२०८० चैत्र १५

खेलकुद

ज्ञानेन्द्रले किन रोजे २२ नम्बरको जर्सी ?

ज्ञानेन्द्रले किन रोजे २२ नम्बरको जर्सी ?

खेलकुद
९ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल झण्डै ६ महिनापछि टिममा फर्किएका छन् । नेपालले केन्यासँग खेलेको टी–२० बाट उनी टिममा मात्र फर्किएनन्, नयाँ जर्सीमा देखिए । जबकी उनले ११ नम्बर जर्सी लगाउँदै आएका थिए । मेहबुब आलम राष्ट्रिय टिममा हुँदा उनले ११ नम्बर जर्सी लगाउँथे र ज्ञानेन्द्रले २२ नम्बर लगाउँथे । आलमले खेल्न छाडेपछि ज्ञानेन्द्रले ११ नम्बर लगाए । पछिल्ला वर्षहरुमा ज्ञानेन्द्र राष्ट्रिय टिमका नियमित सदस्य बने । पारस खड्काले राजीनामा दिएपछि कप्तानको जिम्मेवारी पनि सम्हाले । तर खेलाडीहरुको वर्गीकरणमा असन्तुष्टि जनाएको भन्दै नेपाल क्रिकेट संघले २९ मंसिर २०७८ मा मल्लसहित चार खेलाडीमाथि कारबाही ग¥यो । मल्ल कप्तानबाट हटाइयो भने चार जनालाई ६ महिना सेन्ट्रल कन्ट्याक्टमा नराख्ने निर्णय गर्‍यो । खेलाडीहरुले त्यसको विरोध गरे । कारबाही फिर...
नवौं राष्ट्रिय खेलकुदका लागि भदौ २५ सम्म नाम दर्ता गर्नुपर्ने

नवौं राष्ट्रिय खेलकुदका लागि भदौ २५ सम्म नाम दर्ता गर्नुपर्ने

खेलकुद
१५ साउन, काठमाडौं । असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौं बृहत राष्ट्रिय खेलकुदका लागि सहभागी ११ वटै टिमले एक महिना अगावै अर्थात् भदौ २५ गतेसम्म खेलाडीको नाम दर्ता गर्नुपर्ने भएको छ । आइतबार बसेको राखेपको ११३औं बोर्ड बैठकले भदौ १५ गतेसम्म खेलाडी संख्या र २५ गतेसम्म नामसहित दर्ता गर्नुपर्ने निर्णय गरेको हो । नवौं खेलकुदमा सात प्रदेश, गैरआवासीय नेपाली संघसहित चारवटा विभागीय टिमको सहभागिता हुनेछ । संघले पनि विभागीय टिमको मान्यता पाएको छ । बैठकले एउटा टिममा अधिकतम ३३९ महिला र ३६९ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने गरी कोटा निर्धारण गरेको छ । नवौं खेलकुदमा ३६ नियमित र २ प्रदर्शनी खेलका कुल ४ सय ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । सम्बन्धित जिल्ला र प्रदेशका खेलाडीलाई मात्र सहभागी गराउन पनि निर्णय गरेको छ । खेलाडी छनोटका लागि प्रदेशलाई आवश्यक बजेट उपलब्ध गराउने निर्...
पूर्वाधारविना अघि बढ्दै स्केटबोर्डिङ

पूर्वाधारविना अघि बढ्दै स्केटबोर्डिङ

खेलकुद
३१ असार, काठमाडौं । तपाईं हामीले कहिलेकाहीँ खुला सडकमा वा पार्कमा स्केट बोर्डमा रमाइरहेका युवाहरु देख्ने गरेका छौं । त्यही आधारमा अधिकांशले यसलाई मनोरञ्जनको साधनका रुपमा पनि बुझ्ने गरेका छन् । कमैलाई जानकारी छ, यो खेलको एउटा विधा हो । अघिल्लो वर्ष जापानको टोकियोमा आयोजित ग्रिष्मकालीन ओलम्पिकदेखि यो खेल ओलम्पिककै आधिकरिक खेलका रुपमा दर्ज भइसकेको छ । २०७२ सालमा राष्ट्रिय खेलकुद परिषद (राखेप)मा दर्ता भएसँगै यो खेलले आधिकारिक मान्यता पाएको हो । टोकियो ओलम्पिकदेखि स्टेकबोर्डिङ नेपालको कान्छो ओलम्पिक खेल विधाका रुपमा उदाएको छ । स्थापनाकालदेखि नै अच्युत खनालले यो संस्थाको नेतृत्व गरिरहेका छन् । स्थापनाको सात वर्षअन्तरालमा नेपालमा स्केटबोर्डिङ खेलाडी संख्या उकालो लागिरहेको छ । तर, अहिलेसम्म व्यवसायिक खेलाडीको संख्या अत्यन्त न्यून छ भने नेपालमा अहिलेसम्म एउटा पनि अत्याधु...
एन्फा निर्वाचन आज, कसले मार्ला बाजी ?

एन्फा निर्वाचन आज, कसले मार्ला बाजी ?

खेलकुद, देश
काठमाडौं । नेपाली फुटबलको सर्वाेच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन आज हुँदै छ । आज हुने निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको छुट्टाछुट्टै प्यानलसहित उमेदवारी  रहेको छ । अध्यक्ष पदका लागि शेर्पा र नेम्वाङ समूहसहित फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजिव पौडेलसमेत चुनावी मैदानमा रहेका छन् । स्वतन्त्र उमेदवार पौडेलको प्यानल भने छैन ।  चार वर्षअघिको निर्वाचनमा हाल फिफाबाट १० वर्ष प्रतिबन्धमा रहेका गणेश थापाको २१ वर्षे कार्यकालको चरम विरोध गर्दै ‘चेन्ज एन्फा अभियान’ मा लागेका शेर्पा र नेम्वाङले एउटै समूहबाट चुनाव जितेका थिए । तर, अहिले यस चुनावी मैदानमा शेर्पा र नेम्वाङ  एकले अर्कोलाई सिध्याउने खेलमा लागेका छन् । तामझाका साथ उम्मेदवारी घोषणा गरेका दुवै पक्ष शनिबारदेखि मतदातालाई होटलमा राखेका छन्। शेर्पा पक्षले आफ्...
‘भ्रष्टाचार गरेको भए उहिल्यै जेल पर्थें होला नि ‘ 

‘भ्रष्टाचार गरेको भए उहिल्यै जेल पर्थें होला नि ‘ 

खेलकुद
५ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्मा छिरिङ शेर्पा फेरि दोहोरिन चाहिरहेका छन् । शेर्पाले पहिलो कार्यकालमा गर्न नसकेका कामलाई पूरा गर्ने र नेपाली फुटबललाई माथिल्लो स्तरमा लैजाने योजनासहित उम्मेदवारी दिएको बताएका छन् । उनीसँग वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ भिड्दैछन् । चारवर्षे कार्यकालमा भएका काम र आगामी योजनाबारे अध्यक्षका उम्मेदवार शेर्पासँग अनलाइनखबरकर्मी गोविन्दराज नेपालले गरेको कुराकानी : आफ्नो चारवर्षे कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ? हामी आउँदा लिग नभएको ३–४ वर्ष भइसकेको थियो । रंगशाला पुनर्निर्माण गर्नुपर्ने अवस्थामा थियो । च्यासलको अवस्था उस्तै थियो । एएफसीसँग आग्रह गरेर हेड क्वाटरमा सिट स्कोरबोर्ड राख्यौं र लिगका लागि पूर्वाधारका हिसाबले स्ट्याण्डर्ड मेन्टेन गर्‍यौं । ३–४ वर्ष लिग नहुँदा धेरै खेलाडीले फुटबल छाडेको अवस्था थियो ।...
नवयुग भन्छन्- अनुभवी खेलाडी टोलीमा भएको भए प्रदर्शन अझ राम्रो हुन्थ्यो

नवयुग भन्छन्- अनुभवी खेलाडी टोलीमा भएको भए प्रदर्शन अझ राम्रो हुन्थ्यो

खेलकुद
कुवेतमा सम्पन्न एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणको प्रतियोगितामा सहभागी भएर नेपाली राष्ट्रिय फुटबल स्वदेश फर्किएको छ। चीनमा आयोजना हुने एसियन कपको छनोटका लागि कुवेत गएको नेपाली टोली बिहीबार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो। टोली स्वदेश फर्किए पनि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी भने नेपाल फर्किएका छैनन्। उनी तीन महिनाको विदामा प्रशिक्षक कुवेतमा नै रहेका हुन्। समूहमा 'ए' मा परेको नेपालले तीन खेल खेल्दा कुनै पनि खेलमा जित निकाल्न सकेन। नेपाली टोलीका कप्तान नवयुग श्रेष्ठले नयाँ खेलाडीको प्रदर्शन सन्तोषजनक भएको बताए। केही सिनियर खेलाडीविना छनोट खेल्न गएको नेपाली टोलीबाट केही नयाँ खेलाडीले सुरूआतमा केही डराएर खेलेको तर निरन्तरको अभ्यासपछि भने सबै खेलाडीले राम्रो खेलेको बताए।   ‘टिममा प्रायजसो नयाँ भाइहरू छन्। उनीहरूको प्रदर्...
नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित

नेपाल थाइल्यान्डसँग ४९ रनले पराजित

खेलकुद
काठमाडौं । नेपाली युवा महिला क्रिकेट टोली आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोट प्रतियोगितामा थाइल्यान्डसँग ४९ रनले पराजित भएको छ । मंगलबार मलेसियाको यूकेएम–वाईएसडी क्रिकेट ओभलमा नेपालकी कप्तान कृतिका मरासिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेकी थिइन् । त्यसपछि ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो । ९० रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा ४० रन बनाउँदा सबै विकेट गुमायो । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो । दोस्रो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग १० विकेटले हारेपछि नेपालको विश्वकप खेल्ने सम्भावना कमजोर बनेको थियो । नेपालले तेस्रो खेलमा भुटानलाई ४ विकेटले हराएको थियो । आज थाइल्यान्डसँग हारेपछि नेपालको सम्भावना लगभग समाप्त भएको छ । ९० रनको लक्ष्य पछ्याएको नेपालका कुनै पनि ब्याट्सम्...
दक्षिण कोरियाले चिलीलाई हरायो

दक्षिण कोरियाले चिलीलाई हरायो

खेलकुद
काठमाडौं । ह्युङ–मिन सन र ही–चेन ह्वाङको गोलमा दक्षिण कोरियाले सोमबार मैत्रीपूर्ण खेलमा दश खेलाडीमा सीमित चिलीलाई २–० हराएको छ ।  डेजियोन विश्वकप रंगशालामा ह्वाङको गोलबाट घरेलु टोली दक्षिण कोरियाले १२औँ मिनेटमा अग्रता लिएको थियो । ५२औँ मिनेटमा एलेक्स इबाकाचले रातो कार्डको सामना गरेपछि चिली १० खेलाडीमा सीमित भएको थियो । इन्जुरी समयमा सनले अर्को गोल थपेपछि दक्षिण कोरियाले विजय हासिल गरेको हो ।  दक्षिण कोरिया यसअघि ब्राजिलसँग ५–१ ले पराजित भएको थियो । त्यस्तै चिलीको यो लगातार तेस्रो हार हो । यसअघि चिली विश्वकप छनोटको खेलमा ब्राजिल र उरुग्वेसँग पराजित भएको थियो ।  ...
नेपाललाई धक्का, ओपनरद्वय कुशल र आसिफ घाइते

नेपाललाई धक्का, ओपनरद्वय कुशल र आसिफ घाइते

खेलकुद
काठमाडौं । आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय शृंखला खेल्न अमेरिका भ्रमणमा रहेको नेपाली टोलीका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख दुवैजना घाइते भएका छन् ।  Advertisement दुवैको खुट्टामा चोट लागेका कारण शृंखलाको पहिलो खलमा फिट हुने सम्भावना कम रहेको नेपाल क्रिकेट संघ क्यानले शुक्रबार जनाएको छ । क्यानको मिडिया कमिटीका सदस्य भानु सिग्देलकाअनुसार सुवास खकुरेललाई टोलीमा समावेश गरिने छ । विकेटकिपर तथा ब्याट्सम्यान सुवासले नेपालमा सम्पन्न बन्द सत्रमा प्रशिक्षण गरेका थिए । बन्द प्रशिक्षणमा विकेटकिपर र ब्याट्सम्यानको भूमिका सुवासको प्रदर्शन सन्तोषजनक रहेको सिग्देलले बताएका छन् ।  अमेरिका भ्रमण नेपालले नेपाली अल स्टार्स र ह्युस्टन हरिकेन्सविरुद्ध अभ्यास खेल खेलेको थियो । नेपाली अल स्टार्ससँग चार विकेटले पराजित भएको नेपाली टोलीले हरिक...
एनआरटी ‘प्रि-सिजन’ टुरका लागि मलेसिया जाने

एनआरटी ‘प्रि-सिजन’ टुरका लागि मलेसिया जाने

खेलकुद
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको न्युरोड टिम (एनआरटी)ले प्रि-सिजन खेलका लागि मलेसिया भ्रमण गर्ने भएको छ । Advertisement एनआरटीले मलेसियाको पेनाङमा हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेल्न लागेको हो । उक्त प्रतियोगिता पेनाङका सहर प्रमुख मिस्टर याङले पद बहाली ग्रहण गरेको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको हो । २८ जुनदेखि २ जुलाईसम्म हुने प्रतियोगितामा एनआरटीसहित मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र बंगलादेश प्रिमियर लिगको क्लब मुक्तिजोधा सङसद केसीले प्रतिस्पर्धा गर्नेछन् ।  २० हजार दर्शक क्षमता भएको पेनाङ सिटी रंगशालामा हुने प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ । उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ ।  ‘‘अर्को सिजन हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगको तयारी स...