२०८१ बैशाख १५

सिट बाँडफाँट कार्यदल निष्कर्षमा पुग्नै सकेन, अब शीर्ष नेतृत्वले टुंग्याउने !




काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आजपनि ठोस निष्कर्षबिना सकिएको छ । बैठकमा सिट संख्यामा सहमति नभएपछि बैठक निष्कर्षमा पुग्न असफल भएको हो ।



Advertisement



तर, कार्यदलका सदस्यहरूबीच बैठकमा दलहरूबाट आएका दाबी तथा सुझावहरूबारे शीर्ष नेतृत्वलाई जानकारी गराउने सहमति भएको छ । 

कार्यदलमा सिट बाँडफाँडको मापदण्डबारे पनि फरकफरक मत रहँदै आएको छ ।



कांग्रेसले १०० सिटमा दाबी गरेको छ । यस्तै, नेकपा (माओवादी केन्द्र)ले ६० सिटमा दाबी गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले ४०, जनता समाजवादी पार्टी (जसपा)ले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गर्दै आएको छ ।

Copy link
Powered by Social Snap