२०८१ बैशाख ११

नेपाललाई धक्का, ओपनरद्वय कुशल र आसिफ घाइते

काठमाडौं । आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय शृंखला खेल्न अमेरिका भ्रमणमा रहेको नेपाली टोलीका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख दुवैजना घाइते भएका छन् । 


Advertisement


दुवैको खुट्टामा चोट लागेका कारण शृंखलाको पहिलो खलमा फिट हुने सम्भावना कम रहेको नेपाल क्रिकेट संघ क्यानले शुक्रबार जनाएको छ । क्यानको मिडिया कमिटीका सदस्य भानु सिग्देलकाअनुसार सुवास खकुरेललाई टोलीमा समावेश गरिने छ ।

विकेटकिपर तथा ब्याट्सम्यान सुवासले नेपालमा सम्पन्न बन्द सत्रमा प्रशिक्षण गरेका थिए । बन्द प्रशिक्षणमा विकेटकिपर र ब्याट्सम्यानको भूमिका सुवासको प्रदर्शन सन्तोषजनक रहेको सिग्देलले बताएका छन् । 

अमेरिका भ्रमण नेपालले नेपाली अल स्टार्स र ह्युस्टन हरिकेन्सविरुद्ध अभ्यास खेल खेलेको थियो । नेपाली अल स्टार्ससँग चार विकेटले पराजित भएको नेपाली टोलीले हरिकेन्सलाई २९ रनले हराएको थियो । 

अमेरिका र ओमान सम्मिलित आईसीसी विश्वकप लिग–२ को त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला नेपालले पहिलो खेल जेठ २६ गते ओमानविरुद्ध खेल्ने छ । 

आईसिसी विश्वकप लिग–२ मा नेपालको तालिका :
जेठ २६ गते – नेपालविरुद्ध ओमान
जेठ २८ गते – अमेरिकाविरुद्ध नेपाल
जेठ ३१ गते – नेपालविरुद्ध ओमान
असार १ गते – अमेरिकाविरुद्ध नेपाल

Copy link
Powered by Social Snap