। बौद्धमा उनको बुद्धिस्ट आर्ट सेन्टर छ जहाँ शनिबार बिहानैदेखि बुद्धको मूर्ति राखेर नामसंगति पाठ हुँदै थियो। यो मूर्ति छुस्या बहालमा दान दिन बनाइएको हो। 'नामसंगतिमा १६ हजार ग्रन्थको भावार्थ हुन्छ भनिन्छ। यो पाठमा...