२०८१ जेष्ठ १

ब्राजिलको जितमा नेइमारको दुई गोल

काठमाडौं । नेइमारले पेनाल्टीमा दुई गोल गरेको खेलमा ब्राजिलले मैत्रीपूर्ण खेलमा दक्षिण कोरियामाथि ५–१ को विजय हासिल गरेको छ । 


Advertisement


दक्षिण कोरियाको सियोलको विश्वकप रंगशालामा ब्राजिलले सातौँ मिनेटमा रिचार्लिसनको गोलबाट अग्रता लिएको थियो । घरेलु टोलीका वि जो ह्वाङले ३१औं मिनेटमा बराबरी गोल फर्काए ।

पहिलो हाफ सकिन दुई मिनेट बाँकी हुँदा नेइमारले पेनाल्टीमा गरेको गोलबाट ब्राजिलले पुनः अग्रता लियो । ५७औँ मिनेटमा नेइमारले पेनाल्टीमै अर्को गोल थपे । ब्राजिलका फिलिप कौटिन्होले ८०औँ मिनेटमा चौथो गोल गरे । इन्जुरी समयमा गाब्रियल जिससले अर्को गोल गरेपछि ब्राजिलले फराकिलो जित निकालेको हो । 

ब्राजिलले अब अर्को मैत्रीपूर्ण खेल जापानसँग खेल्ने छ । त्यसपछि ब्राजिलले अर्जेन्टिनाविरुद्ध फिफा विश्वकप छनोटको खेल खेल्नेछ । तथापि ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा रहेर कतार विश्वकपमा स्थान पक्का गरिसकेको छ । 

कोभिड–१९ महामारीको स्वास्थ्य प्रोटोकल पालना नगरेको भन्दै अर्जेन्टिना र ब्राजिलबीचको खेल बिचैमा रोकिएको छ । त्यही अब २३ सेप्टेम्बरमा हुने भएको हो ।

Copy link
Powered by Social Snap