निशान र चन्द्रमालाई स्वर्ण
काठमाडौं । निशान थापा र चन्द्रमा थापा क्षेत्री मंगलबार पारा राष्ट्रिय खेलकुदको उपत्यकाव्यापी पारा एथलेटिक्स प्रतियोगितामा होचापुड्कातर्फ पहिलो भएका छन् ।
Advertisement
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा निशान पुरुष २०० मिटर दौडमा पहिलो भएका हुन् । देवराज घिमिरे दोस्रो तथा मानबहादुर श्रेष्ठ तेस्रो भए ।
चन्द्रमाले महिला १०० मिटर दौडमा शीर्ष स्थान हासिल गरिन् । सिर्जना सेन्चुरी दोस्रो तथा छोरीमाया थापा तेस्रो भए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपाल पारा एथलेटिक्स संघको तत्त्वाधानमा सञ्चालित प्रतियोगिताको बहिरा क्षेत्रतर्फ महिला २०० मिटर दौडमा जयन्ती विष्टले स्वर्ण, पूजा बास्तोलाले रजत र हीरामाया घलेले कास्पदक जिते ।
सो स्पर्धाको पुरुषमा अजय कर्ण, सौगात पोखरेल र उर्गेन गुरुङ क्रमशः शीर्ष तीन स्थानमा रहे ।
पुरुष...









