२०८१ बैशाख ८

SYM शुद्ध सकारात्मकता

काठमाडौं, जहाँ सित्तैंमा खाना पाइन्छ

काठमाडौं, जहाँ सित्तैंमा खाना पाइन्छ

SYM शुद्ध सकारात्मकता
८ भदौ, काठमाडौं । सहरसँगै जोडिएर आउने एउटा विशेषण हो, स्वार्थी । मान्छेहरू भन्छन्, यो सहर स्वार्थी छ । तर, यहाँ त्यस्ता मनकारीहरू पनि छन् जो अरुलाई सित्तैंमा खाना खुवाउँछन् । काठमाडौंको गोंगबुस्थित बिजी मलको प्राङ्गणमा सित्तैंमा खाना उपलब्ध हुन्छ । झट्ट हेर्दा लाग्छ, यहाँ कुनै भतेर चलिरहेको छ । आगन्तुकहरू भुईंमै टुक्रुक-टुक्रुक बसेर कपाकप खाना खाइरहेका देखिन्छन् । भोको पेट लिएर पुग्ने जो कोहीले यहाँ खाना पाउँछन्, भरपेट । ज्याला मजदुरी गर्नेहरू हुन् वा यसै टहल्नेहरू, यहाँ खाना खान सक्छन् । दिनमा दुई छाक खाना उपलब्ध हुन्छ । बिहान ११ बजे र साँझ ५ बजेको हाराहारीमा तात्तातो खाना पाइन्छ । खानामा दाल, तरकारी, अचार सबै हुन्छ । हिजोआज दैनिक लगभग सय जनाले खाना खाने गर्छन् । कतिपय रोगी, अशक्त, निमुखा हुनसक्छन्, जो यहाँसम्म आएर खान सक्दैनन् । उनीहरू जहाँ छन्, त्यही पुर्‍याइ...
दाङमा हेलिकप्टर हेर्दै पाइलट बन्ने सपना देख्थे, अहिले ओमनमा पढाउँछन् ‘एभिएसन’

दाङमा हेलिकप्टर हेर्दै पाइलट बन्ने सपना देख्थे, अहिले ओमनमा पढाउँछन् ‘एभिएसन’

SYM शुद्ध सकारात्मकता
महोत्तरीका विकल झा ओमनमा 'एभिएसन' अर्थात 'उड्डयन' पढाउँछन्। सिम्रिक एअर र सौर्य एअरमा एक–एक वर्ष काम गरेपछि उनी दक्षिण–पश्चिम एसियाको अरबी मुलुक ओमन पुगेका हुन्।  सात वर्षअघि, सन् २०१५ सेप्टेम्बरमा ओमन पुगेका उनी त्यहाँको 'मोर्डन कलेज अफ बिजनेस एन्ड साइन्स' मा 'एभिएसन म्यानेजमेन्ट' पढाउँछन्। 'सौर्यमा काम थालेको एक वर्ष भएको थियो, ओमनबाट अवसर आयो,' ओमन यात्राबारे उनले भने, 'त्यहाँ एभिएसनको ठूलो हब छ। हामीसँग एभिएसनका तीन सयदेखि चार सय जनासम्म विद्यार्थी हुन्छन्।'  विकलका अनुसार उनले सात वर्षमा पाइलट र एभिएसनका विद्यार्थी गरेर पाँच सय जनाभन्दा बढीलाई पढाएका र सिकाएका छन्। पाइलटले गर्नै पर्ने एउटा कोर्स हुन्छ, त्यो पनि पढाउँछन्। अनि नर्मल फ्रेस ग्राजुएट ब्याचलर इन एभिएसन म्यानेजमेन्टका साथै पाइलट र इञ्जिनियरहरूका लागि क्रु रिसोर्स म्यानेजमेन्ट (...
ज्यानभरि झोला बोकेर चोक-गल्ली डुल्दै बेच्थे, अहिले आफ्नै उद्योगबाट गर्छन् करोडको व्यापार

ज्यानभरि झोला बोकेर चोक-गल्ली डुल्दै बेच्थे, अहिले आफ्नै उद्योगबाट गर्छन् करोडको व्यापार

SYM शुद्ध सकारात्मकता, नेपाली ब्रान्ड
काठमाडौंको मैतीदेवी चोकबाट दक्षिणतर्फको भित्रीबाटो हुँदै घट्टेकुलोतिर करिब साढे दुई सय मिटरजतिमा झोला बेच्ने एउटा निकै ठूलो पसल फेला पर्छ। पसलभित्र खातका खात झोला छन्, थरीथरीका। अग्ला र्‍याकमा महिलाका लागि साना हाते ब्यागदेखि निकै ठूलासम्म सजाएर राखिएका छन्।  यीमध्ये अधिकांश ब्याग स्वदेशी उद्योगका हुन्– शिवाकोटी ब्याग उद्योग। खुद्रा र होलसेल दुवै व्यापार त्यहीँबाट हुन्छ। बाहिर पसल छ, भित्र उद्योग। यहाँ विदेशी ब्रान्डका सुटकेस पनि पाइन्छ। हवाईजहाजमा लामो यात्रा गर्नेका लागि उपयुक्त। उद्योग र पसलका सञ्चालक हुन् सुदर्शन शिवाकोटी। उनले यो उद्योग सुरू गरेको करिब २२ वर्ष भयो। 'हाल वार्षिक सरदर चार करोड रूपैयाँको कारोबार हुन्छ,' सुदर्शनले भने, 'उद्योगमा सोह्र जना श्रमिक छन्। मेसिन २६ वटा छन् तर आजकाल १६ वटा मात्र चलिरहेका छन्।' सुदर्शन ठूलो लगानी ग...
उपहार पाएको ‘ग्लो-जार’ ले बनायो व्यवसायी

उपहार पाएको ‘ग्लो-जार’ ले बनायो व्यवसायी

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता, नेपाली ब्रान्ड
ललितपुरकी मिता कँडेललाई आफ्नो २१ औं जन्मदिन विशेष लाग्छ। उनले एक जना मिल्ने साथीबाट 'ग्लो-जार' (चम्किलो पारदर्शी बट्टा) उपहार पाएकी थिइन्। त्यसमा मितालाई मनपर्ने सांगीतिक ब्यान्डको चित्र थियो। मितालाई सानैदेखि घरमै भएका सरसामान पुनः प्रयोग गरेर नयाँ सामान बनाउनमा विशेष रूचि छ। यस्तो कामलाई अंग्रेजीमा 'डिआइवाई' भनेर पनि चिनिन्छ जसको पूरा रूप 'डु इट योरसेल्फ' हो। उपहारमा पाएको ग्लो-जार देखेपछि मितालाई पनि यस्तो आफैं बनाउन सक्छु कि भन्ने भयो। साथीले पनि सहमति जनाउँदै उनलाई हौस्याए। 'साथीले दिएको उपहार साह्रै राम्रो थियो। म आफैंले पनि त्यस्तै बनाउन सक्छु कि भनेर प्रयास गरेँ,' अहिले २४ वर्ष लागेकी मिता भन्छिन्, 'पहिलो जार मेरो जिज्ञासा र कौतुहलतासँगै तयार भयो।' ग्लो-जार हेर्दा जति सुन्दर र साधारण देखिन्छ, बनाउन उत्तिकै मेहनत पर्छ...
५७ वर्षमा ५७ पटक काठमाडौं, किन आए उलरिक?

५७ वर्षमा ५७ पटक काठमाडौं, किन आए उलरिक?

SYM शुद्ध सकारात्मकता
स्विट्जरल्यान्डका मूर्तिकला संकलक उलरिक भोन स्क्रोडर केही दिनअघि पाटनको नागबहालमा भेटिए। उनी श्री पशुवर्ण महाविहारमा बुद्ध मूर्तिको फोटो खिच्दै थिए, सँगसँगै मूर्तिको विवरण टिप्दै थिए। सन् १९६५ मा घुम्दै फिर्दै पहिलोपटक नेपाल आइपुगेर काठमाडौंका बहाबही चहारेका उलरिकको काठमाडौं मोह यथावत छ। त्यति बेला २२ वर्षका उलरिक अहिले ७९ पुगिसके। पछिल्ला ५७ वर्षमा करिब ५७ पटक काठमाडौं ओहोरदोहोर गरिसके। उनलाई काठमाडौंले यतिविधि मोहनी लगाउनुको कारण यहाँका कलात्मक मूर्तिहरू हुन्। पेसाले आर्किटेक्ट उलरिक उति बेला साइकल भाडामा लिएर काठमाडौं गल्ली चहार्थे। सोखका रूपमा मूर्तिका फोटो खिच्थे। दुई वर्षपछि आउँदा स्विट्जरल्यान्डदेखि नै आफ्नो कार हाँकेर ल्याए। कारमै डुले, खाए, कारमै सुते। हवाईजहाज यात्रा सहज भएपछि उनको काठमाडौं आउजाउ झनै बढ्यो। रमाइलो चाहिँ उनलाई प...
हाम्रा गुरुजी क्या खुब पढाउनुहुन्छ !

हाम्रा गुरुजी क्या खुब पढाउनुहुन्छ !

SYM शुद्ध सकारात्मकता, लेख
Written By: Ashok Pariyar GoldenGate International College (Grade 12) हाम्रा गुरुजी क्या खुब पढाउनुहुन्छ ! मेरा गणितका सर क्या उम्दा पढाउनुहुन्छ हामीलाई! हामीलाई दुई बिन्दुहरुबीचको दूरी निकाल्न सिकाउनुहुन्छ वस्तुको लम्बाइ, चौडाइ र उचाइ निकाल्न सिकाउनुहुन्छ आयतन मापन गरी पोखरीमा कति पानी अट्छ भनी निकाल्न सिकाउनुहुन्छ वृत्तको केन्द्र , ब्यास र परिधीको समीकरण निकाल्न सिकाउनुहुन्छ सरल रेखा र जोडा रेखाहरुको झुकाव निकाल्न सिकाउनुहुन्छ तर सर म मेरो जीवनको समीकरण कसरी निकालुँ? कसरी निकालुँ कि यो मेरो जीवनको झुकाव कतापट्टि छ? सफलता या असफलता? हाम्रा chemistry का गुरुजी क्या खुब पढाउनुहुन्छ Atom र molecule को आकार बताइदिनु हुन्छ भन्नुहुन्छ ब्रह्माण्ड atom atom मिलेर बनेको रे भन्नुहुन्छ Atom हरु एक अर्कामा bond बनाउँछन् रे भन्नुहुन्छ ...
जो हरेक वर्ष बुद्ध मूर्ति दान गर्छन्, २०८६ सालसम्मलाई पक्कापक्की

जो हरेक वर्ष बुद्ध मूर्ति दान गर्छन्, २०८६ सालसम्मलाई पक्कापक्की

SYM शुद्ध सकारात्मकता
करिब ४५ वर्षअघि काठमाडौंको छुस्या बहालबाट दिपंकर बुद्धको मूर्ति चोरी भयो। हरेक दिन पूजा गरिने र हरेक वर्ष पञ्चदानमा महत्वपूर्ण मानिने बुद्धको मूर्ति चोरी भएपछि बहालका सदस्यहरूलाई आपत पर्‍यो। उनीहरूले अर्को वर्षको पञ्चदानसम्ममा पहिलेभन्दा सानो १८ इन्चको बुद्ध मूर्ति बनाए र त्यसैलाई पूजा गर्न थाले। साढे चार दशकदेखि त्यही मूर्ति पूजा गर्दै आएका छुस्या बहालका बासिन्दा पहिलेजस्तै ठूलो मूर्ति बनाउन चाहन्थे तर संजोग मिलिरहेको थिएन। त्यो संजोग हालै जुरेको छ, बौद्धका दाता पूर्णसिद्धि शाक्यमार्फत। शाक्य हस्तकला व्यापारी हुन्। बौद्धमा उनको बुद्धिस्ट आर्ट सेन्टर छ जहाँ शनिबार बिहानैदेखि बुद्धको मूर्ति राखेर नामसंगति पाठ हुँदै थियो। यो मूर्ति छुस्या बहालमा दान दिन बनाइएको हो। 'नामसंगतिमा १६ हजार ग्रन्थको भावार्थ हुन्छ भनिन्छ। यो पाठमा...
जो जागिर छाडेर ‘बोसा’ सम्हालिरहेका छन्

जो जागिर छाडेर ‘बोसा’ सम्हालिरहेका छन्

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
पाटनढोकाबाट पुल्चोकतर्फ थोरै अगाडि बढेपछि सटरमाथि बोर्डमा लेखिएको देखिन्छ 'बोसा'। बाहिरबाट चियाउनेबित्तिकै सटरभित्र सजाइएका गमला र फूलहरूले हरकोहीलाई तान्छ। अझ फूलप्रेमीहरू त त्यहाँ पुगेपछि भित्र नछिरी फर्किँदैनन्। छिरिसकेपछि रित्तै फर्किँदैनन्। प्रायः गमला, फूल र सजावट तथा माटाका भाँडाकुँडा लिएरै फर्किने बोसाका सञ्चालक अनिल प्रजापति बताउँछन्। उनका अनुसार बोसा भनेको नेवार भाषामा सजावट हो। भक्तपुर, पुरानोठिमीका ३८ वर्षीय अनिलको पुर्ख्यौली पेसा हो माटाका भाँडा बनाउनु। आफूले बनाएका सामान बिक्री गर्ने पसललाई उनले बोसा नाम दिएका हुन्। भक्तपुरमा बनेका परम्परागत माटो र सेरामिक्स भाँडाका साथै सजावटका विभिन्न सामान बोसामार्फत् बिक्री गर्छन्। पछिल्लो समय गमलामा विभिन्न थरीका फूल रोपेर पनि बेचिरहेका छन्। 'गमला र फूल अत्यधिक रूचाइएका छन्,' उ...
‘गृहकार्यले बच्चाको शारीरिक र सामाजिक विकासमा बाधा गर्छ’

‘गृहकार्यले बच्चाको शारीरिक र सामाजिक विकासमा बाधा गर्छ’

SYM शुद्ध सकारात्मकता, शिक्षा
काठमाडौं । बिहान ५-६ बजे, बालबालिका ब्युँझन्छन् । राम्ररी तंग्रिन पाएकै हुँदैनन्, विद्यालय जाने हतारो हुन्छ । हातमुख धोयो, खाजा-नास्ता खायो, पोशाक लगायो, गह्रौं झोला बोक्यो । दौडिहाल्यो । बिहान ७-८ बजे, घरकै अघिल्तिर वा चोकमा विद्यालयको बस-भ्यान आइसकेको हुन्छ । गाडीमा चढ्यो । कुदिहाल्यो । बिहान ९-१० बजे, विद्यालय प्राङ्गणमा हाजिर भइसकेको हुनुपर्छ । पंक्तिबद्ध उभियो । हल्का व्यायाम गर्‍यो । अनि कक्षाकोठामा प्रवेश गर्‍यो । खराखर लेखपढ गर्न थालिहाल्यो । अपरान्ह ४-५ बजे, विद्यालय छुट्टी हुन्छ । उसैगरी घर फर्कियो । झोला बिसाउन पाएका हुँदैनन्, गृहकार्यको चटारो हुन्छ । कक्षाकोठामा पढेका हरेक पाठको गृहकार्य गर्नैपर्‍यो । ५-७ वटा पाठको गृहकार्य सिध्याउँदा झमक्कै साँझ पर्छ । अब खाने, सुत्ने तरखरमा लाग्नुपर्छ । कक्षाकोठामा जति पढाइन्छ बच्चाको लागि त्यति नै उपयुक्त हुन...
प्याड बनाएर बेच्दै २३ वर्षे अभिषेक

प्याड बनाएर बेच्दै २३ वर्षे अभिषेक

SYM शुद्ध सकारात्मकता
बर्दियाका २३ वर्षीय अभिषेक ओली स्यानिटरी प्याड बेच्छन्। एक वर्षयता उनले 'सदा केयर' ब्रान्डमा स्यानिटरी प्याड उत्पादन गरेर बजार पुर्‍याइरहेका छन्। स्थानीय बजारलाई लक्षित गरेर थालेको उत्पादन अहिले बर्दियासहित कञ्चनपुर, कैलाली, बाँके, दाङ र सुर्खेत गरी ६ वटा जिल्लामा पुगेको छ। 'यी जिल्लामा दैनिक दस कार्टनभन्दा बढी प्याड पुग्छ,' अभिषेकले उत्साहित हुँदै सुनाए, 'अन्य जिल्लाबाट पनि राम्रै माग आइरहेको छ।' सदा केयर स्यानिटरी प्याड कम्पनीले अहिले तीन आकारका प्याड उत्पादन गरिरहेको छ-  २४० मिमी, २८० मिमी, ३२० मिमी लम्बाइका। यो भनेको छोटो, मध्यम र विशेषगरी राती सुत्दा प्रयोग गरिने लामो प्याड हो। यी प्याडको मूल्य कम्तीमा ४० रूपैयाँदेखि सय रूपैयाँसम्म पर्छ। यसमध्ये बजारमा सबभन्दा कम मूल्यकै बढी बिक्री हुन्छ। 'हाम्रो उत्पादन सहरमाभन्दा बढी गाउँघ...