२०८१ बैशाख ८

चिनियाँ पिपुल्स कंग्रेसको स्थायी समिति अध्यक्ष ली झान्सु काठमाडौं आउँदै




काठमाडौं । जनवादी गणतन्त्र चीनको नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष ली झान्सु नेपाल भ्रमणमा आउने भएका छन् । उनी भदौ २७ मा तीन दिने भ्रमणका लागि काठमाडौं आउने भएका हुन् । 



Advertisement



प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको निमन्त्रणामा ली नेपाल भ्रमणमा आउन लागेका स्रोतले जनाएको छ ।

लीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख सापकोटालगायत प्रमुख दलका नेताहरूसँग भेट गर्ने बताइएको छ । ६ महिनामा चीनबाट यो तेस्रो उच्चस्तरीय भ्रमण हुन लागेको हो । 

यसअघि, गत चैतमा चीनका स्टेट काउन्सिलरसमेत रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौंको भ्रमण गरी उच्च राजनीतिक नेतृत्वसँग द्विपक्षीय विषयमा विस्तृत छलफल गरेका थिए ।



असारको अनितम सातातिर चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं आएका थिए । त्यसबेला उनले कम्युनिष्ट पार्टीका नेताहरूलगायत सबै प्रमुख राजनीतिक सरोकारवालाहरूसँग भेटवार्ता गरेका थिए ।

साउनमा परराष्ट्रमन्त्री डा नारायण खड्काले चीनको भ्रमण गरेका थिए । आफ्ना समकक्षी वाङसँग भेटवार्ता गर्दा सीमा समस्यालगायत द्विपक्षीय विषयमा व्यापक छलफल भएको थियो ।

तर, लीको भ्रमणको औपचारिक घोषणा भने भइसकेको छैन । स्रोतका अनुसार दुवै पक्षले भ्रमणको तयारी गरिरहेका छन् ।

Copy link
Powered by Social Snap