२०८३ बैशाख २४

Author: Senior Editor Nima

प्रत्यक्षतर्फ कांग्रेसले धेरै भन्दा धेरै महिलालाई उमेदवार बनाउँछ : देउवा

प्रत्यक्षतर्फ कांग्रेसले धेरै भन्दा धेरै महिलालाई उमेदवार बनाउँछ : देउवा

राजनीति
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा महिलालाई उचित अवसर दिइने बताएका छन् । बुधबार काठमाडौंमा नेपाल महिला संघको प्रशिक्षण कार्य्रक्रममा देउवाले निर्वाचनको प्रत्यक्षतर्फ कांग्रेसले धेरै भन्दा धेरै महिला प्रतिनिधिलाई उमेदवार बनाउने बताएका हुन् । उनले समानुपातिक सूचीमा राख्नुपर्ने अधिकतम दबाब आइरहेका बेला प्रत्यक्षमा नै चुनाव लड्न महिला नेतृहरू इच्छुक हुनु सकारात्मक कुरा रहेको बताए । देउवाले अहिले निर्वाचनमा हारजितको फैसला गर्ने सम्पूर्ण अधिकार जनतामा रहेकाले जनतामाझ गएर आफ्नो विचार प्रवाह गर्न सुझाव पनि दिए । अहिले कांग्रेस मात्रै प्रजातन्त्रवादी पार्टी भएको भन्दै देउवाले प्रजातन्त्रलाई कमजोर हुन नदिन एकजुट र बलियो भएर अघि बढ्नुपर्ने बताए । कांग्रेस नेता प्रकाशमान सिंहले सूचना र प्रविधिलाई उच्चतम प्रयो...
कांग्रेसको कान्छो क्षेत्रीय सभापतिको संसद् सपना 

कांग्रेसको कान्छो क्षेत्रीय सभापतिको संसद् सपना 

राजनीति
काठमाडौं । गतवर्ष भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा देशकै कान्छो सभापति निर्वाचित भएका थिए–कविर शर्मा । काठमाडौं जिल्ला क्षेत्र नम्बर–२ मा सभापति निर्वाचित भएका उनै शर्मा अहिले संघीय संसद् प्रतिनिधि सभा सदस्यका लागि उमेदवार सिफारिस भएका छन् ।  उमेरले ३३ काट्दै गरेका कविर उमेदवार बन्ने आकांक्षीमध्यकै कान्छा छन् ।  १४औँ महाधिवेशनमा देउवा नजिकका मानिने शर्मा क्षेत्रीय सभापतिमा निर्वाचित भए ।  कम उमेरमै क्षेत्रीय सभापति बनेका कविरको लक्ष्य प्रतिनिधि सभा सदस्य हुनु रहेको छ । “देशभर बुढो पुस्ताले नेतृत्व ओगट्यो । युवाहरूलाई अवसर दिइएन भन्दै स्वतन्त्र अभियानदेखि नयाँ पार्टीहरू त्यही नारामा चलिरहेका छन्,” कविर भन्छन्, “म क्षेत्रीय सभापतिको जिम्मवारीमा पनि छु । यसअघि तरुण दल हाँकेकै हुँ । अग्रजको विश्वास र युवाहरूको साथ भयो भने संघीय संसदमै गएर युवा पुस्...
झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन र ४ मा ओली सिफारिस 

झापा ३ मा राप्रपा अध्यक्ष लिङ्देन र ४ मा ओली सिफारिस 

राजनीति
विराटनगर । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन झापाको क्षेत्र नं. ३ बाट सर्वसम्मत सिफारिस भएका छन् । आज बसेको पार्टीको क्षेत्रीय समितिको बैठकले उनलाई प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्षतर्फको उमेदवार सिफारिस गरेको हो ।  “पार्टी अध्यक्ष सर्वसम्मत सिफारिस हुनु भएको छ,” राप्रपाका स्थानीय नेता राजकुमार चाम्लिङले भने । उमेदवारी घोषणा गरिएसँगै अब चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिइने चाम्लिङले बताए । राप्रपा जिल्ला अध्यक्ष केशव ओझाले अब जिल्लाभर चुनवाी अभियान सञ्चालन गरिने बताए । अध्यक्ष लिङ्देनले अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई झापाको क्षेत्र नम्बर ३ मा पराजित गरेका थिए ।  यस्तै, झापा क्षेत्र नं. ४ मा राप्रपाबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभाको लागि खुस्बु ओलीको नाम सर्वसम्मत सिफारिस भएको छ । बेलायतको अक्स्फाेर्ड...
‘गाई’ नपाएपछि कमल थापाको आक्रोश– चलखेल भयो, न्यायाधीशलाई जीवनभर पोल्नेछ

‘गाई’ नपाएपछि कमल थापाको आक्रोश– चलखेल भयो, न्यायाधीशलाई जीवनभर पोल्नेछ

राजनीति
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले 'गाई' चुनाव चिह्न नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । तर, अदालतको फैसलालाई मान्ने उनको भनाइ छ । मंगलबार सर्वोच्चले 'गाई' चुनाव चिह्न आफ्नो हुनुपर्ने दाबी गर्दै थापा पक्षले दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएको छ । फैसलाबारे अध्यक्ष थापाले भने, "गाई चिह्न नदिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला दुर्भाग्यपूर्ण छ । चुनाव चिह्न रोज्न पाउने दलको सार्वभौम र कानुनी अधिकार कुण्ठित भयो । चलखेल, दबाब र 'सेटिङ'ले कसरी संवैधानिक अंगहरूलाई प्रभावित गर्छ भन्ने ज्वलन्त उदाहरण हो यो फैसला," उनले भने । उनले फैसला गर्ने न्यायाधीशरूले कुन कानुनमा टेटेर फैसला गरेको भनेर जवाफ दिनुपर्ने पनि बताएका छन् । "ओठे जवाफ दिन सकिएला । तर उहाँहरूको अन्तर्आत्माले ...
गठबन्धनमा भागबन्डा टुंगिएपछि कांग्रेसले उमेदवार चयन गर्छ : खाँण

गठबन्धनमा भागबन्डा टुंगिएपछि कांग्रेसले उमेदवार चयन गर्छ : खाँण

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनमा भाग टुंगिइसकेपछि मात्रै नेपाली कांग्रेसले आगामी संघ र प्रदेश तहको निर्वाचनमा उमेदवार चयन गर्ने बताएका छन् ।  मंगलवार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाँणले गठबन्धमा निर्वाचन क्षेत्रको भागबन्डा लगाएपछि मात्रै आफ्नो पार्टीले उमेदवार चयन गर्ने बताएका हुन् ।  “निर्वाचनमा दलहरूको बीचमा गठबन्धनमा छौँ । पहिला कुन निर्वाचन क्षेत्रमा कुन जिल्लामा कुन पार्टीको उमेदवार उठ्ने त्यो कुराको निर्णय हामीले गठबन्धनबाट गर्नुपर्छ,” उनले भने ।  गृहमन्त्री खाँणले भागबन्डा टुंगो लगाउन गठबन्धनको कार्यदलमा छलफल भइरहेको बताए ।  उनले नेपाली कांग्रेसको निर्वाचन क्षेत्रीय समिति, जिल्ला समन्वय समिति र प्रदेश कार्यसमितिले आ–आफ्नो मातहतका निर्वाचन क्ष...
प्रधानमन्त्री देउवा र भारतीय स्थल सेनाध्यक्षबीच भेटवार्ता, अग्निपथ योजनाबारे कुरै भएन

प्रधानमन्त्री देउवा र भारतीय स्थल सेनाध्यक्षबीच भेटवार्ता, अग्निपथ योजनाबारे कुरै भएन

राजनीति
काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । रक्षामन्त्रालयकोसमेत नेतृत्व गरिरहेका देउवासँग पाण्डेले प्रधानमन्त्रीको कार्यालयमा भेटवार्ता गरेका हुन् । भेटमा द्विपक्षीय हित र नेपाली सेना र भारतीय सेनाको सम्बन्ध अझ प्रगाढ बनाउनेबारे छलफल भएको बताइएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार अरूणकुमार सुवेदीका अनुसार भेटमा अग्निपथ योजनाबारे कुनै छलफल भएन ।  “त्यो विषयमा कुरै उठेन,” उनले प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा भाद्र १९ देखि पाँचदिने भ्रमणमा रहेका पाण्डेले आज बिहान माउन्टेन फ्लाइट गरेका थिए । त्यसपछि उनले शिवपुरीस्थित सैनिक कमान्ढ तथा स्टाफ कलेजको भ्रमण गरेका थिए । सो अवसरमा उक्त कलेजको वस्तुस्थिति लगायत विविध पक्षबारे जानक...
कमल थापाको रिट सर्वोच्चले खारेज गर्‍यो, राप्रपा नेपालले गुमायो ‘गाई’

कमल थापाको रिट सर्वोच्चले खारेज गर्‍यो, राप्रपा नेपालले गुमायो ‘गाई’

राजनीति
काठमाडौं । गाई चुनाव चिह्न आफ्नो हुनुपर्ने दाबी गर्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।  सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले थापाले दायर गरेको रिट मंगलबार खारेज गरिदिएको हो ।  रिट खारेजीसँगै थापाले गाई चुनाव चिह्न नपाउने भएका छन् । निर्वाचन आयोगले थापाको पार्टी राप्रपा नेपाललाई तीर चुनाव चिह्न दिएको छ । ...
वाग्मतीकी उपसभामुख भन्छिन्– हाच्छिउँ गर्न केन्द्रको मुख ताक्नु हुँदैन !

वाग्मतीकी उपसभामुख भन्छिन्– हाच्छिउँ गर्न केन्द्रको मुख ताक्नु हुँदैन !

राजनीति
विराटनगर । प्रदेशसभा सञ्चालनसम्बन्धी नियमावली प्रदेशपिच्छे फरक रहेकाले सचिवालय सचिव अनुभवी राख्नुपर्नेमा जोड दिइएको छ । मंगलबार धनकुटाको हिलेमा आयोजित ‘संघीयता प्रवद्र्धनमा प्रदेशसभाको भूमिका’ विषयक अन्तरप्रदेश समीक्षा गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै संविधानविद् काशिराज दाहालले संविधानले संघ र प्रदेशलाई प्रदान गरेको अधिकारका विषयमा प्रस्ट पारेका हुन् । प्रदेशहरूले खासै काम गर्न नसकेको दाहालले बताए । उनले भने, “पहिलो पाँच वर्षको काम हेरेर संघीयता नै असफलउन्मुख भयो भन्नु व्यावहारिक हिसाबले पनि ठिक हुँदैन । भएका केही विकृतिलाई क्रमशः न्यूनीकरण गर्दै अघि बढ्नुपर्छ ।” वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङले सुरुवाती चरणमा संघीयता कार्यान्वयन निकै कठिनजस्तो भएको बताइन् । उनले भनिन्, “धेरै देशहरूमा संघीयता कार्यान्वयन गर्न कठिनाई भएजस्तै प्रारम्भिक वर्षमा अभाव र अप्...
आफूले नै सुरक्षागार्डलाई थुनामुक्त गर्न आग्रह गरेको पर्यटनमन्त्रीको दाबी

आफूले नै सुरक्षागार्डलाई थुनामुक्त गर्न आग्रह गरेको पर्यटनमन्त्रीको दाबी

राजनीति
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले थुनामा रहेका सुरक्षागार्ड शेरजंग गुरुङलाई थुनामुक्त गर्न आफूले नै गृहमन्त्रालयलाई आग्रह गरेको बताएका छन् । उनले आफ्नो सचिवालयमार्फत गुरुङले प्रहरीसमक्ष गल्ती महसुस गरिसकेकाले थुनामुक्त गरिदिन गृहमन्त्रालयलाई आग्रह गरेको बताएका हुन् । "गुरुङले प्रहरी समक्ष गल्ती महसुस गरिसकेकोले निजलाई नियन्त्रणमुक्त गरिदिन माननीय मन्त्रीज्यूले गृहमन्त्रालयलाई आग्रह गर्नुभएको छ," उनको सचिवालयले भनेको छ । यसअघि आजै गृहमन्त्री बालकृष्ण खाँणले गुरूङलाई रिहाइ गर्न निर्देशन दिएका थिए । खाँणले काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्याएर सुरक्षा गार्ड गुरूङलाई रिहा गर्न निर्देशन दिएका हुन् । ...
महोत्तरीमा एकीकृत समाजवादीले गर्‍याे सबै सिटमा उमेदवार सिफारिस

महोत्तरीमा एकीकृत समाजवादीले गर्‍याे सबै सिटमा उमेदवार सिफारिस

राजनीति
जनकपुरधाम । महोत्तरीमा नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधि र प्रदेश सभातर्फको सबै सिटमा उमेदवार सिफारिस गरेकाे छ ।  जिल्ला कमिटीको बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि उमेदवार सिफारिस गरेको हो । पार्टीले सबै सिटमा उमेदवारको नाम सिफारिस गरेपनि सत्तारूढ दलसँग गठबन्धन भए पार्टीले प्रदेश सभातर्फ दुई र प्रतिनिधि सभामा एक सिट दाबी गर्ने तयारी गरेको छ । बैठकले निर्वाचन क्षेत्र नम्बर १ बाट चार जनाको नाम सिफारिस गरेकाे छ । सो निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभातर्फ विश्वनाथ सिंह, अरुण कुमार सिंह, भरत श्रेष्ठ र शारदा दहालको नाम सिफारिस भएको छ । यस्तै, बैठकले प्रदेश सभातर्फ निर्वाचन क्षेत्र १ को ‘क’बाट सुरेश बहादुर राउत, विजयकुमार महतो र रिता भट्टराई गरी तीन जनाको नाम सिफारिस गरेकाे छ । सोही निर्वाचन क्षेत्रको ‘ख’बाट गणेश जर्घा र मिन रहपालको नाम ...