२०८१ बैशाख २३

यूएईविरुद्ध अमेरिकाको जित

काठमाडौं । नेपाल सम्मिलित आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखला खेल्नुअघि अमेरिकाले युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध चार विकेटको विजय हासिल गरेको छ । 


Advertisement


अमेरिकाले आईसीसी क्रिकेट विश्वकप लिग–२ मै स्कटल्यान्ड र यूएई सम्मिलित त्रिदेशीय शृंखलामा विजय हासिल गरेको हो । टेक्ससको पियरल्यान्डस्थित मुसा क्रिकेट मैदानमा यूएईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २०३ रन बनायो भने २०४ रनको लक्ष्य अमेरिकाले ४४.५ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । 

जितसँगै अमेरिकाले १९ खेलबाट १८ अंक जोडेको छ । अमेरिका चौथो स्थानमा छ । २० खेलबाट २२ अंक जोडेको युएई तेस्रो स्थानमा छ । ३२ खेलबाट ४० अंक जोडेको ओमान शीर्ष स्थानमा छ भने १९ खेलबाट २८ अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छ । १२ खेलबाट १२ अंक जोडेको नेपाल पुछारबाट दोस्रो स्थानमा छ । 

युएईका लागि चुन्दनगापोयल रिजवानले सबैभन्दा धेरै ६७ रन बनाएका थिए । बासिल शारफुले ३२ रन बनाउँदा कासिफ दाउद र राहुल भाटियाले समान अविजित २४ रन बनाएका थिए । चिराग सुरीले २३ रन बनाए भने बृत्या अरविन्दले १९ रन बनाएका थिए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

अमेरिकाका अलि खान र क्यामरोन स्टेभेन्सनले समान दुई विकेट लिए । सौरभ नेत्रभाल्कर, स्टेभन टेलर र नोसथुस केन्जिगेले समान एक–एक विकेट लिए । २०४ रनको लक्ष्य पूरा गर्नेक्रममा अमेरिकाका सुशान्त मोदानीले ७० रन बनाए । कप्तान मोनांक पटेलले ४९ रन बनाउँदा गजानन्द सिंहले अविजित २९ रन बनाए । एरोन जोन्सले १५ र टेलरले १४ रन जोडे । 

युएईका अमहद राजाले तीन विकेट लिँदा बासिल हमीद, अकिफ राजा र भाटियाले एक एक विकेट लिए । अमेरिकाले अब शनिबार युएईसँग नै प्रतिस्पर्धा गर्नेछ । 

Copy link
Powered by Social Snap