२०८१ बैशाख १६

खेलकुद

प्लानिङ ब्वाइज ‘बी’ डिभिजनमा उक्लियो

प्लानिङ ब्वाइज ‘बी’ डिभिजनमा उक्लियो

खेलकुद
काठमाडौं । फागुराम थारूको ह्याट्रिकप्रेरित प्लानिङ ब्वाइज युनाइटेड शुक्रबार सहिद स्मारक ‘सी’ डिभिजन लिगको अन्तिम खेलमा ओसिस क्लबलाई ५–० ले हराएको छ । जितसँगै प्लानिङ ब्वाइज सहिद स्मारक ’बी’ डिभिजन लिगमा बढुवा भएको छ । Advertisement जितसँगै १३ खेलबाट ३१ अंक जोडेको प्लानिङ ब्वाइज शीर्ष स्थानमा उक्लिएको छ । समान ३१ अंक जोडेको झापा फुटबल क्लब दोस्रो स्थानमा छ । एक खेलअघि नै ‘बी’ डिभिजन लिगमा स्थान सुरक्षित गरेको झापाले आजै अन्तिम खेलमा स्वयम्भू क्लबसँग प्रतिस्पर्धा गर्दै छ ।  हारसँगै ओसिस भने रेलिगेसनमा परेको छ । ओसिस र वीरगञ्ज युथ एकेडेमी रेलिगेसनमा परेका हुन् ।  ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा प्लानिङको जितमा फागुराम थारूले ह्याट्रिक गोल गरे । उनले तेस्रो मिनेटमा गरेको गोलबाट प्लानिङ ब्वाइजले अग्रता लिएको थियो । आठौँ मिन...
नेपाली अल स्टार्सविरुद्ध ब्याटिङ गर्दै नेपाल 

नेपाली अल स्टार्सविरुद्ध ब्याटिङ गर्दै नेपाल 

खेलकुद
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय श्रृङ्खला खेल्नका लागि अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज (बिहीबार) नेपाली अल स्टार्ससँग अभ्यास खेल खेल्दैछ । नेपाली अल स्टार्सविरुद्ध नेपाली टोलीले पहिलो ब्याटिङ गर्ने भएको छ ।  Advertisement अमेरिकाको ह्युस्टनस्थित पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा अल स्टार्सका कप्तान पृथु बास्कोटाले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।  नेपाली टिमः सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, देव खनाल, रोहितकुमार पौडेल, आशिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल र आदिल आलम । नेपाली अल स्टार्सः पृथु बास्कोटा (कप्तान), आन्द्रेस गोउस, उदय कौल, नितिश कुमार, मार्टे कैन, गौरब बजाज, हेथ रिचार्डस्, विपुल शर्मा, आदील भट्टी, हरमीत सिंह, बसन्त रेग...
ब्राजिलको जितमा नेइमारको दुई गोल

ब्राजिलको जितमा नेइमारको दुई गोल

खेलकुद
काठमाडौं । नेइमारले पेनाल्टीमा दुई गोल गरेको खेलमा ब्राजिलले मैत्रीपूर्ण खेलमा दक्षिण कोरियामाथि ५–१ को विजय हासिल गरेको छ ।  Advertisement दक्षिण कोरियाको सियोलको विश्वकप रंगशालामा ब्राजिलले सातौँ मिनेटमा रिचार्लिसनको गोलबाट अग्रता लिएको थियो । घरेलु टोलीका वि जो ह्वाङले ३१औं मिनेटमा बराबरी गोल फर्काए । पहिलो हाफ सकिन दुई मिनेट बाँकी हुँदा नेइमारले पेनाल्टीमा गरेको गोलबाट ब्राजिलले पुनः अग्रता लियो । ५७औँ मिनेटमा नेइमारले पेनाल्टीमै अर्को गोल थपे । ब्राजिलका फिलिप कौटिन्होले ८०औँ मिनेटमा चौथो गोल गरे । इन्जुरी समयमा गाब्रियल जिससले अर्को गोल गरेपछि ब्राजिलले फराकिलो जित निकालेको हो ।  ब्राजिलले अब अर्को मैत्रीपूर्ण खेल जापानसँग खेल्ने छ । त्यसपछि ब्राजिलले अर्जेन्टिनाविरुद्ध फिफा विश्वकप छनोटको खेल खेल्नेछ । तथापि ब्राजिल दक्षिण अमेरिक...
यूएईविरुद्ध अमेरिकाको जित

यूएईविरुद्ध अमेरिकाको जित

खेलकुद
काठमाडौं । नेपाल सम्मिलित आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखला खेल्नुअघि अमेरिकाले युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध चार विकेटको विजय हासिल गरेको छ ।  Advertisement अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग–२ मै स्कटल्यान्ड र यूएई सम्मिलित त्रिदेशीय शृंखलामा विजय हासिल गरेको हो । टेक्ससको पियरल्यान्डस्थित मुसा क्रिकेट मैदानमा यूएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २०३ रन बनायो भने २०४ रनको लक्ष्य अमेरिकाले ४४.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो ।  जितसँगै अमेरिकाले १९ खेलबाट १८ अंक जोडेको छ । अमेरिका चौथो स्थानमा छ । २० खेलबाट २२ अंक जोडेको युएई तेस्रो स्थानमा छ । ३२ खेलबाट ४० अंक जोडेको ओमान शीर्ष स्थानमा छ भने १९ खेलबाट २८ अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छ । १२ खेल...
निशान र चन्द्रमालाई स्वर्ण

निशान र चन्द्रमालाई स्वर्ण

खेलकुद
काठमाडौं । निशान थापा र चन्द्रमा थापा क्षेत्री मंगलबार पारा राष्ट्रिय खेलकुदको उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगितामा होचापुड्कातर्फ पहिलो भएका छन् । Advertisement त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा निशान पुरुष २०० मिटर दौडमा पहिलो भएका हुन् । देवराज घिमिरे दोस्रो तथा मानबहादुर श्रेष्ठ तेस्रो भए । चन्द्रमाले महिला १०० मिटर दौडमा शीर्ष स्थान हासिल गरिन् । सिर्जना सेन्चुरी दोस्रो तथा छोरीमाया थापा तेस्रो भए । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपाल पारा एथलेटिक्स संघको तत्त्वाधानमा सञ्चालित प्रतियोगिताको बहिरा क्षेत्रतर्फ महिला २०० मिटर दौडमा जयन्ती विष्टले स्वर्ण, पूजा बास्तोलाले रजत र हीरामाया घलेले कास्पदक जिते । सो स्पर्धाको पुरुषमा अजय कर्ण, सौगात पोखरेल र उर्गेन गुरुङ क्रमशः शीर्ष तीन स्थानमा रहे । पुरुष...
कागेश्वरी मनोहरालाई खेलकुद नगरी बनाउने मेयरको घोषणा

कागेश्वरी मनोहरालाई खेलकुद नगरी बनाउने मेयरको घोषणा

खेलकुद
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले आगामी पाँच वर्षभित्र आफ्नो नगरलाई खेलकुद नगरीका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।  Advertisement १५औं गणतन्त्र दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै मेयर कार्कीले सुसंस्कृत नगरका रूपमा कागेश्वरी मनोहरालाई विकास गर्ने अभियानमा खेलकुदको ठूलो महत्व हुने विचार राखे ।  “कुनै पनि समाज, नगर र देशको विकासमा खेलकुदको भूमिका निकै ठूलो रहने गर्छ । विश्वका धेरै ठूला सहर र देशको पहिचान खेलकुदले बोकेका छन्,” मेयर कार्कीले भने, “खेलकुद कुनै पनि समाजको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका लागि महत्वपूर्ण माध्यम हो । हामीले पनि खेलकुदको माध्यमबाट सुसंस्कृत कागेश्वरी मनोहरा बनाउने अभियान थालेका छौँ ।” मेयर कार्कीले संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसँगको सहकार्यमा नगरभरी नै...
खेलाडी बिदाइमा मन्त्रीले भने– क्यानको निर्णय सबैले मान्नुपर्छ

खेलाडी बिदाइमा मन्त्रीले भने– क्यानको निर्णय सबैले मान्नुपर्छ

खेलकुद
काठमाडौं । अमेरिकामा आयोजना हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृंखला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ । शनिबार नेपाल क्रिकेट संघ (क्यान)ले सिरिजका लागि अमेरिकाको टेक्सस जाने नेपाली टोलीलाई बिदाइ गरेको हो । Advertisement नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायत पदाधिकारीले बिदाइ गरे । त्यसक्रममा मन्त्री गहतराजले खेलाडीलाई दबाबविहीन भएर खेल्न आग्रह गरे । उनले सरकारले नेपाली क्रिकेटलाई चिन्दा क्यानलाई चिन्ने भएकाले क्यानको निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने धारणा राखे । पछिल्लोपटक क्रिकेटमा देखिएको विवादलाई आफूहरू नै मिलेर समाधान गर्ने र त्यसमा खेलाडीले ध्यान नदिन उनले आग्रह गरे । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले लिग–२ मा अझै ...
महेन्द्रनगरले जित्यो धनगढी सुपर लिग

महेन्द्रनगरले जित्यो धनगढी सुपर लिग

खेलकुद
धनगढी । धनगढी सुपर लिग ट्वान्टी २० क्रिकेट प्रतियोगिताको उपाधि महेन्द्रनगर क्रिकेट एकेडेमीले जितेको छ । शनिबार धनगढीको लिटल फ्लावर क्लबलाई २२ रनले पराजित गर्दै महेन्द्रनगर च्याम्पियन बनेको हो । विजेता महेन्द्रनगरले नगद दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो । उपविजेता लिटल फ्लावरले एक लाखमा चित्त बुझायो । शनिबार कैलालीको धनगढीस्थित प्रदेश प्रहरीको मैदानमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ थालेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । जवाफमा लिटल फ्लावरले १८.३ ओभरमा सबै विकेट गुमाउँदै ११८ रन मात्रै बनाउन सक्यो । Advertisement लिटल फ्लावरका दीपक बोहराले सर्वाधिक ४१ रन बनाए । नरेन भट्टले १८, अभिषेक पालले १३ र सन्दीप खत्रीले १२ रन जोडे । बलिङतर्फ महेन्द्रनगरका सन्तोष भट्टले चार विकेट लिए । हेमन्त धामी र वि...
टी–ट्वान्टी लिग प्रतियोगिताका लागि खुला टेन्डर आह्वान

टी–ट्वान्टी लिग प्रतियोगिताका लागि खुला टेन्डर आह्वान

खेलकुद
काठमाडौं । नेपाल टी–२० लिगको टेन्डर खुला नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको नेपाल टी–ट्वान्टी लिग प्रतियोगितामा टिम खरिदका लागि खुला टेन्डर आह्वान गरिएको छ ।  Advertisement अगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि टिम खरिद गर्न इच्छुक लगानीकर्तालाई टेन्डर आह्वान गरिएको क्यानद्वारा आज सार्वजनिक प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । क्यानले औचारिकरूपमा पहिलोपटक आयोजना गर्न लागेको उक्त प्रतियोगिताको टेन्डरको मिति भने यही जेठ २७ गतेसम्मलाई तोकेको छ ।  क्यानको गत मंगलबार बसेको बोर्ड बैठकले ६ वटा नामलाई अनुमोदन गरेको थियो । जसमा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र सुदूर पश्चिम रहेका छन् । ...
कान्तिपुर हाफ म्याराथन जेठ तेस्रो साता

कान्तिपुर हाफ म्याराथन जेठ तेस्रो साता

खेलकुद
काठमाडौं । कान्तिपुर पब्लिकेसन्सले आयोजना गर्ने कान्तिपुर हाफ म्याराथनको दशौँ संस्करण जेठ २१ गते हुने भएको छ ।  म्याराथनमा यसपटक ४ हजार धावकले प्रतिस्पर्धा गर्ने जनाइएको छ । प्रतियोगितामा तीन विधामा धावकले प्रतिस्पर्धा गर्नेछन् । २१.१ किलोमिटरको हाफ म्याराथन, ५ किलोमिटरको कर्पोरेट म्याराथन र ह्विलचियर गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ ।  हाफ म्याराथनको महिला र पुरुष स्पर्धाका विजेताले १ लाख रुपैयाँ पुरस्कार जित्नेछन् । उपविजेताले ५० हजार, तेस्रो हुनेले ३० हजार, चौँथो हुनेले २० हजार र पाँचौँ हुनेले १० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् । हाफ म्याराथनमा १८ वर्ष पुगेका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् । Advertisement कान्तिपुर पब्लिकेसन्सले पहिलो सात संस्करण आफ्नो वार्षिकोत्सवको दिन फागुन ७ गते आयोजना गर्दै आएको थियो । तर, आठौँ संस...