२०८० चैत्र १५

कमल थापाको चुनाव चिह्नबारेको मुद्दामा सर्वोच्चले दुवै पक्षलाई बोलायो




काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन आयोगबाट कमल थापा नेतृत्वको राप्रपा नेपाललाई ‘तीर’ चुनाव चिह्न दिनेगरी भएको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । 



Advertisement



अब सर्वोच्चले यसबारे अर्को निर्णय नगरेसम्म आयोगले कमल थापाको राप्रपा नेपालले दाबी गरेको ‘गाई’ चुनाव चिह्न अरूलाई दिन पाउने छैन ।



सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्लको एकल इजालसले छलफलका लागि आगामी मंगलबार दुवै पक्षलाई बोलाएको छ । 

301770957_1164035877862422_1438230572611338587_n1661691374.jpg
301527461_613124513555042_2032132612938620725_n1661691371.jpg

Copy link
Powered by Social Snap