२०८१ बैशाख १४

कार्यदललाई देउवाको निर्देशन– कांग्रेसलाई ‘८६ सिट’ दिएर मिलाउनू




काठमाडौं । सत्ता गठबन्धनमा १०० सिटको दाबी गरेको कांग्रेसले ८६ सिटमा चित्त बुझाउने संकेत गरेको छ । 



Advertisement



प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसलाई ८६ सिट राखेर चुनाव लड्ने तयारी गर्न कार्यदललाई निर्देशन दिएको एक नेताले बताए । 

साथै कांग्रेसले लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई पनि जिताउने तयारी गरेको छ । सभापति देउवाले लोसपाका दुई नेताले जिताउनुपर्ने बताएको ती नेताले बताए । 



“हामी ८६ सिटमा लड्नुपर्छ । महन्थ र राजेन्द्रलाई जिताउन दुई सिट राख्नुपर्छ,” देउवाको भनाइ उद्धृत गर्दै ती नेताले भने । 

तर, पार्टीमा इतर समूह भने सय सिटबाट तल झर्न नहुने अडानमा छ । अन्य दललाई छाड्नै परे पनि कम्तीमा ९४ सिट कांग्रेसले पाउनुपर्ने इतर समूहको अडान रहेको ती नेताले बताए ।

Copy link
Powered by Social Snap