२०८१ जेष्ठ १

प्लानिङ ब्वाइज ‘बी’ डिभिजनमा उक्लियो

काठमाडौं । फागुराम थारूको ह्याट्रिकप्रेरित प्लानिङ ब्वाइज युनाइटेड शुक्रबार सहिद स्मारक ‘सी’ डिभिजन लिगको अन्तिम खेलमा ओसिस क्लबलाई ५–० ले हराएको छ । जितसँगै प्लानिङ ब्वाइज सहिद स्मारक ’बी’ डिभिजन लिगमा बढुवा भएको छ ।


Advertisement


जितसँगै १३ खेलबाट ३१ अंक जोडेको प्लानिङ ब्वाइज शीर्ष स्थानमा उक्लिएको छ । समान ३१ अंक जोडेको झापा फुटबल क्लब दोस्रो स्थानमा छ । एक खेलअघि नै ‘बी’ डिभिजन लिगमा स्थान सुरक्षित गरेको झापाले आजै अन्तिम खेलमा स्वयम्भू क्लबसँग प्रतिस्पर्धा गर्दै छ । 

हारसँगै ओसिस भने रेलिगेसनमा परेको छ । ओसिस र वीरगञ्ज युथ एकेडेमी रेलिगेसनमा परेका हुन् । 

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा प्लानिङको जितमा फागुराम थारूले ह्याट्रिक गोल गरे । उनले तेस्रो मिनेटमा गरेको गोलबाट प्लानिङ ब्वाइजले अग्रता लिएको थियो । आठौँ मिनेटमा फागुरामले अग्रता दोब्बर बनाए । १६औँ मिनेटमा फागुरामले ह्याट्रिक गरेका थिए । 

आजै आरसी ३२ ले दशरथ रंगशाला साँगा स्पोटर््स एकेडेमीसँग गोलरहित बराबरी खेल्यो । आरसी ३२ तेस्रो स्थानमा रह्यो । समान २३ अंक जोडेका सानेपा र पुल्चोक स्पोर्ट्स क्लब क्रमशः चौथो र पाँचौं स्थानमा रह्यो । 

Copy link
Powered by Social Snap