२०८० चैत्र १५

दक्षिण कोरियाले चिलीलाई हरायो

काठमाडौं । ह्युङ–मिन सन र ही–चेन ह्वाङको गोलमा दक्षिण कोरियाले सोमबार मैत्रीपूर्ण खेलमा दश खेलाडीमा सीमित चिलीलाई २–० हराएको छ । 



Advertisement



डेजियोन विश्वकप रंगशालामा ह्वाङको गोलबाट घरेलु टोली दक्षिण कोरियाले १२औँ मिनेटमा अग्रता लिएको थियो । ५२औँ मिनेटमा एलेक्स इबाकाचले रातो कार्डको सामना गरेपछि चिली १० खेलाडीमा सीमित भएको थियो । इन्जुरी समयमा सनले अर्को गोल थपेपछि दक्षिण कोरियाले विजय हासिल गरेको हो । 

दक्षिण कोरिया यसअघि ब्राजिलसँग ५–१ ले पराजित भएको थियो । त्यस्तै चिलीको यो लगातार तेस्रो हार हो । यसअघि चिली विश्वकप छनोटको खेलमा ब्राजिल र उरुग्वेसँग पराजित भएको थियो । 

Copy link
Powered by Social Snap