२०८१ बैशाख ११

हाम्रा गुरुजी क्या खुब पढाउनुहुन्छ !




Written By: Ashok Pariyar GoldenGate International College (Grade 12)

हाम्रा गुरुजी क्या खुब पढाउनुहुन्छ !

मेरा गणितका सर क्या उम्दा पढाउनुहुन्छ हामीलाई!

हामीलाई दुई बिन्दुहरुबीचको दूरी निकाल्न सिकाउनुहुन्छ

वस्तुको लम्बाइ, चौडाइ र उचाइ निकाल्न सिकाउनुहुन्छ

आयतन मापन गरी पोखरीमा कति पानी अट्छ भनी निकाल्न सिकाउनुहुन्छ

वृत्तको केन्द्र , ब्यास र परिधीको समीकरण निकाल्न सिकाउनुहुन्छ

सरल रेखा र जोडा रेखाहरुको झुकाव निकाल्न सिकाउनुहुन्छ



Advertisement



तर सर

म मेरो जीवनको समीकरण कसरी निकालुँ?

कसरी निकालुँ कि यो मेरो जीवनको झुकाव कतापट्टि छ?

सफलता या असफलता?

हाम्रा chemistry का गुरुजी क्या खुब पढाउनुहुन्छ

Atom र molecule को आकार बताइदिनु हुन्छ

भन्नुहुन्छ ब्रह्माण्ड atom atom मिलेर बनेको रे

भन्नुहुन्छ Atom हरु एक अर्कामा bond बनाउँछन् रे

भन्नुहुन्छ हामी oxygen बिना बाच्न सक्दैनौ रे

सर क्या चुरोमुरोका खाँटी कुरा पढाउनुहुन्छ!

तर सर

मेरी आमा र मेरो बीचको bond कुन खालको हो ?

मैले केही गल्ती गर्दा आमा , बाका अगाडि inert gas को behaviour किन देखाइदिनुहुन्छ ?

कुन रसायनको कारणले आमालाई हामिलाईजत्तिको भोक लाग्दैन ?

Benzene Ring को जस्तो जीवनका दिनहरुमा रिंगटा लाग्ने गरेर घुम्ने दिन कहिले सकिन्छ ?

हाम्रा Physics का गुरु पनि क्या खास पढाउनुहुन्छ !

हावामा ध्वनीको गति कति हो भनिदिनुहुन्छ

प्रकाशले एक second समयमा यति दूरी पार गर्दछ भनी प्रमाणित गरिदिनुहुन्छ

प्रति घण्टा 60 Km का दरले कुनै गाडि गुड्नलाई यति शक्ति चाहिन्छ भनि निकालिदिनुहुन्छ

2 के जिको पिन्डलाई 120 °c सम्म तताइ 20 °c को पानीमा राख्दा पानीको तापक्रममा कतिले वृद्दी हुन्छ सजिलै निकालिदिनुहुन्छ

४ वर्ग मि. को वक्र सतहको क्षेत्रफल भएको तारमा current बहँदा electron ले कति दूरी पार गर्छ निकाल्नुहुन्छ

ब्रह्माण्डका रहस्यमय कुरा गर्नुहुन्छ

क्या अचम्म अचम्मका कुराहरु कस्ता रहरलाग्दो मिजाजले पढाउनुहुन्छ हाम्रा सर !

तर सर

गन्तव्यको खोजीमा रातदिन नभनी खाली खुट्टा दौडनेहरुलाई अब गन्तव्यमा पुग्न कति दूरी पार गर्नु पर्छ?

अब कति Joule शक्ति आवश्यक पर्छ सर, देखिएका सपनाहरुलाई सत्यमा परिणत गर्न?

जसरी तपाईं दुई आकाशीय पिण्डबीचको दूरी निकाल्नुहुन्छ त्यसरी नै म र मेरो खुसी बीचको दूरी म कसरी निकाँलु?

थाहा छ मलाई मैले अहिले सोधेकामध्य कुनै पनि प्रश्न परीक्षामा आउँदैनन्

तर सर

यी सबै प्रश्न मेरा जीवनका very very very important प्रश्नहरु हुन् !!

Copy link
Powered by Social Snap