२०८३ असार १३

खेलकुद

काभा बिच भलिबलमा महिलातर्फ दोस्रो भयो नेपाल

काभा बिच भलिबलमा महिलातर्फ दोस्रो भयो नेपाल

खेलकुद
१४ पुस, काठमाडौं । सेन्ट्रल एसियन भलिबल संघ (काभा) बिच भलिबल प्रतियोगितामा नेपाली महिला टिम उपविजेता बनेको छ । बंगलादेशको कक्स बजारमा बिहीबार भएको फाइनलमा श्रीलंकासँग २–० को सेटमा पराजित भएपछि नेपाल उपाधि यात्रामा असफल रह्यो । भेट्रान भलिबल खेलाडीद्वय कोपिला उप्रेती र कमला पुनको जोडीले नेपाललाई यो सफलता दिलाएका हुन् । नेपाल भलिबल संघले खुला छनोटमार्फत खेलाडी छनोट गरी करिव एक महिनाको तयारीसहित टिमलाई बंगलादेश पठाएको थियो । प्रतियोगितामा बंगलादेश र उज्वेकिस्तानका २–२ तथा नेपाल र श्रीलंका गरी ६ टिमको सहभागिता थियो । पुरुषतर्फ नेपाल फाइनलमा यही प्रतियोगिताको पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारसम्मिलित नेपाली टिम फाइनलमा पुगेको छ । बिहीबार भएको सेमिफाइनलमा नेपालले कीर्गिस्तानलाई २–० को सेटमा पराजित गरेको हो । प्रतियोगितामा बंगलादेश, नेपाल, कीर्...
नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

खेलकुद
५ पुस, काठमाडौं । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली बंगलादेश प्रस्थान गरेको छ । नेपाली टोली मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको हो । नेपाली टोलीलाई यसअघि आइतबार एक कार्यक्रम आयोजना गर्दै नेपाल भलिबल संघले बिदाइ गरेको थियो । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप ७ देखि ११ पुससम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ । चार टिम सहभागी प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा हुनेछ । नेपालले च्याम्पियनसिपको पहिलो खेलमा पुस ७ गते आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो खेलमा ८ गते श्रीलंकासँग र ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ । लिग चरणपछि पहिलो र चौथो तथा दोस्रो र तेस्रो स्थानमा रहनेबीच सेमिफाइनल ख...
पब्जी विश्वकपमा नेपाली दुई टोली अन्तिम चरणमा, कम्तिमा १–१ करोड रकम पाउने निश्चित

पब्जी विश्वकपमा नेपाली दुई टोली अन्तिम चरणमा, कम्तिमा १–१ करोड रकम पाउने निश्चित

SYM शुद्ध सकारात्मकता, खेलकुद
४ पुस, काठमाडौं । युद्ध मैदानमा भिडन्त गरेको महसुस गराउने अनलाइन गेम पब्जीको विश्वकप च्याम्पियनसिपमा नेपालका दुई टोली अन्तिम चरणमा पुगेका छन् । चिनियाँ कम्पनी टेन्सेन्टले नोभेम्बर १० देखि मलेसियामा आयोजना गरेको प्रतियोगितामा सहभागी नेपालका द रियल सोल्जर्स (डीआरएस) र ट्रेन्ड टु किल (टिटुके) अन्तिम चरणमा पुगेका हुन् । सेमिफाइनल चरण पार गरेका नेपाली दुई टोलीले आगामी जनवरी महिनामा हुने फाइनलमा विभिन्न देशका १४ समूहविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने छ । पब्जीको विश्वकप प्रतियोगितामा विश्वभरबाट ४८ समूहले सहभागिता जनाएका थिए । नेपालबाट डीआरएस, टिटुके र स्काइलाइट्स गेमिङले सहभागिता जनाएका थिए । स्काइलाइट्स भने प्रतियोगिताबाट बाहिरिसकेको छ । प्रतियोगिताको १६  टोलीको सूचीमा नेपालको डीआरएस पाँचौ स्थानमा छ । पहिलोमा भियतनामको टोली छ । नेपालको टिटुके समूह प्रतियोगिताको अन्तिम च...
Who might win the Golden Glove? Here are 4 strong contenders

Who might win the Golden Glove? Here are 4 strong contenders

खेलकुद
२ पुस, काठमाडौं । फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपरलाई गोल्डेन ग्लोभ्स प्रदान गरिने गरिन्छ । विश्वका उत्कृष्ट गोलकिपरहरुले यो अवार्ड जितिसकेका छन् । जर्मनीका ओलिभकर कहान, स्पेनका इकर कासिलास, इटलीका जियानलुजी बफोन, जर्मनीका मानुएल नोएर लगायतले यो अवार्ड जितेका छन् । सन् १९९४ को विश्वकपदेखि उत्कृष्ट गोलकिपरलाई गोल्डेन ग्लोभ्स अवार्ड प्रदान गर्न थालिएको हो । शोभियत रुसका पूर्व गोलकिपर लेभ यासिनको सम्मानमा १९९४ देखि २००६ सम्म यो अवार्ड दिइएको थियो भने त्यसपछि एडिडास गोल्डेन ग्लोभ्स नाम राखिएको हो । फिफाको प्राविधि समूह वा प्राविधिक कमिटीले उत्कृष्ट गोलकिपरको छनोट गर्नेछन् ।  गाेलकिपरकाे प्रदर्श, सेभ, पेनाल्टीसुटआउट लगायत क्षेत्रलाई हेरेर उत्कृष्ट छनोट गरिन्छ । जारी विश्वकपमा गोलकिपरहरुले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेका थिए । सेमिफाइनलसम्म पुगेका चा...
मोरक्कोका प्रशिक्षक भन्छन् : तेस्रो स्थानका लागि कोशिस गर्नेछौं

मोरक्कोका प्रशिक्षक भन्छन् : तेस्रो स्थानका लागि कोशिस गर्नेछौं

खेलकुद
२९ मंसिर, काठमाडौं । विश्वकपको सेमिफाइनलमा पराजित भएपछि मोरक्कोका प्रशिक्षक वालिद रेग्रागुईले आफूहरु तेस्रो स्थानका लागि कोशिस गर्ने बताएका छन् । विश्वकपको फाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको कीर्तिमान बनाएको मोरक्को बुधबार फाइनल प्रवेशका लागि भएको खेलमा फ्रान्ससँग २–० ले पराजित भयो । मोरक्कोले तेस्रो स्थानका लागि शनिबार क्रोएसियासँग खेल्नेछ । रेग्रागुईले हालसम्म अवसर नपाएका खेलाडीलाई सो खेलमा मौका दिने बताएका छन् । प्रशिक्षकले रेग्रागुईले भने, ‘मानसिक रुपमा यो निकै गाह्रो समय हो । म अहिलेसम्म खेल्ने मौका नपाएका खेलाडीलाई तेस्रो स्थानको लागि हुने खेलमा अवसर दिन्छु । मोरक्को टिममा राम्रो एकता बनाइराख्न पनि यो जरुरी छ । मोरक्को फुटबल एउटा उचाइमा पुग्न धेरै टाढा छैन ।’ उनले साविक विजेताविरुद्धको खेलमा आफ्ना तीन प्रमुख डिफेन्डर चोटका कारण मैदान बाहिर रहेका कारण घाटा भएको ब...
मेसी सर्वकालीन महान् फुटबलर भएकोमा शंका छ र?

मेसी सर्वकालीन महान् फुटबलर भएकोमा शंका छ र?

खेलकुद
मंगलबार राती कतारको लुसेलस्थित लुसेल रंगशालामा लिओनल मेसीको जादूमयी खेलको साक्षी बन्न पाइयो। फिफा विश्वकप २०२२ को सेमिफाइनलमा मेसीले क्रोएसियाविरूद्ध आफ्नो कला देखाए। अर्जेन्टिना ३-० ले विजयी हुँदै उपाधि नजिक पुग्यो। हुन त मेसीले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सविरूद्धको खेलमा पनि उस्तै खेल देखाएका थिए। आफ्नो वरिपरि विपक्षीलाई फनफनी नचाउने र बललाई उत्कृष्ट तवरबाट पास निकाल्दा लुसेल रंगशालामा समर्थकको हुटिङ एक्कासी बढ्थ्यो। क्रोएसियाविरूद्ध पहिलो गोल मेसीले पेनाल्टीबाट गरेका थिए। दोस्रो गोल अल्भारेजले गर्दा तेस्रो गोलमा मेसीको कला देखियो। उनले विपक्षी बक्सभित्र उत्कृष्ट तरिकाबाट बल घुमाउँदै अल्भारेजका लागि पास मिलाइदिएका थिए। मैदानमा मेसीलाई विपक्षीले चार तिरबाट घेरिरहँदा उनको खुट्टा बलबाट बल फुत्किदैन थियो। विपक्षी शारीरिक रूपमा आफूभन्दा बलिया भए पनि मेसीले विपक्षीलाई छक्याइ...
ज्ञानेन्द्रले किन रोजे २२ नम्बरको जर्सी ?

ज्ञानेन्द्रले किन रोजे २२ नम्बरको जर्सी ?

खेलकुद
९ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल झण्डै ६ महिनापछि टिममा फर्किएका छन् । नेपालले केन्यासँग खेलेको टी–२० बाट उनी टिममा मात्र फर्किएनन्, नयाँ जर्सीमा देखिए । जबकी उनले ११ नम्बर जर्सी लगाउँदै आएका थिए । मेहबुब आलम राष्ट्रिय टिममा हुँदा उनले ११ नम्बर जर्सी लगाउँथे र ज्ञानेन्द्रले २२ नम्बर लगाउँथे । आलमले खेल्न छाडेपछि ज्ञानेन्द्रले ११ नम्बर लगाए । पछिल्ला वर्षहरुमा ज्ञानेन्द्र राष्ट्रिय टिमका नियमित सदस्य बने । पारस खड्काले राजीनामा दिएपछि कप्तानको जिम्मेवारी पनि सम्हाले । तर खेलाडीहरुको वर्गीकरणमा असन्तुष्टि जनाएको भन्दै नेपाल क्रिकेट संघले २९ मंसिर २०७८ मा मल्लसहित चार खेलाडीमाथि कारबाही ग¥यो । मल्ल कप्तानबाट हटाइयो भने चार जनालाई ६ महिना सेन्ट्रल कन्ट्याक्टमा नराख्ने निर्णय गर्‍यो । खेलाडीहरुले त्यसको विरोध गरे । कारबाही फिर...
नवौं राष्ट्रिय खेलकुदका लागि भदौ २५ सम्म नाम दर्ता गर्नुपर्ने

नवौं राष्ट्रिय खेलकुदका लागि भदौ २५ सम्म नाम दर्ता गर्नुपर्ने

खेलकुद
१५ साउन, काठमाडौं । असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौं बृहत राष्ट्रिय खेलकुदका लागि सहभागी ११ वटै टिमले एक महिना अगावै अर्थात् भदौ २५ गतेसम्म खेलाडीको नाम दर्ता गर्नुपर्ने भएको छ । आइतबार बसेको राखेपको ११३औं बोर्ड बैठकले भदौ १५ गतेसम्म खेलाडी संख्या र २५ गतेसम्म नामसहित दर्ता गर्नुपर्ने निर्णय गरेको हो । नवौं खेलकुदमा सात प्रदेश, गैरआवासीय नेपाली संघसहित चारवटा विभागीय टिमको सहभागिता हुनेछ । संघले पनि विभागीय टिमको मान्यता पाएको छ । बैठकले एउटा टिममा अधिकतम ३३९ महिला र ३६९ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने गरी कोटा निर्धारण गरेको छ । नवौं खेलकुदमा ३६ नियमित र २ प्रदर्शनी खेलका कुल ४ सय ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सम्बन्धित जिल्ला र प्रदेशका खेलाडीलाई मात्र सहभागी गराउन पनि निर्णय गरेको छ । खेलाडी छनोटका लागि प्रदेशलाई आवश्यक बजेट उपलब्ध गराउने निर्...
पूर्वाधारविना अघि बढ्दै स्केटबोर्डिङ

पूर्वाधारविना अघि बढ्दै स्केटबोर्डिङ

खेलकुद
३१ असार, काठमाडौं । तपाईं हामीले कहिलेकाहीँ खुला सडकमा वा पार्कमा स्केट बोर्डमा रमाइरहेका युवाहरु देख्ने गरेका छौं । त्यही आधारमा अधिकांशले यसलाई मनोरञ्जनको साधनका रुपमा पनि बुझ्ने गरेका छन् । कमैलाई जानकारी छ, यो खेलको एउटा विधा हो । अघिल्लो वर्ष जापानको टोकियोमा आयोजित ग्रिष्मकालीन ओलम्पिकदेखि यो खेल ओलम्पिककै आधिकरिक खेलका रुपमा दर्ज भइसकेको छ । २०७२ सालमा राष्ट्रिय खेलकुद परिषद (राखेप)मा दर्ता भएसँगै यो खेलले आधिकारिक मान्यता पाएको हो । टोकियो ओलम्पिकदेखि स्टेकबोर्डिङ नेपालको कान्छो ओलम्पिक खेल विधाका रुपमा उदाएको छ । स्थापनाकालदेखि नै अच्युत खनालले यो संस्थाको नेतृत्व गरिरहेका छन् । स्थापनाको सात वर्षअन्तरालमा नेपालमा स्केटबोर्डिङ खेलाडी संख्या उकालो लागिरहेको छ । तर, अहिलेसम्म व्यवसायिक खेलाडीको संख्या अत्यन्त न्यून छ भने नेपालमा अहिलेसम्म एउटा पनि अत्याधु...
एन्फा निर्वाचन आज, कसले मार्ला बाजी ?

एन्फा निर्वाचन आज, कसले मार्ला बाजी ?

खेलकुद, देश
काठमाडौं । नेपाली फुटबलको सर्वाेच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन आज हुँदै छ । आज हुने निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको छुट्टाछुट्टै प्यानलसहित उमेदवारी  रहेको छ । अध्यक्ष पदका लागि शेर्पा र नेम्वाङ समूहसहित फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजिव पौडेलसमेत चुनावी मैदानमा रहेका छन् । स्वतन्त्र उमेदवार पौडेलको प्यानल भने छैन ।  चार वर्षअघिको निर्वाचनमा हाल फिफाबाट १० वर्ष प्रतिबन्धमा रहेका गणेश थापाको २१ वर्षे कार्यकालको चरम विरोध गर्दै ‘चेन्ज एन्फा अभियान’ मा लागेका शेर्पा र नेम्वाङले एउटै समूहबाट चुनाव जितेका थिए । तर, अहिले यस चुनावी मैदानमा शेर्पा र नेम्वाङ  एकले अर्कोलाई सिध्याउने खेलमा लागेका छन् । तामझाका साथ उम्मेदवारी घोषणा गरेका दुवै पक्ष शनिबारदेखि मतदातालाई होटलमा राखेका छन्। शेर्पा पक्षले आफ्...