तीन युवाले ३ करोडमा थालेको ‘डेलिस’ एक वर्षमै भयो १४ करोडको
तपाईंले दही त खानु भएकै छ पक्का पनि। घरमै ठेकीमा जमाएको, कुनै भाँडामा जमाएको वा डेरीबाट किनेको खाने गर्नुभएको होला। काठमाडौं उपत्यकाबासीले भक्तपुरको जुजु धौ पनि खानुभएको होला।
तपाईंले 'ग्रीक योगर्ट' चाहिँ खानुभएको छ कि छैन त? अंग्रेजीमा दहीलाई योगर्ट भन्छन्।
ग्रीक योगर्टमा प्रोटिन बढी र सुगर (चिनीको मात्रा) अत्यन्तै कम हुन्छ। सामान्य दहीभन्दा ग्रीक योगर्टमा पानी पनि कम हुन्छ।
विदेशमा पढेर फर्केका तीन जना उद्यमी युवाले अमेरिकी मुलुकहरूमा प्रचलित ग्रीक योगर्टको स्वाद नेपाली बजारमा ल्याएका छन्। संखुवासभाका सूर्य कार्की, चितवनका विनय बोगटी र सन्दीप पौडेलले दुग्ध परिकारका पारखी नेपालीका लागि दहीको नयाँ स्वाद पस्केका हुन्।
उनीहरूले बजारमा भित्र्याएको दहीको ब्रान्ड नाम 'डेलिस ग्रीक योगर्ट' हो। उनीहरूले अन्य दुग्ध परिकारसमेत उत्पादन गर्ने गरी डेरी उद्योग सञ्चालन गरेका छन्।&nbs...









