२०८३ बैशाख २४

Author: Senior Editor Nima

चोलेन्द्रले लगाएका आरोपको खण्डन कामबाट गर्नेछु : न्यायाधीश राउत

चोलेन्द्रले लगाएका आरोपको खण्डन कामबाट गर्नेछु : न्यायाधीश राउत

राजनीति
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतले चोलेन्द्रशमशेर जबराले आफूमाथि लगाएका आरोपको खण्डन कामबाट गर्ने बताएका छन् । शुक्रबार काठमाडौं जिल्ला बार एसाेसिएसनकाे वार्षिक साधारणसभा तथा पद हस्तान्तरण कार्यक्रममा न्यायाधीश राउतले आफूलाई जबराले लगाएका आरोपको खण्डन सार्वजनिक मञ्चबाट नगरेर कामहरूबाट गर्ने बताएका हुन् । स्वतन्त्र न्यायपालिकाको मर्म आफूले बुझेको भन्दै उनले आफूलाई कसैले पनि खरिद गर्न नसक्ने पनि बताए ।  “ममाथि लागेका आरोपको खण्डन म गर्न म तपाईंहरूको कार्यक्रमको यो सार्वजनिक मञ्चको प्रयोग गर्दिनँ,” न्यायाधीश राउतले भने, “मेरो कामहरू हेर्नुहोला । ममाथि लागेका आरोपको खण्डन म आफ्नो कामबाट गर्नेछु ।” उनले प्रधानन्यायाधीश भएपछि न्यायपालिकामाथि गम्भीर प्रश्न उठेको भन्दै त्यही कारण गोलाप्रथा लागु गर्नुपरेको पनि बताए । जबराको इजलासले श्रीम...
राष्ट्रियसभाबाट नागरिकता विधेयक हुबहु पारित

राष्ट्रियसभाबाट नागरिकता विधेयक हुबहु पारित

राजनीति
काठमाडौं । राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित भएको छ । प्रतिनिधिसभाबाट पारित भएको विधेयक शुक्रबार राष्ट्रियसभाबाट पनि बहुमतबाट पारित भएको हो । अब प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुनेछ ।  यसअघि दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् । प्रतिनिधिसभाले कुनै परिवर्तन नगरी बहुमतबाट विधेयक पारित गरेको थियो ।  त्यसपछि विधेयक राष्ट्रियसभामा पठाइएको थियो । राष्ट्रियसभाले विधेयकलाई विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाएको थियो । तर, भदौ १५ मा विधायन समितिबाट पनि हुबहु पारित भएर आएको विधेयक आज राष्ट्रियसभाबाट पारित भएको हो । दुवै सदनबाट पुरानै अवस्थामा पारित भएको विधेयकलाई अब भने राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यव...
बारका पूर्वमहासचिव पौडेलले भने– चोलेन्द्रले आफ्ना कर्तुत छोप्न अरूको मानमर्दन गर्दै छन्

बारका पूर्वमहासचिव पौडेलले भने– चोलेन्द्रले आफ्ना कर्तुत छोप्न अरूको मानमर्दन गर्दै छन्

राजनीति
काठमाडौं । नेपाल बार एसोसिएसनका निवर्तमान महासचिव लिलामणि पौडेलले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्ना कमजोरी छोप्न अरूको मानमर्दन गरिरहेको बताएका छन् । काठमाडौं जिल्ला बार एसोसिएसनको पद हस्तान्तरण तथा वार्षिक साधारण सभामा पूर्वमहासचिव पौडेलले जबरा न्यायाधीश हुँदादेखिको इतिहास थाहा भएको भन्दै गलत मान्छेले लगाउने आरोपको औचित्य नहुने बताए ।  निलम्बित प्रधानन्यायाधीश जबराले महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा महासचिव पौडेलसहित बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश हरिकृष्ण कार्की तथा वरिष्ठ अधिवक्ता र पूर्वप्रधानन्यायाधीशहरूमाथि, न्यायाधीश नियुक्तिमा भाग खोजेको, आफैँ नियुक्तिका लागि प्रस्ताव गरेकोसहितका गम्भीर आरोप लगाएका थिए । त्यसको प्रति...
कमल थापाको राप्रपा नेपालले सहयोगीबाट पाँच करोड संकलन गर्ने 

कमल थापाको राप्रपा नेपालले सहयोगीबाट पाँच करोड संकलन गर्ने 

राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सहयोगीहरुबाट पाँच करोड रकम संकलन गर्ने तयारी गरेको छ ।  कमल थापाको अध्यक्षता रहेको स्रोत परिचालन समितिको शुक्रबारको बैठकले पाँच हजार सहयोगीबाट १० हजार रुपैयाँका दरले उक्त रकम संकलन गर्ने निर्णय गरेको पार्टीका सहमहामन्त्री दमन बस्नेतले जानकारी दिए ।  पार्टीले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आर्थिक पक्ष बलियो बनाउन नयाँ नीति तय गरिएको उनले बताए ।  “पार्टीका केन्द्रीय सदस्य तथा पदाधिकारीहरुबाट सहयोग प्राप्त गर्ने तथा स्वेच्छाले सक्दो सहयोग गर्न कार्यकर्ता, सहयोगी, शुभचिन्तक र आमजनतामा आह्वान गर्ने, त्यसको निम्ति ई सेवा, फोन पे र बैंक ट्रान्सफर जस्ता माध्यमबाट पार्टीको राष्ट्रिय वाणिज्य बैंकको खातामा सहयोग रकम जम्मा गर्न अनुरोध गर्नेसमेत निर्णय भएको छ,” उनले भने । ...
चिनियाँ पिपुल्स कंग्रेसको स्थायी समिति अध्यक्ष ली झान्सु काठमाडौं आउँदै

चिनियाँ पिपुल्स कंग्रेसको स्थायी समिति अध्यक्ष ली झान्सु काठमाडौं आउँदै

राजनीति
काठमाडौं । जनवादी गणतन्त्र चीनको नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष ली झान्सु नेपाल भ्रमणमा आउने भएका छन् । उनी भदौ २७ मा तीन दिने भ्रमणका लागि काठमाडौं आउने भएका हुन् ।  प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको निमन्त्रणामा ली नेपाल भ्रमणमा आउन लागेका स्रोतले जनाएको छ । लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख सापकोटालगायत प्रमुख दलका नेताहरूसँग भेट गर्ने बताइएको छ । ६ महिनामा चीनबाट यो तेस्रो उच्चस्तरीय भ्रमण हुन लागेको हो ।  यसअघि, गत चैतमा चीनका स्टेट काउन्सिलरसमेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौंको भ्रमण गरी उच्च राजनीतिक नेतृत्वसँग द्विपक्षीय विषयमा विस्तृत छलफल गरेका थिए । असारको अनितम सातातिर चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं आएका थिए । त्यसबेला उन...
रुपन्देहीमा एकीकृत समाजवादीकाे बटमलाइन ‘क्षेत्र नम्बर-२’

रुपन्देहीमा एकीकृत समाजवादीकाे बटमलाइन ‘क्षेत्र नम्बर-२’

राजनीति
बुटवल । नेकपा (एकीकृत समाजवादी)ले गठबन्धनमा रुपन्देहीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ लाई बटमलाइन बनाउने निर्णय गरेको छ । एकीकृत समाजवादी रुपन्देहीको बिहिबार बसेको जिल्ला सचिवालय बैठकले गठबन्धनमा प्रतिनिधि सभातर्फ २ नम्बर र प्रदेश सभातर्फ तीनवटा निर्वाचन क्षेत्र दाबी गरेर अगाडि बढ्ने निणर्य गरेको हो । केन्द्रीय राजनीतिमा भएको सहमतिलाई रुपन्देहीमा पूर्ण रूपमा कार्यान्वयन गर्ने समेत सचिवालय बैठकले निणर्य गरेको जिल्ला अध्यक्ष अविराम विश्वकर्माले जानकारी दिए । बैठकले निर्वाचनमा गठबन्धनका उमेदवारलाई जिताउने गरी लाग्ने र आवश्यक परे एक्लै पनि निर्वाचन लड्न सक्ने गरी निर्वाचनको तयारीमा जुटन कार्यकर्तालाई निर्देशन दिएको छ । एकीकृत समाजवादीले यसअघि रुपन्देहीका प्रतिनिधि सभाका पाँच र प्रदेश सभातर्फका १० वटा निर्वाचन क्षेत्रमा नामहरू सिफारिस गरिसकेको छ...
कार्यदललाई देउवाको निर्देशन– कांग्रेसलाई ‘८६ सिट’ दिएर मिलाउनू

कार्यदललाई देउवाको निर्देशन– कांग्रेसलाई ‘८६ सिट’ दिएर मिलाउनू

राजनीति
काठमाडौं । सत्ता गठबन्धनमा १०० सिटको दाबी गरेको कांग्रेसले ८६ सिटमा चित्त बुझाउने संकेत गरेको छ ।  प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसलाई ८६ सिट राखेर चुनाव लड्ने तयारी गर्न कार्यदललाई निर्देशन दिएको एक नेताले बताए ।  साथै कांग्रेसले लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई पनि जिताउने तयारी गरेको छ । सभापति देउवाले लोसपाका दुई नेताले जिताउनुपर्ने बताएको ती नेताले बताए ।  “हामी ८६ सिटमा लड्नुपर्छ । महन्थ र राजेन्द्रलाई जिताउन दुई सिट राख्नुपर्छ,” देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने ।  तर, पार्टीमा इतर समूह भने सय सिटबाट तल झर्न नहुने अडानमा छ । अन्य दललाई छाड्नै परे पनि कम्तीमा ९४ सिट कांग्रेसले पाउनुपर्ने इतर समूहको अडान रहेको ती नेताले बताए । ...
नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएका विषय सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्छ : पुन 

नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएका विषय सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्छ : पुन 

राजनीति
काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएको विषय सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।  राष्ट्रपतिसँग बुधबार शीतलनिवासमा भएको भेटमा अध्यक्ष पुष्पकमल दाहालसहित आफूहरुले नागरिकता विधेयकबारे पार्टीको धारणा स्पष्ट गरेको पुनले बताए ।  उनले वैवाहिक अंगीकृत नागरिकतामा महिला र पुरुषलाई बराबारी गर्न संविधान संशोधन गर्नुपर्ने औंल्याए ।  संविधानमै नभएको विषय नागरिकता विधेयकमा आउनुपथ्र्यो भन्नु जायज नभएको तर्क उनको छ ।  नेपाली पुरुषले विवाह गरेर ल्याएका विदेशी महिलाले अंगीकृत नागरिकता पाउने व्यवस्था भए पनि महिलाले विदेशी पुरुष विवाह गरेर ल्याउँदा के गर्ने भन्नेमा संविधान मौन रहेको उनले उल्लेख गरे ।  अहिले बाहिर सार्वजनिक बहस भएको र राष्ट्रपतिले उठाएको सवाल सही भए पनि त्यो संबोधन गर्...
सिट बाँडफाँट कार्यदल निष्कर्षमा पुग्नै सकेन, अब शीर्ष नेतृत्वले टुंग्याउने !

सिट बाँडफाँट कार्यदल निष्कर्षमा पुग्नै सकेन, अब शीर्ष नेतृत्वले टुंग्याउने !

राजनीति
काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आजपनि ठोस निष्कर्षबिना सकिएको छ । बैठकमा सिट संख्यामा सहमति नभएपछि बैठक निष्कर्षमा पुग्न असफल भएको हो । तर, कार्यदलका सदस्यहरूबीच बैठकमा दलहरूबाट आएका दाबी तथा सुझावहरूबारे शीर्ष नेतृत्वलाई जानकारी गराउने सहमति भएको छ ।  कार्यदलमा सिट बाँडफाँडको मापदण्डबारे पनि फरकफरक मत रहँदै आएको छ । कांग्रेसले १०० सिटमा दाबी गरेको छ । यस्तै, नेकपा (माओवादी केन्द्र)ले ६० सिटमा दाबी गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी (जसपा)ले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गर्दै आएको छ । ...
कमल थापाको चुनाव चिह्नबारेको मुद्दामा सर्वोच्चले दुवै पक्षलाई बोलायो

कमल थापाको चुनाव चिह्नबारेको मुद्दामा सर्वोच्चले दुवै पक्षलाई बोलायो

राजनीति
काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगबाट कमल थापा नेतृत्वको राप्रपा नेपाललाई 'तीर' चुनाव चिह्न दिनेगरी भएको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।  अब सर्वोच्चले यसबारे अर्को निर्णय नगरेसम्म आयोगले कमल थापाको राप्रपा नेपालले दाबी गरेको 'गाई' चुनाव चिह्न अरूलाई दिन पाउने छैन । सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्लको एकल इजालसले छलफलका लागि आगामी मंगलबार दुवै पक्षलाई बोलाएको छ ।  ...