२०८१ जेष्ठ १

खेलकुद

नाडाल, जोकोभिच र जोरेभ तेस्रो चरणमा

नाडाल, जोकोभिच र जोरेभ तेस्रो चरणमा

खेलकुद
काठमाडौं । राफेल नाडालले बुधबार राति ग्रान्ड स्लाममा ३००औं जित निकाल्ने क्रममा कोरेन्टिन मौटेटलाई ३–० को सोझो सेटमा हराउँदै फ्रेन्च ओपनको तेस्रो चरणमा स्थान बनाएका छन् । नाडालसँगै विश्व नम्बर एक नोभाक जोकोभिच र एलेक्जेन्डर जेरेभले पनि तेस्रो चरणमा स्थान बनाउन सफल भए । Advertisement सबैभन्दा धेरै २१ ग्रान्डस्लाम उपाधि जितेका नाडालले फ्रेन्च ओपनमा १३ उपाधि जितिसकेका छन् । स्पेनका ३५ वर्षे नाडालले फ्रान्सका २३ वर्षे मौटेटलाई ६–३, ६–१, ६–४ को स्कोरमा हराएका हुन् । नाडी र खुट्टाको चोटका कारण नाडालको तयारीमा असर पुगेको थियो । तर, पहिलो दुई चरणको प्रदर्शन हेर्दा नाडाल १४औं उपाधि जितका लागि बलियो दाबेदार देखिएका छन् । “तयारी राम्रो हुन नसकेकाले यस्तो राम्रो हुन्छ भन्ने लागेको थिएन । तर, राम्रो भइरहेको छ । तथापि, प्रत्येक दिन मलाई स्वास्थ्यको चिन्ता हुन्छ,”...
कप्तान सन्दीपसहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन 

कप्तान सन्दीपसहित ६ राष्ट्रिय क्रिकेटरलाई ज्यापको प्रायोजन 

खेलकुद
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ६ जना क्रिकेटरलाई क्रिकेट खेल सामग्री उत्पादन गर्ने भारतीय कम्पनी ‘ज्याप क्रिकेट’ ले प्रायोजन गरेको छ ।  राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेसहित विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारी लगायत युवा क्रिकेटरहरू सुनिल धमला, भीम सार्की, देव खनाल र आदील अन्सारीलाई ज्यापले एक वर्षको लागि खेल सामग्री प्रायोजन गरेको हो । यसअघि नै ज्यापले महिला राष्ट्रिय क्रिकेटर सबनम राईलाई पनि प्रायोजन गरेको थियो । सम्झौतापछि खेलाडीहरूले खेल्ने सबैखाले प्रतियोगितामा ज्यापको ब्याट लगायत अन्य सामग्री प्रयोग गर्नेछन् ।  Advertisement बुधबार काठमाडौंमा आयोजित कार्यक्रम माझ ज्यापका संस्थापक सीईओ भव्य भारध्वज र क्रिकेटरहरूले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता बापत एक वर्षको लागि ज्यापले अनुबन्धित क्रिकेटरहरूलाई सम्पूर्ण क...
नेपाली फुटबल टोलीको कप्तानी नवयुगले गर्ने

नेपाली फुटबल टोलीको कप्तानी नवयुगले गर्ने

खेलकुद
काठमाडौं । एएफसी एसियन कप २०२३ को छनोट प्रतियोगितामा नेपालको कप्तानी नवयुग श्रेष्ठले गर्ने भएका छन् ।  Advertisement कुवेतमा हुने प्रतियोगिताका लागि नेपाली टोली भोलि कतार जाँदै छ । कतारबाट नेपाली टोली जेठ २१ गते कुवेत जाने टिम म्यानेजर मधुसुदन उपाध्यायले बताए ।  कतारमै दुई मैत्रीपूर्ण खेलका लागि प्रयास भइरहेको उपाध्यायले बताए ।  नेपालले पहिलो खेल यही जेठ २५ गते जोर्डनविरुद्ध, २८ गते कुवेत र ३१ गते इन्डोनेसियाविरुद्ध खेल्ने छ । प्रतियोगिता कुवेतमा हुने छ ।  नेपाली टोलीगोलकिपर : दीप कार्की, विशाल सुनार र टिकेन्द्रसिंह थापा ।रक्षक : विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल ।मिडफिल्डर : आकाश बुढामगर, एरिक विष्ट, नीरकुमार राई, पुजन उपरकोटी, रोशन रानामगर, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, सन...
नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि

नवौँ राष्ट्रिय खेलकुद असोज २८ देखि

खेलकुद
काठमाडौं । यही जेठमा हुने भनिएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो असोज २८ गतेदेखि हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नवौँ राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म गर्ने निर्णय गरेको हो ।  Advertisement युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले भने, “बजेट कार्यान्वयनको सवालमा सार्वजनिक खरिद ऐनलाई टेकेर गर्ने कुरा भयो । हामीले १३औँ सागमा जस्तै फास्ट ट्रयाकमा काम गर्ने योजना बनाएका थियौँ । तर, विविध कारणले त्यस्तो नहुने भएकाले हामीले प्रतियोगिताको मिति सार्नुपरेको हो ।” यसअघि, यही जेठ २२ गतेदेखि २८ गतेसम्म उक्त खेलकुद गर्ने निर्णय गरिएको थियो । ...
लाइपजिगले जित्यो जर्मन कपको उपाधि

लाइपजिगले जित्यो जर्मन कपको उपाधि

खेलकुद
काठमाडौं । नौ खेलाडीमा सीमित लाइपजिगले शनिबार राति फ्रेइबर्गलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै जर्मन कपको उपाधि जितेको छ । लाइपजिगको क्लब इतिहासमा जितेको यो पहिलो उपाधि हो । Advertisement निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । म्याक्सिमिलियन इगेस्टिनले १९औँ मिनेटमा गरेको गोलबाट फ्रेइबर्गले अग्रता लिएको थियो । ५७औँ मिनेटमा मार्सेल हाल्सटेनबर्गले रातो कार्डको सामना गरेपछि लाइपजिग १० खेलाडीमा सीमित बनेको थियो । तर, त्यसको फाइदा फ्रेइबर्गले लिन सकेन । ७६औँ मिनेटमा क्रिस्टोफर एनकुकुले बराबरी गोल फर्काए । निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएपछि ३० मिनेट समय थप गरिएको थियो । थप समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट खेलको निर्णय लिइएको हो । थप समय सकिन दुई मिनेट बाँकी हुँदा केभिन काम्पलले दोस्रो...
बाँकेबाट भोजराजले दिए एन्फा केन्द्रीय सदस्यमा उमेदवारी

बाँकेबाट भोजराजले दिए एन्फा केन्द्रीय सदस्यमा उमेदवारी

खेलकुद
काठमाडौं । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले आसन्न अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचनमा केन्द्रीय सदस्य पदमा उमेदवारी दिएका छन् । उनले शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सदस्यमा उमेदवारी दर्ता गराएका हुन् । Advertisement शुक्रबार एन्फाको अध्यक्षका लागि पंकजविक्रम नेम्वाड तथा वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्कासहित पाँचजनाले केन्द्रीय सदस्यका लागि उमेदवारी दिएका छन् । पश्चिम क्षेत्रको फुटबल विकासमा नेतृत्वदायी भूमिका खेलेका बाँके अध्यक्ष शाहीले विगत २५ वर्षदेखि बाँके जिल्ला फुटबल संघको विभिन्न पदमा रहेर काम गरेका छन् । बाँके जिल्ला फुटबल संघमा सदस्यका रूपमा प्रवेश गरेका शाहीले दुई कार्यकाल महासचिव र तेस्रो कार्यकालका लागि अध्यक्ष भएर नेतृत्व गरिरहेका छन । बाँकेमा सुरुआतमा उनले ओशोनिक क्लबमार्फत ग्रासरुट कार्यक्रम सञ्च...
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जेठ ९ देखि 

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जेठ ९ देखि 

खेलकुद
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२१/२२ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप यही जेठ ९ गतेदेखि हुने भएको छ । Advertisement गोकर्ण गल्फ क्लबमा हुने प्रतियोगिता जेठ १२ गतेसम्म चल्नेछ । प्रतियोगिता ७२ होलमा खेलाइने नेपाल प्रोफेसनल गल्फर एसोसिएसनका महासचिव दीपक आचार्यले बताए । प्रतियोगितामा ४० व्यावसायिक खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यससँगै १२ एमेच्योर खेलाडीले पनि प्रतिस्पर्धा गर्नेछन् । दुई चरण गरेर ३६ होलको खेलपछि कट गरिनेछ । कटपछि शीर्ष २१ र बराबरी अंक ल्याउने खेलाडीले बाँकी ३६ होलमा फाइनल चरणको प्रतिस्पर्धा गर्नेछन् । शीर्ष २१ सँगै ६ एमेच्योर खेलाडीले पनि फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका विजेताले दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । दोस्रो हुनेले एक लाख ५५ हजार र तेस्रो हुनेले एक...
एभर्टन रेलिगेशनबाट जोगियो, चेल्सीको तेस्रो स्थान पक्का 

एभर्टन रेलिगेशनबाट जोगियो, चेल्सीको तेस्रो स्थान पक्का 

खेलकुद
काठमाडौं । क्रिष्टल प्यालेससँग दुई–शून्यले पछि परेको स्थिति उल्टाउँदै एभर्टनले बिहीबार राति इङ्लिस प्रिमियर लिगमा ३–२ को विजय हासिल गरेको छ । यो रोमाञ्चक जितसँगै एभर्टनले प्रिमियर लिगमा स्थान सुरक्षित गरेको छ ।  Advertisement ६८ वर्षदेखी प्रिमियर लिग खेल्दै आएको एभर्टन जारी सिजन रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको थियो । एभर्टनको घरेलु मैदानमै क्रिष्टल प्यालेसले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । त्यससँगै एभर्टनको रेलिगेशनमा पर्ने सम्भावना झन बढेको थियो । तर, दोस्रो हाफमा फ्रांक लामपार्डको टोलीले उत्कृष्ट पुनरागमन गर्यो ।  क्रिष्टल प्यालेसले जान–फिलिप माटेटाको गोलबाट २१औं मिनेटमा अग्रता लिएको थियो । ३६औं मिनेटमा जोर्डन आयुले क्रिष्टल प्यालेसको अग्रता दोब्बर बनाएका थिए ।  एभर्टनका प्रशिक्षक लामपार्डले दोस्रो हाफमा आफ्नो रणनीति परिवर्तन...
ट्वान्टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटः युगान्डाले जित्यो शृंखला

ट्वान्टी–२० अन्तर्राष्ट्रिय महिला क्रिकेटः युगान्डाले जित्यो शृंखला

खेलकुद
काठमाडौं । युगान्डाको महिला क्रिकेट टोलीले बिहीबार नेपालविरुद्धको ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला जितेको छ । केभिन अविनोले अविजित ४२ रन बनाएपछि युगान्डाले नेपालविरुद्धको तेस्रो खेल ६ विकेटले जितेको हो ।  Advertisement कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली महिला टोलीले टस जितेर ब्याटिङ गरेको थियो । नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो । १०० रनको लक्ष्य युगान्डाले १८.२ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो ।  यससँगै युगान्डाले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा ३–० को अग्रता लिएको छ । युगान्डाले पहिलो खेल १२ रनले जितेको थियो भने दोस्रो खेलमा एक विकेटको विजय हासिल गरेको थियो ।  नेपालका लागि ज्योति पाण्डेले ४७ रज बनाएकी थिइन् । उनले ५४ बलमा पाँच चौका प्रहार गरेकी थिइन् । सीता रानामगरले १...
अमेरिका भ्रमणका लागि नेपाली टोलीको घोषणा

अमेरिका भ्रमणका लागि नेपाली टोलीको घोषणा

खेलकुद
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले बुधबार आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्सीय टिमको घोषणा गरेको छ ।  Advertisement अमेरिकामा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय श्रृखलाका लागि घोषणा गरिएको टोलीमा सुनिल धमला र विनोद भण्डारीले पुनरागमन गरेका छन् । तथापि दुवै जना पछिल्लो समय खेलेको जिम्बाब्वे ‘ए’विरुद्धको टोलीमा भने थिए । आदील अन्सारी र किशोर महतोले भने पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय टोलीमा स्थान बनाएका छन् ।  विश्वकप छनोटका रुपमा रहेको यस प्रतियोगिता ६ जुनदेखि १६ जुनसम्म हुनेछ । नेपालले पहिलो खेल ओमानविरुद्ध ९ जुनमा खेल्नेछ । दोस्रो खेल अमेरिकाविरुद्ध ११ जुनमा खेल्नेछ । ओमानविरुद्धको दोस्रो खेल नेपालले १४ जुनमा र अमेरिकाविरुद्धको दोस्रो खेल १५ जुनमा खेल्नेछ ।  पछिल्लो समय आईसीसी क...