२०८० चैत्र १६

राष्ट्रियसभाबाट नागरिकता विधेयक हुबहु पारित




काठमाडौं । राष्ट्रियसभाबाट नागरिकता विधेयक पारित भएको छ । प्रतिनिधिसभाबाट पारित भएको विधेयक शुक्रबार राष्ट्रियसभाबाट पनि बहुमतबाट पारित भएको हो ।



Advertisement



अब प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुनेछ । 

यसअघि दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी थिइन् । प्रतिनिधिसभाले कुनै परिवर्तन नगरी बहुमतबाट विधेयक पारित गरेको थियो । 



त्यसपछि विधेयक राष्ट्रियसभामा पठाइएको थियो । राष्ट्रियसभाले विधेयकलाई विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाएको थियो । तर, भदौ १५ मा विधायन समितिबाट पनि हुबहु पारित भएर आएको विधेयक आज राष्ट्रियसभाबाट पारित भएको हो ।

दुवै सदनबाट पुरानै अवस्थामा पारित भएको विधेयकलाई अब भने राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

Copy link
Powered by Social Snap