२०८१ बैशाख १३

कमल थापाको राप्रपा नेपालले सहयोगीबाट पाँच करोड संकलन गर्ने 




काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सहयोगीहरुबाट पाँच करोड रकम संकलन गर्ने तयारी गरेको छ । 



Advertisement



कमल थापाको अध्यक्षता रहेको स्रोत परिचालन समितिको शुक्रबारको बैठकले पाँच हजार सहयोगीबाट १० हजार रुपैयाँका दरले उक्त रकम संकलन गर्ने निर्णय गरेको पार्टीका सहमहामन्त्री दमन बस्नेतले जानकारी दिए । 

पार्टीले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आर्थिक पक्ष बलियो बनाउन नयाँ नीति तय गरिएको उनले बताए । 



“पार्टीका केन्द्रीय सदस्य तथा पदाधिकारीहरुबाट सहयोग प्राप्त गर्ने तथा स्वेच्छाले सक्दो सहयोग गर्न कार्यकर्ता, सहयोगी, शुभचिन्तक र आमजनतामा आह्वान गर्ने, त्यसको निम्ति ई सेवा, फोन पे र बैंक ट्रान्सफर जस्ता माध्यमबाट पार्टीको राष्ट्रिय वाणिज्य बैंकको खातामा सहयोग रकम जम्मा गर्न अनुरोध गर्नेसमेत निर्णय भएको छ,” उनले भने ।

Copy link
Powered by Social Snap