२०८३ कार्तिक १२

Author: Senior Editor Nima

महामारी नियन्त्रणमा नेपाललाई सक्दो सहयोग गर्ने चीनको  घोषणा

महामारी नियन्त्रणमा नेपाललाई सक्दो सहयोग गर्ने चीनको घोषणा

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
बेइजिङ — चीनले नेपालको कोरोना महामारी नियन्त्रणमा सक्दो सहयोग गर्ने घोषणा गरेको छ। बेइजिङस्थित नेपाली दूतावासले महामारी नियन्त्रणमा चिनियाँ सहयोगका लागि सिनोफार्म र अक्सिजन सिलिन्डरका लागि चिनियाँ सिड्का भन्ने निकायसँग पहल गरिरहेका बेला चीनले पत्रकार सम्मेलन गरेरै सक्दो सहयोगको प्रतिबद्धता जनाएको हो। शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरेर चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले भने, ‘नेपालमा तीव्र गतिमा बढिरहेको कोरोना महामारीपछि उत्पन्न परिस्थितिप्रति चीनको ध्यानाकर्षण भएको छ। चीनले सबै प्रकारका सक्दो सहयोग गर्नेछ।’ Advertisement चीन र पाँच वटा दक्षिण एसियाली मुलुकका परराष्ट्रमन्त्रीबीच वैशाख दोश्रो साथा भिडियो कन्फ्रेन्स हुँदा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले कोरोना महामारीको अवस्थालाई ध्यानमा राखी नेपाललगायत सम्बन्धित मुलुकहरूलाई सह...
बिएण्डसीमा कोरोना संक्रमितका लागि २ सय शय्या

बिएण्डसीमा कोरोना संक्रमितका लागि २ सय शय्या

SYM शुद्ध सकारात्मकता, समाचार, स्वास्थ्य
झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आजदेखि २०० शय्या सञ्चालनमा ल्याएको छ। प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका सङ्क्रमितलाई धमाधम बिएण्डसी पुर्‍याउनेक्रम जारी रहेपछि अस्पतालले श्यया थप गरेको हो। सङ्क्रमितलाई उपचार गर्न सो सङ्ख्यामा शय्या सञ्चालनमा आएको अस्पतालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। Advertisement विज्ञप्तिमा भनिएको छ ‘कोरोनाका बिरामीको चाप अस्पतालमा बृद्धिभएसँगै श्यया थप गरिएको छ । हाम्रो दक्ष जनशक्ति, भौतिक पूर्वाधार तथा आधुनिक उपकरणका क्षमताले भ्याएसम्म बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको छ।’ मौज्दात रहेका ६५ भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) मध्ये गम्भीर सङ्क्रमितका लागि ५० श्यया छुट्याउने र ६० चिकित्सक सहित आवश्यक स्वास...
बिर्तामोडमा निःशुल्क टेम्पो एम्बुलेन्स सेवा सुरु

बिर्तामोडमा निःशुल्क टेम्पो एम्बुलेन्स सेवा सुरु

SYM शुद्ध सकारात्मकता, समाचार, स्वास्थ्य
झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ ।  कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान  सहयोग गर्छन् । यसका लागि चार वटा टेम्पो जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा तयारी अवस्थामा राखिएको छ ।  Advertisement नगरपालिका क्षेत्रको कुनै पनि स्थानबाट बिरामीलाई नजिकको अस्पताल पुर्याउनु परेमा टेम्पो एम्बुलेन्सले तुरुन्त सेवा दिने नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत देवराज कार्कीले बताए । नगरपालिका क्षेत्रमा बिएन्डबी, बिर्ता सिटी, मनमोहन सामुदायिक, कनकाई, कञ्चनजङ्घा र अञ्जली हस्पिटल सञ्चालित छन् । ...
कोभिड महामारी संगको लडाइ जब सम्म रहनेछ तब सम्म नकारात्मक कुराहरू बन्द – दिपक राज गिरि को प्रण

कोभिड महामारी संगको लडाइ जब सम्म रहनेछ तब सम्म नकारात्मक कुराहरू बन्द – दिपक राज गिरि को प्रण

SYM शुद्ध सकारात्मकता
आज म लेख्दैछू...बिषय: “सामाजिक संजाल “सरकार लाइ २ शब्द कसैले केहि भनोस एकाथरि कार्यकर्ताहरू अरिंगाल झै झम्टिम्छन्!! गालि गलौच मै उत्रिन्छन्!!अर्को तिर,गॉउमा भैसी ले राम्रो संग दूध दिएन भने पनि “यो सरकार आए देखि के भो के भो भैसिले दूधै दिन छोड्यो यो सरकार मूर्दाबाद भन्ने खालको सोच छ , सानो कुरा बिग्रयो कि सरकार माथि खनियो!!!एउटा पक्षले ले अर्को पक्षको खेदो खन्यो, राज्यले केहि दिएन भन्यो बुरूक बुरूक उफ्रियो... अधिकार १००% चाहियो , कर्तव्य ०% दिनभर घरको काम श्रीमती लाइ गर्न लगायो , बेलुका २ क्वाटर धोक्यो , अनि देश कसरी चलाउन पर्छ भनेर स्ट्याटस ठोक्यो ...फ़ेसबुकका भित्ताहरू आजकल यस्तै यस्तै नकारात्मक कुराले भरिपूर्ण हुन्छ !यूटुब तिर झन हरि बिजोक छ,हाम्रो देशको ट्रेन्डिग......देवरले भाउजू उडायो ट्रेन्डिग कस्को डिबोर्स भो , को लिभिगं रिलेसन मा छ , हत्या हिंसाका कुरा ,अर्काको निजी भन...
कोरोनाविरूद्ध लड्ने दंगाली काइदा: कोही अक्सिजन जोहो गर्दै, कोही नि:शुल्क मास्क बाँड्दै

कोरोनाविरूद्ध लड्ने दंगाली काइदा: कोही अक्सिजन जोहो गर्दै, कोही नि:शुल्क मास्क बाँड्दै

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
कोरोना महामारीको अनिश्चिचताले घेरेको बेला दाङका स्थानीय एकअर्कालाई सहयोग गर्दै महामारीविरूद्ध लडिरहेका छन्। अक्सिजन उद्योग खोल्न होस् वा बिरामीलाई अस्पतालसम्म पुर्‍याउन वा अप्ठेरोमा परेकालाई पैसा जुटाउन अहिले राजनीतिक दलका नेता/कार्यकर्ता, सामाजिक संघ-संस्था र सर्वसाधारणसम्मले समाधानका बाटा खोजिरहेका छन्। Advertisement कोरोनाका कारण मृत्यु हुनेको संख्या दिनहुँ बढ्न थालेपछि मंगलबार देवीराम कुसारीले फेसबुकमा तुलसीपुर-१२ को शितलपुर घाट व्यवस्थित गर्न आह्वान गरे। घाटमा चाहिने काठ पनि जम्मा गर्नुपर्ने भएको उनले लेखेका थिए। फेसबुकमा उनको स्टाटस देखेपछि बुधबार युवा व्यवसायी माधव बुढाथोकी डोजर लिएर शितलपुर घाट पुगे। उनी पुग्दा स्थानीय नेता, शिक्षक, भद्रभलादमी पनि घाटमा आएका थिए। सबै मिलेर सामुदायिक वनबाट काठको जोहो गरे। कतिले व्यक्तिगत रूपमा पनि काठ ...
संक्रमितलाई शय्या चाहिए यी नम्बरमा फोन गर्नुस्: स्वास्थ्य मन्त्रालय

संक्रमितलाई शय्या चाहिए यी नम्बरमा फोन गर्नुस्: स्वास्थ्य मन्त्रालय

SYM शुद्ध सकारात्मकता, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नम्बर ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ।. Advertisement मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो। सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शय्याको अभाव रहेको छ। ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ। चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ। ...

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125