२०८३ असार १४

खेलकुद

‘भ्रष्टाचार गरेको भए उहिल्यै जेल पर्थें होला नि ‘ 

‘भ्रष्टाचार गरेको भए उहिल्यै जेल पर्थें होला नि ‘ 

खेलकुद
५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्मा छिरिङ शेर्पा फेरि दोहोरिन चाहिरहेका छन् । शेर्पाले पहिलो कार्यकालमा गर्न नसकेका कामलाई पूरा गर्ने र नेपाली फुटबललाई माथिल्लो स्तरमा लैजाने योजनासहित उम्मेदवारी दिएको बताएका छन् । उनीसँग वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ भिड्दैछन् । चारवर्षे कार्यकालमा भएका काम र आगामी योजनाबारे अध्यक्षका उम्मेदवार शेर्पासँग अनलाइनखबरकर्मी गोविन्दराज नेपालले गरेको कुराकानी : आफ्नो चारवर्षे कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ? हामी आउँदा लिग नभएको ३–४ वर्ष भइसकेको थियो । रंगशाला पुनर्निर्माण गर्नुपर्ने अवस्थामा थियो । च्यासलको अवस्था उस्तै थियो । एएफसीसँग आग्रह गरेर हेड क्वाटरमा सिट स्कोरबोर्ड राख्यौं र लिगका लागि पूर्वाधारका हिसाबले स्ट्याण्डर्ड मेन्टेन गर्‍यौं । ३–४ वर्ष लिग नहुँदा धेरै खेलाडीले फुटबल छाडेको अवस्था थियो ।...
नवयुग भन्छन्- अनुभवी खेलाडी टोलीमा भएको भए प्रदर्शन अझ राम्रो हुन्थ्यो

नवयुग भन्छन्- अनुभवी खेलाडी टोलीमा भएको भए प्रदर्शन अझ राम्रो हुन्थ्यो

खेलकुद
कुवेतमा सम्पन्न एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको प्रतियोगितामा सहभागी भएर नेपाली राष्ट्रिय फुटबल स्वदेश फर्किएको छ। चीनमा आयोजना हुने एसियन कपको छनोटका लागि कुवेत गएको नेपाली टोली बिहीबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो। टोली स्वदेश फर्किए पनि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी भने नेपाल फर्किएका छैनन्। उनी तीन महिनाको विदामा प्रशिक्षक कुवेतमा नै रहेका हुन्। समूहमा 'ए' मा परेको नेपालले तीन खेल खेल्दा कुनै पनि खेलमा जित निकाल्न सकेन। नेपाली टोलीका कप्तान नवयुग श्रेष्ठले नयाँ खेलाडीको प्रदर्शन सन्तोषजनक भएको बताए। केही सिनियर खेलाडीविना छनोट खेल्न गएको नेपाली टोलीबाट केही नयाँ खेलाडीले सुरूआतमा केही डराएर खेलेको तर निरन्तरको अभ्यासपछि भने सबै खेलाडीले राम्रो खेलेको बताए।   ‘टिममा प्रायजसो नयाँ भाइहरू छन्। उनीहरूको प्रदर्...
नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित

नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित

खेलकुद
काठमाडौं । नेपाली युवा महिला क्रिकेट टोली आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोट प्रतियोगितामा थाइल्यान्डसँग ४९ रनले पराजित भएको छ । मंगलबार मलेसियाको यूकेएम–वाईएसडी क्रिकेट ओभलमा नेपालकी कप्तान कृतिका मरासिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेकी थिइन् । त्यसपछि ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो । ९० रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ४० रन बनाउँदा सबै विकेट गुमायो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग १० विकेटले हारेपछि नेपालको विश्वकप खेल्ने सम्भावना कमजोर बनेको थियो । नेपालले तेस्रो खेलमा भुटानलाई ४ विकेटले हराएको थियो । आज थाइल्यान्डसँग हारेपछि नेपालको सम्भावना लगभग समाप्त भएको छ । ९० रनको लक्ष्य पछ्याएको नेपालका कुनै पनि ब्याट्सम्...
दक्षिण कोरियाले चिलीलाई हरायो

दक्षिण कोरियाले चिलीलाई हरायो

खेलकुद
काठमाडौं । ह्युङ–मिन सन र ही–चेन ह्वाङको गोलमा दक्षिण कोरियाले सोमबार मैत्रीपूर्ण खेलमा दश खेलाडीमा सीमित चिलीलाई २–० हराएको छ ।  डेजियोन विश्वकप रंगशालामा ह्वाङको गोलबाट घरेलु टोली दक्षिण कोरियाले १२औँ मिनेटमा अग्रता लिएको थियो । ५२औँ मिनेटमा एलेक्स इबाकाचले रातो कार्डको सामना गरेपछि चिली १० खेलाडीमा सीमित भएको थियो । इन्जुरी समयमा सनले अर्को गोल थपेपछि दक्षिण कोरियाले विजय हासिल गरेको हो ।  दक्षिण कोरिया यसअघि ब्राजिलसँग ५–१ ले पराजित भएको थियो । त्यस्तै चिलीको यो लगातार तेस्रो हार हो । यसअघि चिली विश्वकप छनोटको खेलमा ब्राजिल र उरुग्वेसँग पराजित भएको थियो ।  ...
नेपाललाई धक्का, ओपनरद्वय कुशल र आसिफ घाइते

नेपाललाई धक्का, ओपनरद्वय कुशल र आसिफ घाइते

खेलकुद
काठमाडौं । आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय शृंखला खेल्न अमेरिका भ्रमणमा रहेको नेपाली टोलीका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख दुवैजना घाइते भएका छन् ।  Advertisement दुवैको खुट्टामा चोट लागेका कारण शृंखलाको पहिलो खलमा फिट हुने सम्भावना कम रहेको नेपाल क्रिकेट संघ क्यानले शुक्रबार जनाएको छ । क्यानको मिडिया कमिटीका सदस्य भानु सिग्देलकाअनुसार सुवास खकुरेललाई टोलीमा समावेश गरिने छ । विकेटकिपर तथा ब्याट्सम्यान सुवासले नेपालमा सम्पन्न बन्द सत्रमा प्रशिक्षण गरेका थिए । बन्द प्रशिक्षणमा विकेटकिपर र ब्याट्सम्यानको भूमिका सुवासको प्रदर्शन सन्तोषजनक रहेको सिग्देलले बताएका छन् ।  अमेरिका भ्रमण नेपालले नेपाली अल स्टार्स र ह्युस्टन हरिकेन्सविरुद्ध अभ्यास खेल खेलेको थियो । नेपाली अल स्टार्ससँग चार विकेटले पराजित भएको नेपाली टोलीले हरिक...
एनआरटी ‘प्रि-सिजन’ टुरका लागि मलेसिया जाने

एनआरटी ‘प्रि-सिजन’ टुरका लागि मलेसिया जाने

खेलकुद
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको न्युरोड टिम (एनआरटी)ले प्रि-सिजन खेलका लागि मलेसिया भ्रमण गर्ने भएको छ । Advertisement एनआरटीले मलेसियाको पेनाङमा हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेल्न लागेको हो । उक्त प्रतियोगिता पेनाङका सहर प्रमुख मिस्टर याङले पद बहाली ग्रहण गरेको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको हो । २८ जुनदेखि २ जुलाईसम्म हुने प्रतियोगितामा एनआरटीसहित मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र बंगलादेश प्रिमियर लिगको क्लब मुक्तिजोधा सङसद केसीले प्रतिस्पर्धा गर्नेछन् ।  २० हजार दर्शक क्षमता भएको पेनाङ सिटी रंगशालामा हुने प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ । उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ ।  ‘‘अर्को सिजन हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको तयारी स...
प्लानिङ ब्वाइज ‘बी’ डिभिजनमा उक्लियो

प्लानिङ ब्वाइज ‘बी’ डिभिजनमा उक्लियो

खेलकुद
काठमाडौं । फागुराम थारूको ह्याट्रिकप्रेरित प्लानिङ ब्वाइज युनाइटेड शुक्रबार सहिद स्मारक ‘सी’ डिभिजन लिगको अन्तिम खेलमा ओसिस क्लबलाई ५–० ले हराएको छ । जितसँगै प्लानिङ ब्वाइज सहिद स्मारक ’बी’ डिभिजन लिगमा बढुवा भएको छ । Advertisement जितसँगै १३ खेलबाट ३१ अंक जोडेको प्लानिङ ब्वाइज शीर्ष स्थानमा उक्लिएको छ । समान ३१ अंक जोडेको झापा फुटबल क्लब दोस्रो स्थानमा छ । एक खेलअघि नै ‘बी’ डिभिजन लिगमा स्थान सुरक्षित गरेको झापाले आजै अन्तिम खेलमा स्वयम्भू क्लबसँग प्रतिस्पर्धा गर्दै छ ।  हारसँगै ओसिस भने रेलिगेसनमा परेको छ । ओसिस र वीरगञ्ज युथ एकेडेमी रेलिगेसनमा परेका हुन् ।  ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा प्लानिङको जितमा फागुराम थारूले ह्याट्रिक गोल गरे । उनले तेस्रो मिनेटमा गरेको गोलबाट प्लानिङ ब्वाइजले अग्रता लिएको थियो । आठौँ मिन...
नेपाली अल स्टार्सविरुद्ध ब्याटिङ गर्दै नेपाल 

नेपाली अल स्टार्सविरुद्ध ब्याटिङ गर्दै नेपाल 

खेलकुद
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय श्रृङ्खला खेल्नका लागि अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज (बिहीबार) नेपाली अल स्टार्ससँग अभ्यास खेल खेल्दैछ । नेपाली अल स्टार्सविरुद्ध नेपाली टोलीले पहिलो ब्याटिङ गर्ने भएको छ ।  Advertisement अमेरिकाको ह्युस्टनस्थित पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा अल स्टार्सका कप्तान पृथु बास्कोटाले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।  नेपाली टिमः सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, देव खनाल, रोहितकुमार पौडेल, आशिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल र आदिल आलम । नेपाली अल स्टार्सः पृथु बास्कोटा (कप्तान), आन्द्रेस गोउस, उदय कौल, नितिश कुमार, मार्टे कैन, गौरब बजाज, हेथ रिचार्डस्, विपुल शर्मा, आदील भट्टी, हरमीत सिंह, बसन्त रेग...
ब्राजिलको जितमा नेइमारको दुई गोल

ब्राजिलको जितमा नेइमारको दुई गोल

खेलकुद
काठमाडौं । नेइमारले पेनाल्टीमा दुई गोल गरेको खेलमा ब्राजिलले मैत्रीपूर्ण खेलमा दक्षिण कोरियामाथि ५–१ को विजय हासिल गरेको छ ।  Advertisement दक्षिण कोरियाको सियोलको विश्वकप रंगशालामा ब्राजिलले सातौँ मिनेटमा रिचार्लिसनको गोलबाट अग्रता लिएको थियो । घरेलु टोलीका वि जो ह्वाङले ३१औं मिनेटमा बराबरी गोल फर्काए । पहिलो हाफ सकिन दुई मिनेट बाँकी हुँदा नेइमारले पेनाल्टीमा गरेको गोलबाट ब्राजिलले पुनः अग्रता लियो । ५७औँ मिनेटमा नेइमारले पेनाल्टीमै अर्को गोल थपे । ब्राजिलका फिलिप कौटिन्होले ८०औँ मिनेटमा चौथो गोल गरे । इन्जुरी समयमा गाब्रियल जिससले अर्को गोल गरेपछि ब्राजिलले फराकिलो जित निकालेको हो ।  ब्राजिलले अब अर्को मैत्रीपूर्ण खेल जापानसँग खेल्ने छ । त्यसपछि ब्राजिलले अर्जेन्टिनाविरुद्ध फिफा विश्वकप छनोटको खेल खेल्नेछ । तथापि ब्राजिल दक्षिण अमेरिक...
यूएईविरुद्ध अमेरिकाको जित

यूएईविरुद्ध अमेरिकाको जित

खेलकुद
काठमाडौं । नेपाल सम्मिलित आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखला खेल्नुअघि अमेरिकाले युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध चार विकेटको विजय हासिल गरेको छ ।  Advertisement अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग–२ मै स्कटल्यान्ड र यूएई सम्मिलित त्रिदेशीय शृंखलामा विजय हासिल गरेको हो । टेक्ससको पियरल्यान्डस्थित मुसा क्रिकेट मैदानमा यूएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २०३ रन बनायो भने २०४ रनको लक्ष्य अमेरिकाले ४४.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।  जितसँगै अमेरिकाले १९ खेलबाट १८ अंक जोडेको छ । अमेरिका चौथो स्थानमा छ । २० खेलबाट २२ अंक जोडेको युएई तेस्रो स्थानमा छ । ३२ खेलबाट ४० अंक जोडेको ओमान शीर्ष स्थानमा छ भने १९ खेलबाट २८ अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छ । १२ खेल...