२०८३ बैशाख २४

Author: Senior Editor Nima

नागरिकता विधेयकका विषयमा राष्ट्रपतिसँग लोसपा नेताको छलफल

नागरिकता विधेयकका विषयमा राष्ट्रपतिसँग लोसपा नेताको छलफल

राजनीति
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताहरूले नागरिकता विधेयकका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् । शनिबार राष्ट्रपति भवन शीतलनिवास पुगी उनीहरूले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा नेपाली नागरिक अनागरिक हुनुपरेको जनाउँदै विधेयक प्रमाणीकरण गरेर सहयोग गरिदिन आग्रह गरेका हुन् । छलफलमा राष्ट्रपति भण्डारीले नेपाली नागरिकले नागरिकता नपाएका सन्दर्भमा आफू पनि संवेदनशील रहेको जनाएकी थिइन् । आफूहरूले उठाएको विषयप्रति राष्ट्रपति अत्यन्त सकारात्मक पाएको लोसपाका नेता केशव झाले जानकारी दिए । राष्ट्रपतिसँगको छलफलमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत नेता सहभागी थिए । राष्ट्रपति भण्डारीले संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बने...
तेस्रोपटक प्रधानमन्त्री बन्ने ओलीको चाहना : चुनावमा होमियो एमाले

तेस्रोपटक प्रधानमन्त्री बन्ने ओलीको चाहना : चुनावमा होमियो एमाले

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचनमा होमिएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शुक्रबार र शनिबार दुई दिन बसेको केन्द्रीय कमिटीको बैठकबाट ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएको हो । “अध्यक्षलाई प्रधानमन्त्रीको उमेदवारको रूपमा अघि सारेर चुनावमा जाने निर्णय भएको छ,” पोलिटब्युरो सदस्य कृष्ण राई भन्छन्, “अब पार्टी पूर्ण रूपमा मंसिर ४ मा हुने चुनावमा होमियो । अध्यक्षलाई प्रधामन्त्री बनाउनका लागि जनतामाझ बहुमतको आह्वान गर्छौैँ ।” शनिबारको बैठकमा समसामयिक प्रस्ताव पारित गर्ने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने प्रस्ताव राखेका थिए । “समूहगत छलफलको निष्कर्ष सुनाउने क्रममा नै अध्यक्षलाई प्रधानमन्त्रीको उमेदवार बनाउनुपर्ने सुझाव आएका...
रात्रिभोजमा ओली : गिटार र हार्माेनियम बजाए, छमछमी नाचे 

रात्रिभोजमा ओली : गिटार र हार्माेनियम बजाए, छमछमी नाचे 

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ पार्टीका केन्द्रीय सदस्यहरूका लागि रात्रिभोजको आयोजना गरे । केन्द्रीय कमिटीको चौथो बैठक सम्पन्न भएलगत्तै नयाँ बानेश्वरस्थित एभरेस्ट होटेलमा आयोजित कार्यक्रम ओलीले हार्माेनियम र गिटार बजाए । उनले हार्माेनियम र गिटार बजाएर कार्यक्रमको सुरुआत गरेका थिए । एक नेताका अनुसार तिज विशेष पनि भनिएको कार्यक्रममा ओलि त्यतिमै रोकिएनन्, नेताहरूसँग छमछमी नाचे पनि । निर्वाचनकेन्द्रित बैठकपछि ओलीले  केन्द्रीय सदस्यहरूसँग नाचगान गरेका हुन् । ...
नयाँ नेतृत्वको खाँचो : भण्डारी

नयाँ नेतृत्वको खाँचो : भण्डारी

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफ्नो पार्टीमा नयाँ नेतृत्वको खाँचो रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेता भण्डारीले हरेक पार्टीमा रहेका युवा नेतृत्व तहमा जाने कि नजाने भन्ने दोधारमा रहेको बताए । कांग्रेसमा पनि परिवर्तनको खाँचो रहेको उनले औँल्याए । अहिलेको नेतृत्व तहबाट अबका दिनमा मुलुक अघि बढ्न नसक्ने उनको भनाइ छ । “जो हरेक पार्टीमा नेतृत्व गर्ने युवा छन्, ती सबै युवा टाउको बन्ने कि पुच्छर बन्ने भन्ने कुरामा अल्मलिएका छन् । पुच्छर बन्न चाहन्छन्, नेतृत्व लिन चाहन्नन् । जसकारण एउटै व्यक्ति अनुहार हेरिरहनुपर्ने, यो अवस्थाबाट नेपाल सफर गरिरहेको छ । नेपालको राजनीतिमा केही न केही विकृतिहरू प्रवेश गरिरहेको छ । यो समस्याबाट मुलुकलाई कसरी निकास दिने यसमा हामीले सोच्नुपर्छ । के वर्तमान नेतृत्वबाट नै मुलुकल...
मुख्यमन्त्री राईको नाम सुनसरी–१ बाट सिफारिस

मुख्यमन्त्री राईको नाम सुनसरी–१ बाट सिफारिस

राजनीति
विराटनगर । प्रदेश नम्बर–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरिएको छ । नेकपा (एकीकृत समाजवादी) सुनसरीले उनको नाम सिफारिस गरेको हो । शनिबार बसेको जिल्ला कमिटीको बैठकबाट मुख्यमन्त्री राईसहित चारजनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरिएको हो । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट मुख्यमन्त्री राईसहित लक्ष्मण चौधरी, पद्मा सुब्बा र जीवन राईको नाम सिफारिस गरिएको छ । जिल्ला कमिटी सचिव वसन्त सुवेदीका अनुसार सोही क्षेत्रअन्तर्गत प्रदेशसभा सदस्य ‘क’तर्फ सुष्मा राई, तारा लामगादे र एकराज सुब्बाको नाम सिफारिस गरिएको छ । प्रदेशसभा ‘ख’तर्फ रेवतीरमण राई, अमृता रामदाम र श्यामनारायण राजधामीको नाम सिफारिस गरिएको छ । यस्तै, सुनसरी–२ बाट धर्म निरौला, केपी सापकोटा र सरिता कार्की लामाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस ग...
डोजर आतंक मच्चाए उपत्यका बस्न लायकको रहँदैन : महेश बस्नेत

डोजर आतंक मच्चाए उपत्यका बस्न लायकको रहँदैन : महेश बस्नेत

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौंका नक्सापास नभएका संरचनाहरूमा डोजर आतंक मच्चाए उपत्यका बस्न लायकको नरहने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले ‘डोजर आतंक मच्चाइरहने हो भने काठमाडौंबाट भागेर अन्यत्र जानुपर्ने स्थिति बन्न सक्ने र ध्वंसको क्षेत्र बन्ने निश्चित रहेको’ बताए । केही मानिसले साथ दिए भन्दैमा कानुन मिचेर जनतालाई दुःख दिने काम नगर्न उनले चेतावनी दिए । उनले आफ्नो निर्वाचन क्षेत्रमा ध्वंसात्मक गतिविधि नगरी निर्माण गरेरै सुन्दर बस्ती बनाएको जिकिर गरे । निर्माणबाट नै सुन्दर बनाउन सकिन्छ भन्ने कुरा हेर्नका लागि आफ्नो निर्वाचन क्षेत्रमा जान उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई आग्रह गरे । “नक्सापास नभएका घरहरू, संरचनाहरूलाई डोजर लगाएर ‘ठोक’ भनेर काठमाडौंभ...
सबै बजेट संघीय सरकारले राखेर प्रदेशलाई निम्छरो बनायो, तर पनि काम गरेका छौँ : मुख्यमन्त्री राई

सबै बजेट संघीय सरकारले राखेर प्रदेशलाई निम्छरो बनायो, तर पनि काम गरेका छौँ : मुख्यमन्त्री राई

राजनीति
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले संघीयता कार्यान्वयनका क्रममा प्रदेश सरकारले पाएको अधिकार अनुसार विकास निर्माणलाई गति दिएको बताएका छन् । प्रदेश संरचना निर्माण भएसँगै बजेटको र साधन स्रोतको उपलब्धता अनुसार प्रदेशले गरेका काम निराशाजनक नभएको दाबी गरेका हुन् ।  संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको आायेजनामा आज विराटनगरमा भएको छलफल कार्यक्रममा राईले संघीय सरकारभन्दा धेरै योजना प्रदेशकै तर्फबाट बनाइएको बताए । “अधिक बजेट संघीय सरकारले राख्छ । प्रदेशलाई निम्छरो बनाइएको छ तर हामीले उपलब्ध स्रोतकै परिचालन गरेर भएपनि संघले दिएका भन्दा धेरै योजना दिन सकेका छौँ,” उनले भने । पर्याप्त बजेट र अधिकार नदिइएकाले पनि प्रदेश सरकारलाई अधिक कमजोर बनाउने प्रयास भएको राईले सुनाए ।  संघीय सरकारले बजेटको सही परिचालन गरिदिए प्र...
सिफारिस समितिमा एमालेको प्रश्न– महाअभियोग प्रस्ताव के उद्देश्यले ल्याइएको थियो ?

सिफारिस समितिमा एमालेको प्रश्न– महाअभियोग प्रस्ताव के उद्देश्यले ल्याइएको थियो ?

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्न ढिलाइ गर्नुको कारण माग गरेको छ । मंगलबार सिंहदरबारमा बसेको महाअभियोग सिफारिस समितिको बैठकमा एमाले सांसद विष्णु पौडेलले महाअभियोग प्रस्ताव दर्ता हुँदा सदन नचलेको भए १५ दिनभित्र सदन बोलाउनुपर्ने र सदन चलेको भए तीन दिनभित्र महाअभियोग प्रस्तावमा छलफल गर्नुपर्ने व्यवस्थाको उल्लंघन भएको भन्दै विरोध जनाए ।  उनले महाअभियोग प्रस्ताव दर्ता भएको ६ महिनासम्म पनि छलफलमा नल्याइनु गम्भीर विषय भएको बताए । उनले महाअभियोग पारित गर्नका लागि ल्याइएको हो कि केवल प्रस्ताव दर्ता गरेर न्यायालयलाई प्रभावित पार्न खोजिएको हो भनेर प्रश्नसमेत गरे । छलफलमा ढिलाइ गर्नुका कारणबारे जवाफ नपाएसम्म सिफारिस समितिका सदस्यहरूले प्रभावकारी ढंग...
सत्ता गठबन्धनले दुई दिनभित्र सिट बाँडफाँटकाे मापदण्ड तयार गर्ने

सत्ता गठबन्धनले दुई दिनभित्र सिट बाँडफाँटकाे मापदण्ड तयार गर्ने

राजनीति
काठमाडौं । सिट बाँडफाँटका लागि सत्ता गठबन्धनले गठन गरेको कार्यदलले २ दिनभित्र सिट बाँडफाँटको मापदण्ड तयार गर्ने बताएको छ । मंगलबारको बैठक पश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै जनमोर्चाका नेता तथा कार्यदल सदस्य हिमलाल पुरीले ९ गतेभित्र कार्यदलले मापदण्डको टुंगो लगाउने जानकारी दिए ।  पुरीकाअनुसार मंगलबार प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुंगिएको छ । बैठकमा शारीरिक अस्वस्थताको कारणले कार्यदल संयोजक कृष्ण सिटौला भने अनुपस्थित रहेको उनले जानकारी दिए । “हामी विभिन्न मोडालिटीमा छलफल गरिरहेका छौँ । २०७४ को चुनावको प्रत्यक्ष, समानुपातिक तथा गएको स्थानीय निर्वाचनको नतिजाको आधार र पार्टीको पकड क्षेत्र लगायत विभिन्न आधारमा छलफल भइरहेको छ,” उनले भने,“आज संयोजक सिटौला जी अस्वस्थ भएर उपस्थित हुनुभएन । हामी ९ गतेभित्र निष्कर्...
विवाहको जग्गेमै नागरिकता दिने होइन, सम्बन्ध टिक्छ कि टिक्दैन हेर्नुपर्छ : ओली

विवाहको जग्गेमै नागरिकता दिने होइन, सम्बन्ध टिक्छ कि टिक्दैन हेर्नुपर्छ : ओली

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा विवाहको जग्गेमा नै वैवाहिक अंगीकृत नागरिकता दिन नहुने बताएका छन् ।  मंगलबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नागरिकता दिँदा विवाह टिक्छ कि टिक्दैन भनेर हेर्नुपर्ने बताए ।  “वैवाहिक अंगीकृतले आवश्यक समय पूरा गरेपछि नागरिकता प्राप्त गर्छ । त्यो पाउने वित्तिकै जग्गेमा त दिने होइनन् । अलिक समय हेर्ने पर्‍यो त्यो साँच्चै हो कि होइन, विवाह टिक्छ कि टिक्दैन,” ओलीले भने, “केका लागि ? नेपालमा विवाह गरिसकेपछि अंशमा अधिकार हुन्छ । अंश पाउन मात्रै विवाह गरेको छ  कि ? यस्तो कुराहरू हेर्नुपर्छ ।” ओलीले आफू प्रधानमन्त्री भएका बेला एउटै पार्टीमा हुँदा तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिकता विधेयक रोकेको रोक्यै गरेको बताए । अहिले छलफल गर्न नदिई अघि ...