२०८१ बैशाख ११

आज करोडौं पारिश्रमिक लिने कलाकारले पहिलो फिल्मबाट कति पाए ? : SYM Pure Positivity




कलिउड क्षेत्रमा मात्र हैन, बलिउड क्षेत्रमा पनि कलाकारको बढी पारिश्रमिकले कहिलेकाहीँ चर्चा पाउने गर्छ। तर पछिल्लो समय बढी पारिश्रमिक लिनु सामान्य हुन थालिसकेको छ। बलिउडमा जति धेरै चलचित्रहरू बने पनि अधिकांश सफल हुन्छन्।

चलचित्र हिट भएअनुसार कलाकारहरूले आफ्नो पारिश्रमिक बढाउँदै लगेका छन्। अभिनेता फिल्म खेलेबापत् कति पारिश्रमिक लिन्छन्? फ्यानहरूलाई त्यतिकै चासो हुन्छ। चासो हुनु पनि स्वाभाविक हो। बलिउड अभिनेताका फ्यान नेपालमा पनि उत्तिकै छन्।



Advertisement



हालैको एक अन्तर्वार्तामा आलिया भट्टले आफ्नो पहिलो फिल्मका लागि १५ लाख भारू पाएको बताइन्। १९ वर्षको उमेरमा आलियाले फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट आफ्नो करियर सुरू गरेकी थिइन् । खर्च गर्नुको सट्टा उनले आफ्नो पहिलो कमाई आमालाई दिएको बताएकी थिइन्।

आलियाजस्तै आज बलिउडमा यस्ता धेरै कलाकार छन् जसले फिल्मका लागि करोडौं शुल्क लिने गर्छन्। तर के तपाईंलाई थाहा छ उनले आफ्नो पहिलो फिल्मको लागि कति पारिश्रमिक लिए? 

अमिताभ बच्चन


आजभन्दा ५० वर्षअघि अमिताभ बच्चनले फिल्म ‘सात हिन्दुस्तानी’बाट सिनेमा जगतमा डेब्यू गरेका थिए। यो फिल्म सन् १९६९ मा रिलिज भएको थियो। उनले यो फिल्मबाट ५ हजार भारू पारिश्रमिक पाएका थिए।

आमिर खान


आमिरले सन् १९८८ मा रिलिज भएको फिल्म ‘कयामत से कयामत तक’ बाट आफ्नो अभिनय यात्रा सुरू गरेका थिए। उनले पहिलो फिल्मबाट मात्रै ११ हजार रूपैयाँ पारिश्रमिक पाएका थिए।



सलमान खान


सलमान खानले फिल्म ‘मैने प्यार किया’ बाट बलिउडमा मुख्य कलाकारको रुपमा डेब्यु गरेका थिए। उनले यो फिल्मका लागि ७५ हजार पारिश्रमिक लिएका छन्। यसअघि उनी फिल्म ‘बीवी हो तो ऐसी’ मा सहायक भूमिकामा देखिएका थिए। यो भूमिकाका लागि उनले ११ हजार पाएका थिए।

अक्षय कुमार


अक्षय पहिलो पटक फिल्म ‘सौगन्ध’मा मुख्य कलाकारको रूपमा देखा परेका थिए। यस फिल्ममा उनले शिव कृपलानीको भूमिका निर्वाह गरेका थिए। उनले यो भूमिकाका लागि ५१ हजार भारू पारिश्रमिक लिएका थिए।

शाहरुख खान


शाहरूख खानले सन् १९९२ मा आएको फिल्म ‘दिवाना’ बाट आफ्नो अभिनय करियर सुरु गरेका थिए। शाहरुखले आफ्नो पहिलो फिल्मको लागि ४ लाख पारिश्रमिक लिएका थिए। योसँगै उनले यो फिल्मबाट फिल्मफेयर अवार्ड पनि जितेका थिए।

शाहिद कपुर


शाहिदले सन् २००३ मा रिलिज भएको फिल्म ‘इश्क विश्क’ बाट आफ्नो करियर सुरू गरेका थिए। यो रोमान्टिक कमेडी फिल्ममा उनले १ लाख ५० हजार भारू पारिश्रमिक लिएका थिए।

दीपिका पादुकोण


अभिनेत्री दीपिका पादुकोणले सन् २००७ मा आएको फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा डेब्यु गरेकी थिइन्। यो फिल्म पनि ब्लकबस्टर हिट भयो। तर दीपिकाले पहिलो फिल्मको लागि एक रूपैया पनि पारिश्रमिक लिइनन्।

source: Agency

Copy link
Powered by Social Snap