२०८१ जेष्ठ १

नेपाली अल स्टार्सविरुद्ध ब्याटिङ गर्दै नेपाल 

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय श्रृङ्खला खेल्नका लागि अमेरिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज (बिहीबार) नेपाली अल स्टार्ससँग अभ्यास खेल खेल्दैछ । नेपाली अल स्टार्सविरुद्ध नेपाली टोलीले पहिलो ब्याटिङ गर्ने भएको छ । 


Advertisement


अमेरिकाको ह्युस्टनस्थित पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा अल स्टार्सका कप्तान पृथु बास्कोटाले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्ने भएको हो । 

नेपाली टिमः सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, देव खनाल, रोहितकुमार पौडेल, आशिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल र आदिल आलम ।

नेपाली अल स्टार्सः पृथु बास्कोटा (कप्तान), आन्द्रेस गोउस, उदय कौल, नितिश कुमार, मार्टे कैन, गौरब बजाज, हेथ रिचार्डस्, विपुल शर्मा, आदील भट्टी, हरमीत सिंह, बसन्त रेग्मी, मोहम्मद इलियास ।
 

Copy link
Powered by Social Snap