जो जागिर छाडेर ‘बोसा’ सम्हालिरहेका छन्
पाटनढोकाबाट पुल्चोकतर्फ थोरै अगाडि बढेपछि सटरमाथि बोर्डमा लेखिएको देखिन्छ 'बोसा'।
बाहिरबाट चियाउनेबित्तिकै सटरभित्र सजाइएका गमला र फूलहरूले हरकोहीलाई तान्छ। अझ फूलप्रेमीहरू त त्यहाँ पुगेपछि भित्र नछिरी फर्किँदैनन्। छिरिसकेपछि रित्तै फर्किँदैनन्। प्रायः गमला, फूल र सजावट तथा माटाका भाँडाकुँडा लिएरै फर्किने बोसाका सञ्चालक अनिल प्रजापति बताउँछन्।
उनका अनुसार बोसा भनेको नेवार भाषामा सजावट हो। भक्तपुर, पुरानोठिमीका ३८ वर्षीय अनिलको पुर्ख्यौली पेसा हो माटाका भाँडा बनाउनु। आफूले बनाएका सामान बिक्री गर्ने पसललाई उनले बोसा नाम दिएका हुन्।
भक्तपुरमा बनेका परम्परागत माटो र सेरामिक्स भाँडाका साथै सजावटका विभिन्न सामान बोसामार्फत् बिक्री गर्छन्। पछिल्लो समय गमलामा विभिन्न थरीका फूल रोपेर पनि बेचिरहेका छन्।
'गमला र फूल अत्यधिक रूचाइएका छन्,' उ...









