२०८१ बैशाख १५

ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता बढाउन नेपाल र भारत तयार




२२ पुस, काठमाडौं । अहिले सञ्चालनमा रहेको पहिलो अन्तर देशीय प्रसारण लाइन ढल्केवर–मुजफ्फरपुर प्रसारण लाइनको क्षमता वृद्धि गर्न नेपाल र भारत सहमत भएका छन् । नेपाल–भारत ऊर्जा सचिव स्तरीय समिति (जेएससी)को ११ औं बैठकले क्षमता बढाउने निर्णय गरेको हो ।


Advertisement


२० पुसमा चितवनको मेघौलीमा बसेको बैठकले ढल्केवर सवस्टेसनमा आवश्यक पूर्वाधार निर्माण भएपश्चात हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय ढक्लेवर– मुजफ्फरपुर ४ सय किलोभोल्ट प्रसारण लाइनबाट हुने विद्युत आयात–निर्यातको परिमाण ८ सय मेगावाट भन्दा बढी पुर्‍याउने सम्बन्धमा अध्ययन गराउने निर्णय गरेको हो ।



बैठकले अन्तर देशीय विद्युत प्रसारणलाइन मार्फत निर्यातका लागि १२० प्रतिशतसम्म क्षमता हुनेगरी जलविद्युत आयोजनालाई स्वीकृति दिने निर्णय समेत गरेको मन्त्रालयका सहसचिव नवीन राज सिंहले जानकारी दिएका छन् । यस बैठकले नेपाल र भारतबीच विद्युत आयात–निर्यात गर्न आवश्यक थप उच्च भोल्टेजस्तरका प्रसारण लाइनको अध्ययन गर्न समेत प्राविधिक समितिलाई निर्देशन दिएको छ ।

Copy link
Powered by Social Snap